सप्तरीमा संक्रमितको संख्या २ सय २, निको भए १५ जना 

राजविराज राजविराज
|
बुधबार, आषाढ १०, २०७७
|
|
४४ पटक हेरिएको
Shares
सप्तरीमा संक्रमितको संख्या २ सय २, निको भए १५ जना 

सारांश

  •     पछिल्लो पटक सप्तरीको बलानबिहुल गाउँपालिकाका ४ र बोदेबसाईन नगरपालिकाका २ गरि ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा.
  • रन्जित झाले जानकारी दिएका छन् ।
  •       यस्तै बुधबारै कोरोनाबाट निको भएर ३ महिलासहित १५ जना डिस्चार्ज भएपछि जिल्लामा कोरोनाबाट निको हुनेको संख्या ९१ पुगेको छ ।

दैनिक समाचारदाता
राजविराज, १० असार । 
    सप्तरीमा बुधबार ६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै सप्तरीमा संक्रमितको संख्या २ सय २ पुगेको छ । यसअघि अघिल्लो दिन १९ जना संक्रमित फेला परेको थियो ।  
    पछिल्लो पटक सप्तरीको बलानबिहुल गाउँपालिकाका ४ र बोदेबसाईन नगरपालिकाका २ गरि ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. रन्जित झाले जानकारी दिएका छन् । 
    यस्तै बुधबारै कोरोनाबाट निको भएर ३ महिलासहित १५ जना डिस्चार्ज भएपछि जिल्लामा कोरोनाबाट निको हुनेको संख्या ९१ पुगेको छ । यता १ सय ११ जना संक्रमितको स्थानिय साईकृष्ण अस्पतालको आइसोलेशन कक्षमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए ।
    जिल्लाको १८ स्थानिय तहमध्ये हालसम्म १६ वटा स्थानिय तहबाट कोरोना संक्रमित फेला परिसकेका छन् । यसैबीच लकडाउन खुकुलोसँगै कोरोना संक्रमितको संख्या पनि बढ्दै गएकाले लापरवाही नगर्न तथा सुरक्षा सतर्कता अपनाउन स्थानिय प्रशासनले सबैसँग अपील समेत गरेको छ ।
    यसैबीच बुधबार साँझ सम्ममा नेपालमा कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ जना रहेको जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार काटेको सामान पनि घुमुवा प्रहरीले जफत गरेको आरोप
भन्सार काटेको सामान पनि घुमुवा प्रहरीले जफत गरेको आरोप
पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि  क्षेत्र बिस्तार हुदैन् ः कृषि मन्त्री साह 
पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि  क्षेत्र बिस्तार हुदैन् ः कृषि मन्त्री साह 
मधेस प्रदेश सरकारद्वारा सुरक्षा  निकायलाई सवारी साधन हस्तान्तरण
मधेस प्रदेश सरकारद्वारा सुरक्षा  निकायलाई सवारी साधन हस्तान्तरण
शिक्षकको अभाव रहेको भन्दै वडा र विद्यालय कार्यालय कोठामा तालाबन्दी,  गाउँपालिका अध्यक्षले शिक्षकको पदपूर्ती गर्ने प्रतिबद्धतापछि ताला खोलिए
शिक्षकको अभाव रहेको भन्दै वडा र विद्यालय कार्यालय कोठामा तालाबन्दी,  गाउँपालिका अध्यक्षले शिक्षकको पदपूर्ती गर्ने प्रतिबद्धतापछि ताला खोलिए
छोरीको जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण
छोरीको जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण
बालवालिकामा लगानी गर्नुपर्नेमा जोड 
बालवालिकामा लगानी गर्नुपर्नेमा जोड 
प्रजिअ आचार्यले शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई घरमै पुगेर दिए नागरिकता
प्रजिअ आचार्यले शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई घरमै पुगेर दिए नागरिकता
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु 
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु 
विद्यालयको अवस्था अब्बल रहेको टोलीको निष्कर्ष 
विद्यालयको अवस्था अब्बल रहेको टोलीको निष्कर्ष 
उम्मेदवार र मतदाताको  सुरक्षा व्यवस्था समेत चुस्त  
उम्मेदवार र मतदाताको  सुरक्षा व्यवस्था समेत चुस्त