दैनिक समाचारदाता
राजविराज, १ असार ।
समुन्नती÷लैंङ्गिक केन्द्रित कार्यक्रम÷घरमा सुरक्षित सिकाई परियोजना कार्यक्रम संचालनमा आएपछि सप्तरीको खडक र सुरूङ्गाका बालवालिकाका लागि लाभदायिक बन्दै गएको छ ।
खडकको नन्कार बिद्यालयमा मर्मत र रंगरोगन गरेपछि छात्रछात्राहरू उत्साहित भएका छन । खडक नगरपालिका ११ स्थित नन्कार टोल ईम्दादीया आधारभुत बिधालयमा सबल नेपालले बिधालयको मर्मत सम्भार र रंगरोगन गरेपछि छात्रछात्राहरू उत्साहित भएका हुन् ।
संस्थाको समुन्नती कार्यक्रम अन्तर्गत ९ लाख २१ हजार को लागतमा उक्त बिधालयमा सहयोग गरेपछि पठनपाठनमा सहयोग भएको प्रअ बौवालाल यादबले बताए ।
बुधवार समुन्नती कार्यक्रम अन्तर्गत जिल्ला कार्यक्रम सल्लाहाकार समितिद्वारा खडक र सुरूबिस्ङ्गा नगरपालिकामा संयुक्त अनुगमन तथा समीक्षा बैठक कार्यक्रममा सो कुरा बताईएको छ ।
बिधालयमा पठनपाठनको गुणात्मक सिकाई हुन नसक्दाँ गुणस्तरिय शिक्षामा प्रगति हुन नसकेको खडक नगरपालिका शिक्षा संयोजक बिरेन्द्र कुमार यादबले गुनासो गरे ।
सो अवसरमा खडक नगरपालिका उपप्रमुख रिता चौधरीले बिधालयमा बिधार्थीहरूलाई नियमित टिकाउन र गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने बताईन । उनले बिधालयको कक्षामा बसाई ब्यबस्थापन सरसफाई, खेलमैदान, शौचालयको उचित प्रयोग, दिवा खाजाको ब्यबस्थापन गर्नेमा जोड दिए ।
यसैगरी सेभ द चिल्ड्रेन को सहयोग र सबल नेपालको सहयोगमा समुन्नती कार्यक्रम अन्तर्गत खडक नगरपालिका ९ स्थित मैन्हासहस्रवाहुमा संचालनको अबस्थामा रहेको बर्थिंग सेन्टरमा ६ लाख बराबरको स्वास्थ सामग्री को जानकारी सँगै निरिक्षण समेत गरिएको खडक नपा वडा १ का अध्यक्ष राजकुमार साहले जानकारी दिए ।
त्यस्तै टोलीले खडक वडा नं ५ रंजितपुरमा ज्योतीबाल क्लवले बालक्लवको ब्यबस्थापन र संचालनको प्रभावकारिताको बारेमा जानकारी लिदै समुदायमा हुने बाल बिवाह न्युनिकरण बारेमा छलफल गरेको थियो ।
यसैगरी टोलीले सुरूङ्गा ७ स्थित आधारभुत बिधालय बसान्नपटीमा मर्मत सम्भार र रंगरोगन र वडा ९ प्रमाणपुरमा स्वास्थ चौकी टिकुलियामा बर्थिङ्ग सेन्टरमा सहयोग गरेको स्वास्थ सामग्री र सुरूङ्गा २ मा चन्द्रमुखी कृषक समूह कमलपुरमा कृषक समूहले प्राप्त गरेको सहयोग सामग्रीहरूको उपयोगिता बारेमा जानकारी लिएको समुन्नती कार्यक्रम परियोजना संयोजक रोशन मण्डलले बताए ।
सो अवसरमा खडक नगरपालिका उपप्रमुख रिता चौधरी, वडा १ का अध्यक्ष राजकुमार साह, वडा २ का अध्यक्ष हरेराम मण्डल, वडा ४ का अध्यक्ष गंगालाल चौधरी, वडा ११ का मो. रसुल, जिल्ला शिक्षा समन्वय ईकाई शाखा अधिकृत प्रकाश गुरूङ, कृषि ज्ञान केन्द्रका बाली अधिकृत शोभालाल मण्डल, सेभद चिल्ड्रेन का बरिष्ठ कार्यक्रम संयोजक खिलनाथ निरौला, सेभद चिल्ड्रेनका ईन्द्र बहादुर हायु, सवल नेपालका अध्यक्ष जुना गिरी, गैसस कावा अध्यक्ष बलदेव मण्डल, खडक नगर शिक्षा संयोजक बिरेन्द्र कुमार यादब, सबल नेपालका अशोक साह, समुन्नती कार्यक्रम संयोजक रोशन मण्डल, सेभद सप्तरीका सचिव नरेन्द्र यादब, संचारकर्मी बिनय कर्ण, धर्मपाल राउत, चन्दनकुमार यादब लगायतको सहभागिता रहेको थियो ।
बिद्यालयमा मर्मत र रंगरोगन भएपछि छात्रछात्राहरू उत्साहित
सारांश
- खडकको नन्कार बिद्यालयमा मर्मत र रंगरोगन गरेपछि छात्रछात्राहरू उत्साहित भएका छन ।
- खडक नगरपालिका ११ स्थित नन्कार टोल ईम्दादीया आधारभुत बिधालयमा सबल नेपालले बिधालयको मर्मत सम्भार र रंगरोगन गरेपछि छात्रछात्राहरू उत्साहित भएका हुन् ।
- संस्थाको समुन्नती कार्यक्रम अन्तर्गत ९ लाख २१ हजार को लागतमा उक्त बिधालयमा सहयोग गरेपछि पठनपाठनमा सहयोग भएको प्रअ बौवालाल यादबले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया