दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
राजबिराज नगरपालिका वडा नं. १४ स्थित परसाहीमा बिपद ब्यबस्थापन सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।
एभर ग्रिन नेपालको आयोजना तथा राजबिराज नगरपालिकाको सहयोगमा उक्त अभिमुखिकरण तालिम सम्पन्न भएको हो।
आयोजित तालिमको अवसरमा वडा अध्यक्ष शोभालाल मण्डलले बिपद् जोखिम न्युनिकरण तथा ब्यबस्थापनका लागि बाढी र पहिरोको समयमा सर्तकता अपनाउनु पर्नेमा जोड दिए ।
उनले बर्षेनि बाढी, पहिरोका कारण सयौँ घर डुबान पर्नुको साथै जनधनको समेत क्षति पुग्ने भएकोले बाढीको समयमा संचार माध्यमबाट आएको सूचनालाई आधार बनाएर सतर्क हुनुपर्ने बताए ।
परसाहीका दलित तथा बिपन्न परिवारलाई लक्षति गरी आयोजित बिपत ब्यबस्थापन न्युनिकरण सम्बन्धी अभिमुखिकरणमा राजबिराज नगरपालिका का पोषण सहजकर्ता रंजिता कुमारी यादबले सहजिकरण गरेकी थिईन । सो अभिमुखिकरणका ४५ जना दलित महिलाहरूको सहभागिता रहेको आयोजक संस्थाका सुनिल देवले जानकारी दिए ।
बिपद् ब्यबस्थापन सम्बन्धी अभिमुखिकरण सम्पन्न
सारांश
- एभर ग्रिन नेपालको आयोजना तथा राजबिराज नगरपालिकाको सहयोगमा उक्त अभिमुखिकरण तालिम सम्पन्न भएको हो।
- आयोजित तालिमको अवसरमा वडा अध्यक्ष शोभालाल मण्डलले बिपद् जोखिम न्युनिकरण तथा ब्यबस्थापनका लागि बाढी र पहिरोको समयमा सर्तकता अपनाउनु पर्नेमा जोड दिए ।
- उनले बर्षेनि बाढी, पहिरोका कारण सयौँ घर डुबान पर्नुको साथै जनधनको समेत क्षति पुग्ने भएकोले बाढीको समयमा संचार माध्यमबाट आएको सूचनालाई आधार बनाएर सतर्क हुनुपर्ने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया