नगर सल्लाहकार समितिद्वारा अनुगमन

राजविराज राजविराज
|
मंगलबार, श्रावण ६, २०८२
|
|
२५ पटक हेरिएको
Shares
नगर सल्लाहकार समितिद्वारा अनुगमन

सारांश

  •     नगर कार्यक्रम सल्हाकार समितिद्धारा अनुगमन तथा समिक्षा बैठक गरि जिल्लाको खडक नगरपालिकाको बिभिन्न वडामा गरेका कार्यहरुको अनुगमन गरिएको हो ।
  •       अनुगमनको क्रममा खडक नगरपालिका वडा नं.
  • १ सिस्वामा दलित, जेहेन्दा र एकल परिवारका बालबालिकाहरुका लागि उच्चशिक्षा हासिल गर्न साना किसान कृषि सहकारी संस्था लि.

दैनिक समाचारदाता
राजविराज, ६ साउन । 

    समुन्नति कार्यक्रम अन्र्तगत सबल नेपालले सप्तरीको पश्चिमी भेगको खडक नगरपालिकामा गरेका कार्यको सोमबार अगुनमन गरिएको छ  ।  
    नगर कार्यक्रम सल्हाकार समितिद्धारा अनुगमन तथा समिक्षा बैठक गरि जिल्लाको खडक नगरपालिकाको बिभिन्न वडामा गरेका कार्यहरुको अनुगमन गरिएको हो ।  
    अनुगमनको क्रममा खडक नगरपालिका वडा नं. १ सिस्वामा दलित, जेहेन्दा र एकल परिवारका बालबालिकाहरुका लागि उच्चशिक्षा हासिल गर्न साना किसान कृषि सहकारी संस्था लि.मा बालअक्षयकोष स्थापना गरेको छ । त्यहाँ सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपालले ५ लाख मुल्य बराबरको अक्षयकोष स्थापना गरि उक्त आम्दानी गरिएका पैसाबाट गरिब, जेहेन्दार र एकल महिलाका छोरा÷छोरीलाई पढाईमा खर्च गर्ने गरेको पाइएको छ ।  
    साना किसान कृषि सहकारी संस्था लि.का म्यानेजर श्रवण कुमार साहका अनुसार २०७५ सालमा सबल नेपालले वडा नं. १ र २ का बालबालिकाको लागि पढाई खर्च जुटाउन ५ लाखको अक्षयकोष स्थापना गरेपछि उक्त दलित, अति बिपन्न समुहका २१ जना छात्र÷छात्रालाई मासिक रुपमा तीन सयका दरले आएको ब्याज वापत पढाई खर्च दिने गरेको बताए         यो कार्यक्रम अरु वडामा बिस्तार गर्नुपर्नेमा जोड दिदै २०६२ सालमा स्थापना भएको यो साना किसान कृषि सहकारी संस्थामा ८ सय ५० शेयर सदस्य छन ।  
    यस्तै खडक नगरपालिका वडा नं. ५ खोजपुरमा रहेका स्वास्थ्य चौकी अन्तर्गत  प्रसुति गृह संचालनका लागि सबल नेपालले दिएको उपकरण प्रयोगमा रहेको पाइएको छ । अनुगमनको क्रममा वडा नं. ३ का वडा अध्यक्ष देवनारायण चौधरीले सबल नेपालले यहाँ बर्थिङ सेन्टर संचालनका लागि दिएका पिपि सेट, सेनिटाइजर लगायत बिभिन्न उपकरण संचालनमा रहेको बताए ।  
    साथै यस बर्थिङ सेन्टरमा महिनाको ३÷४ वटा शिशुको जन्म हुने गरेको र नियमित सरसफाईको कार्य समेत भइरहेको सिनियर अहेव देवनारायण शर्माले बताए  । करारसहित ७ जना स्वास्थ्यकर्मचारी रहेको औषधीको समेत अभाव देखिएको छ ।  
    खडक नगरपालिका वडा नं. ५ खोजपुरमा रहेका कल्याण वडा बाल क्लव संजालको समेत अनुगमन गरिएको छ । यहाँ अध्यक्ष सहित १७ जना सदस्य रहेको क्लबका भाइवहिनीहरुले सबल नेपालबाट दिएको बाल बिकास भित्तै पत्रिका, बालमैत्री स्थानिय शासन, नेतृत्व बिकास तालिम र बालश्रम बिरुद्ध तालिम लिएको र यसको पनि सदुपयोग गरि रहेको क्लबका अध्यक्ष लुकेश कुमार पासमानले बताए । यहाँ खेलकुदका सामग्रीहरु प्रयोगमा रहेको समेत देखिएको छ । अनुगमनको क्रममा साजदा खातुनले दिएको जानकारी अनुसार खडक नगरपालिका वडा नं. ८ मा सुर्योदय बाल क्लबका भाइबहिनीहरुले लागुऔषध, बाल श्रम बारे तालिम लिएर समुदायमा जनचेतना जगाइरहेको छ ।  
    खडक नगरपालिका वडा नं. ९ मा पनि रहेका स्वास्थ्य चौकीमा सरसफाइ, गर्भवती महिलाहरुको स्याहार र किशोरकिशोरीहरुको लागि मैत्रीपुर्ण कार्यक्रम प्रभावकारी रहेको पाइएको छ ।  
    वडा नं. ८ का वडा अध्यक्ष बिन्दुलाल चौधरीको अध्यक्षतमा सम्पन्न भएको अनुगमन तथा समिक्षा बैठकमा खडक नगरपालिकाका प्रशासन प्रमुख रमाकान्त चौधरी, स्वास्थ्य प्रमुख दिनेश झा, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख सुशिला चौधरी, बाल कल्याण अधिकारी अनिता कुमारी साह, शिक्षा शाखाबाट रोम चौधरी, सबल नेपालबाट अध्यक्ष जुना गिरी, उपाध्यक्ष भुपेश साह, फिल्ड म्यानेजर रोशन कुमार मण्डल, फिल्ड संयोजक अशोक कुमार साह, राधेश्यम राम, आशिष चौधरी, अनुगमन संयोजक चन्दन चौधरी र नगरबाल क्लब संजालका अध्यक्ष शिवशंकर मण्डल, राससका पत्रकार अरुण यादव सहितका सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपनी गाउँपालिकाद्वारा रक्तदान, गोष्ठीलगायत कार्यक्रमको आयोजना
रुपनी गाउँपालिकाद्वारा रक्तदान, गोष्ठीलगायत कार्यक्रमको आयोजना
आन्दोलनहरुले ल्याएको उपलब्धी  संस्थागतका लागि अझैं संघर्ष  आवश्यक रहेको उपेन्द्र यादवको भनाई
आन्दोलनहरुले ल्याएको उपलब्धी  संस्थागतका लागि अझैं संघर्ष  आवश्यक रहेको उपेन्द्र यादवको भनाई
तीन दिवसीय नेपाल भारत मैत्री साँस्कृतिक संगम भारतको बृन्दावनमा आयोजना हुने 
तीन दिवसीय नेपाल भारत मैत्री साँस्कृतिक संगम भारतको बृन्दावनमा आयोजना हुने 
याडियाको स्कुटर सप्तरीको बजारमा
याडियाको स्कुटर सप्तरीको बजारमा
बालविवाह गर्न खोजे कानुनी कारबाही गरिने वडा अध्यक्षको चेतावनी
बालविवाह गर्न खोजे कानुनी कारबाही गरिने वडा अध्यक्षको चेतावनी
राष्ट्रिय अखण्डताको पक्षमा नेवि संघको जागरण अभियान 
राष्ट्रिय अखण्डताको पक्षमा नेवि संघको जागरण अभियान 
मोहरम शान्तिपूर्ण रुपमा मनाउन सप्तरी प्रशासनको आग्रह
मोहरम शान्तिपूर्ण रुपमा मनाउन सप्तरी प्रशासनको आग्रह
सप्तरीमा बढ्दै आत्महत्याका घटना
सप्तरीमा बढ्दै आत्महत्याका घटना
नरेन्द्र र संजयको जोडीलाई ब्याडमिन्टनको उपाधि 
नरेन्द्र र संजयको जोडीलाई ब्याडमिन्टनको उपाधि 
एमाले निकट युवा संघका अध्यक्ष र उपाध्यक्षले दिए राजीनामा
एमाले निकट युवा संघका अध्यक्ष र उपाध्यक्षले दिए राजीनामा