दैनिक समाचारदाता
राजविराज, २१ असार ।
प्रदेश २ मा पारित भएको संचार सम्बन्धी विधेयक निरंकुश शैलीको भएको भन्दै राजबिराजमा आइतबार संचारकर्मीहरुले प्रदर्शन गरेका छन ।
राजबिराजस्थित गजेन्द्र चौकमा पत्रकारलाई नै जरिवाना तोक्ने र सञ्चारसम्बन्धी उपकरण जफत गर्ने उल्लेख गरेर विधेयक पारित गरिएको भन्दै संचारकर्मीहरुले प्रदर्शन गरेका हुन् ।
‘कुनै पनि मिडियामा समाचार आउँदा त्यसको प्रमुख जिम्मेवार सम्पादक वा मालिक भए पनि पत्रकारलाई मात्र दोषी देखाएर जरिवाना लिने प्रावधान विधेयकमा राखिएको छ’ विरोधका अगुवा पत्रकार श्रवण देवले भने, ‘यो विधेयक राणा शासनकालमा भन्दा पनि निरंकुश रहेकाले बिरोध जनाएको बताए ।
पत्रकारलाई जरिवाना नै तोकिए कानुनमा दख्खल भएको व्यक्तिले तोक्नुपर्ने तर सरकारले नियुक्त गर्ने व्यक्तिले जरिवाना तोक्ने प्रावधान राखिनु उचित नहुने भन्दै उनले प्रदेश सरकारले सो विधेयक खारेज नगरेसम्म सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
सञ्चारसम्बन्धी विधेयकमा थुप्रै त्रुटि रहेकाले नसच्चयाए सम्म आन्दोलन जारी रहने पत्रकारहरुले बताएका छन् । गत वर्ष प्रदेश सभामा यो विधेयक पेश भएदेखि नै विवादित रहँदै आएको थियो ।
प्रदेश २ को संचार सम्बन्धी बिधेयक बिरूद्व प्रदर्शन
सारांश
- राजबिराजस्थित गजेन्द्र चौकमा पत्रकारलाई नै जरिवाना तोक्ने र सञ्चारसम्बन्धी उपकरण जफत गर्ने उल्लेख गरेर विधेयक पारित गरिएको भन्दै संचारकर्मीहरुले प्रदर्शन गरेका हुन् ।
- ‘कुनै पनि मिडियामा समाचार आउँदा त्यसको प्रमुख जिम्मेवार सम्पादक वा मालिक भए पनि पत्रकारलाई मात्र दोषी देखाएर जरिवाना लिने प्रावधान विधेयकमा राखिएको छ’ विरोधका अगुवा पत्रकार श्रवण देवले भने, ‘यो विधेयक राणा शासनकालमा भन्दा पनि निरंकुश रहेकाले बिरोध जनाएको बताए ।
- पत्रकारलाई जरिवाना नै तोकिए कानुनमा दख्खल भएको व्यक्तिले तोक्नुपर्ने तर सरकारले नियुक्त गर्ने व्यक्तिले जरिवाना तोक्ने प्रावधान राखिनु उचित नहुने भन्दै उनले प्रदेश सरकारले सो विधेयक खारेज नगरेसम्म सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया