कोरोनाबाट थप एकको मृत्यु, जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ७८ 

राजविराज राजविराज
|
शुक्रबार, माघ ७, २०७८
|
|
७१ पटक हेरिएको
Shares
कोरोनाबाट थप एकको मृत्यु, जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ७८ 

सारांश

  •     मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका ७ का ६० वर्षिय रामरतन राम रहेका छन् ।
  • जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार कोरोना संक्रमित भई होम आइसोलेशनमा रहेका रामलाई दुई दिनअघि संक्रमण पुष्टि भएको थियो ।
  •       यसअघि रुपनी गाउँपालिकाकी ६५ वर्षिया चमेलीदेवी साहको पनि कोरोनाका कारण ६ दिनअघि मृत्यु भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
    सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको शुक्रबार बिहान मृत्यु भएको छ । यो सँगै एक सातायता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । 
    मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका ७ का ६० वर्षिय रामरतन राम रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार कोरोना संक्रमित भई होम आइसोलेशनमा रहेका रामलाई दुई दिनअघि संक्रमण पुष्टि भएको थियो । 
    यसअघि रुपनी गाउँपालिकाकी ६५ वर्षिया चमेलीदेवी साहको पनि कोरोनाका कारण ६ दिनअघि मृत्यु भएको थियो । 
    यता शुक्रबार गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालामा ३७ जनाको स्वाव परिक्षण गर्दा २३ जनामा कोरोना संक्रमण्को पुष्टि भएको छ । संक्रमित हुनेहरुमा सप्तरी जिल्ला अदालतका चार जना कर्मचारी समेत छन् । 
    यसअघि सप्तरी जिल्ला अदालत र उच्च अदालत जनकपुर राजविराज इजलाशका ७ जना न्यायाधिश, प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर राजविराज सम्पर्क कार्यालयका ७५ जना सुरक्षाकर्मी, राष्ट्रिय बाणिज्य बैंकका १४ जना कर्मचारी र गजेन्द्र नारायण सिंह अस्पतालका एक जना चिकित्सकसमेत संक्रमित भई होम आइसोलेशनमा छन् । 
    जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवका अनुसार शुक्रबारसम्ममा जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ७८ पुगेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यकारी राष्ट्रपति प्रणाली सहित २८ बुदे माग गर्दै जसपा नेपालले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
कार्यकारी राष्ट्रपति प्रणाली सहित २८ बुदे माग गर्दै जसपा नेपालले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
चार दिवसीय चैती छठ पर्व नहाय–खाय विधीसँगै सूरु
चार दिवसीय चैती छठ पर्व नहाय–खाय विधीसँगै सूरु
सशस्त्र प्रहरीद्वारा दुध पाउडर प्याकेटदेखि न्यानो पार्ने ज्याकेटसम्म अवैध मालसमान नियन्त्रणमा
सशस्त्र प्रहरीद्वारा दुध पाउडर प्याकेटदेखि न्यानो पार्ने ज्याकेटसम्म अवैध मालसमान नियन्त्रणमा
सप्तरीमा ईदको रौनक, आपसी सद्भाव मजबुत बनाउन विभिन्न कार्यक्रम 
सप्तरीमा ईदको रौनक, आपसी सद्भाव मजबुत बनाउन विभिन्न कार्यक्रम 
वर्षौदेखी बस्दै आएको जग्गाबाट बिस्थापित  गराएपछि वास र पालको भरमा शर्मा परिवार
वर्षौदेखी बस्दै आएको जग्गाबाट बिस्थापित  गराएपछि वास र पालको भरमा शर्मा परिवार
लागुऔषधसहित एक पक्राउ
लागुऔषधसहित एक पक्राउ
फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
धार्मिक कार्यक्रम स्थल तथा भवन  निर्माणका लागि सहयोग जुटाउन महायज्ञ
धार्मिक कार्यक्रम स्थल तथा भवन  निर्माणका लागि सहयोग जुटाउन महायज्ञ
स्वास्थ्य चौकी र शहरी क्लिनीकलाई औषधी तथा विद्युतीय उपकरणहरु प्रदान 
स्वास्थ्य चौकी र शहरी क्लिनीकलाई औषधी तथा विद्युतीय उपकरणहरु प्रदान 
तालाबन्दी गरिएको ढोका अगाडी मैनबत्ति प्रज्वलन
तालाबन्दी गरिएको ढोका अगाडी मैनबत्ति प्रज्वलन