दैनिक समाचारदाता
राजविराज, १६ जेठ ।
र्शैक्षिक सत्र चालु भएको डेढ महिना बितिसक्दा पनि पाठ्यपुस्तक उपलब्ध नगराएको भन्दै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ स्थित महाबिर उच्च माविका विद्यार्थीहरु बिहीबार सडक जाम गर्दै आन्दोलित भएका छन् ।
प्रधानाध्यापक डम्बर सतरा विगत १५ दिनदेखी विद्यालयमा अनुपस्थित रहनुका साथै शैक्षिक सत्र चालु भएको डेढ महिना बितिसक्दा पनि आफूहरुलाई निशुल्क उपलब्ध गराउनु पर्ने पाठ्यपुस्तक उपलब्ध नगराएको भन्दै आक्रोसित विद्यार्थीहरुले प्रअ सतराबिरुद्ध सडकमा चर्को प्रदर्शन गर्नुका साथै दुई घण्टा चक्काजाम गरेका हुन् ।
पाठ्यपुस्तक बिना पढाई प्रभावित भइरहेको तथा पटक पटक प्रअ सतरालाई लिखित र मौखिक जानकारी गराउदा पनि कुनै चासो नदेखाएको विद्यार्थीहरुको भनाई छ ।
सरकारले निशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको भनिए पनि आफूहरुले प्रअ सतराको लापरवाहीकै कारण डेढ महिनादेखी पाठ्यपुस्तक पाउन नसकेको विद्यार्थीहरुको गुनासो छ ।
यता विद्यार्थीहरुले प्रदर्शन र चक्काजाम गरेको खबर पाएपछि पुगेका हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साहले प्रअ सतरासँग कुरा गरि अविलम्ब पाठ्यपुस्तकको व्यवस्था गर्ने आश्वासन दिई विद्यार्थीलाई सम्झाई बुझाई गरेपछि आवागमन सूचारु गरिएको थियो ।
पुस्तक नपाएको भन्दै प्रअबिरुद्ध विद्यार्थीहरु सडकमा उत्रे
सारांश
- प्रधानाध्यापक डम्बर सतरा विगत १५ दिनदेखी विद्यालयमा अनुपस्थित रहनुका साथै शैक्षिक सत्र चालु भएको डेढ महिना बितिसक्दा पनि आफूहरुलाई निशुल्क उपलब्ध गराउनु पर्ने पाठ्यपुस्तक उपलब्ध नगराएको भन्दै आक्रोसित विद्यार्थीहरुले प्रअ सतराबिरुद्ध सडकमा चर्को प्रदर्शन गर्नुका साथै दुई घण्टा चक्काजाम गरेका हुन् ।
- पाठ्यपुस्तक बिना पढाई प्रभावित भइरहेको तथा पटक पटक प्रअ सतरालाई लिखित र मौखिक जानकारी गराउदा पनि कुनै चासो नदेखाएको विद्यार्थीहरुको भनाई छ ।
- सरकारले निशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको भनिए पनि आफूहरुले प्रअ सतराको लापरवाहीकै कारण डेढ महिनादेखी पाठ्यपुस्तक पाउन नसकेको विद्यार्थीहरुको गुनासो छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया