लघु वित्त संस्थाहरुले उच्च ब्याज लिने गर्छन् ः प्रधानमन्त्री 

राजविराज राजविराज
|
आइतबार, मंसिर १६, २०७५
|
|
२५ पटक हेरिएको
Shares
लघु वित्त संस्थाहरुले उच्च ब्याज लिने गर्छन् ः प्रधानमन्त्री 

सारांश

  •     उनले राष्ट्रबैकबाट कार्यक्रममा उपस्थित अधिकारीप्रति इंकित गर्दै लघुवित्त संस्थाहरुले लिने उच्च व्याजदरप्रति गम्भीर ध्यानाकर्षण गराए ।
  •     गरिबी निवारणमा सहयोगी भुमिका निर्वाह गर्न, गरिब, पछाडि परेको समुदाय, महिला लगायतलाई उत्पादनशीलतामा संलग्न गराउनका लागि उपयोगी बन्नुपर्ने संस्था नै लगानीकर्तामुखी भएको भन्दै प्रधानमन्त्री ओलीले व्याजका बारेमा सामुहिक सहमतिमा निर्णय गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराए ।

    काठमाडौं÷प्रधानमन्त्री केपी शर्मा ओलीले लघु वित्त संस्थाहरुले उच्च व्याज लिने गरेको भन्दै राष्ट्रबैकको गम्भीर ध्यानाकर्षण गराएका छन् । 
    काठमाडौंमा शनिबार आयोजित दोश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले गरिबका नाममा खोलिएका संस्थाले गरिबमारा नीति लिन नमिल्ने बताए । 
    गरिबका लागि र गरिबको पक्षमा खोलिएका लघुवित्त संस्थाहरुले सुविधा सम्पन्न शहरी क्षेत्रमा पनि १८ प्रतिशत व्याज लिने गरेको भन्दै आपत्ती समेत जनाए ।
    उनले राष्ट्रबैकबाट कार्यक्रममा उपस्थित अधिकारीप्रति इंकित गर्दै लघुवित्त संस्थाहरुले लिने उच्च व्याजदरप्रति गम्भीर ध्यानाकर्षण गराए ।
    गरिबी निवारणमा सहयोगी भुमिका निर्वाह गर्न, गरिब, पछाडि परेको समुदाय, महिला लगायतलाई उत्पादनशीलतामा संलग्न गराउनका लागि उपयोगी बन्नुपर्ने संस्था नै लगानीकर्तामुखी भएको भन्दै प्रधानमन्त्री ओलीले व्याजका बारेमा सामुहिक सहमतिमा निर्णय गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ