छोरीको जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण

राजविराज राजविराज
|
सोमबार, बैशाख ३१, २०८१
|
|
५१ पटक हेरिएको
Shares
छोरीको जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण

सारांश

  •     सप्तरीको शम्भुनाथ नगरपालिका ११ स्थित श्री जनता राष्ट्रिय दलित आधारभुत विद्यालय राजपुरका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
  •     विद्यालयमा अध्यनरत ४५ जना छात्र र छात्राहरुलाई १६ दर्जन कपि, १ सय ५० पिस बलपेन र ३० थान ज्योमेट्रिक बक्स विद्यार्थीहरुलाई वितरण गरे ।
  •     पत्रकार शाहले जन्मदिनको नाममा विभिन्न फजुल खर्च गर्नु भन्दा आफ्नो क्षमता अनुसार समाजसेवा गर्न निकै उचित हुने भएकाले आफूले व्यक्तिगत रूपमा उक्त सामाग्री वितरण गरेको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख । 

    प्रेस युनियन सप्तरीका पूर्वअध्यक्ष तथा पत्रकार महासंघ सप्तरीका सदस्य ओमप्रकाश साहले आफ्नो छोरीको जन्मदिनको अवसरमा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । 
    सप्तरीको शम्भुनाथ नगरपालिका ११ स्थित श्री जनता राष्ट्रिय दलित आधारभुत विद्यालय राजपुरका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
    विद्यालयमा अध्यनरत ४५ जना छात्र र छात्राहरुलाई १६ दर्जन कपि, १ सय ५० पिस बलपेन र ३० थान ज्योमेट्रिक बक्स विद्यार्थीहरुलाई वितरण गरे ।
    पत्रकार शाहले जन्मदिनको नाममा विभिन्न फजुल खर्च गर्नु भन्दा आफ्नो क्षमता अनुसार समाजसेवा गर्न निकै उचित हुने भएकाले आफूले व्यक्तिगत रूपमा उक्त सामाग्री वितरण गरेको उनले बताए । विगतका दिनहरूमा पनि सामुदायिक विद्यालयलाई सहयोग गर्दै आइरहेको र आउँदा दिनहरुमा पनि सामुदायिक विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गर्दै आईरहने उनले बताए ।
    विद्यालयका प्रधााध्यापक रामअशिष रायले आर्थिक स्थिती निकै कमजोर भएका सामुदायिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई जन्मदिनको अवसर पारेर शैक्षिक सामाग्री वितरण गरेकोमा धन्यवाद दिए ।
    शैक्षिक सामग्री वितरण कार्यक्रम विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छुतहरु खंगको अध्यक्षतामा आयोतिज कार्यक्रममा शम्भुनाथ नगरपालिकाका कार्यवाहक नगर प्रमुख अनिता कुमारी चौधरीको प्रमुख आतिथिमा सम्पन्न कार्यक्रममा शिक्षा शाखा अधिकृत विदुर विक्रम थापा, श्री जनता आधारभुत विद्यालय भंगहाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदशि साह, पत्रकार राम नारायण यादव र स्थानीय बासीहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपहरण तथा जबरजस्तीकरणीका  फरार अभियुक्त पक्राउ
अपहरण तथा जबरजस्तीकरणीका  फरार अभियुक्त पक्राउ
राजपा र समाजवादीबीच वार्ता प्रक्रिया कीन ढिलाई ?
राजपा र समाजवादीबीच वार्ता प्रक्रिया कीन ढिलाई ?
मन्त्री साह र प्रतिनिधिसभा  सदस्य यादवद्वारा एक महिनाको  तलब मदरसालाई प्रदान
मन्त्री साह र प्रतिनिधिसभा  सदस्य यादवद्वारा एक महिनाको  तलब मदरसालाई प्रदान
विभिन्न माँगसहित काँग्रेसद्वारा प्रदर्शन
विभिन्न माँगसहित काँग्रेसद्वारा प्रदर्शन
आगो ताप्ने क्रममा जलेर गम्भिर  घाईते भएकी महिलाको मृत्यु
आगो ताप्ने क्रममा जलेर गम्भिर  घाईते भएकी महिलाको मृत्यु
जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
एक लाख ५० हजार लिटर क्षमताको खानेपानी आयोजना हस्तान्तरण
एक लाख ५० हजार लिटर क्षमताको खानेपानी आयोजना हस्तान्तरण
बाल शिक्षक तथा कर्मचारीद्वारा दोश्रो चरणको आन्दोलन घोषणा, आजदेखी राजविराज नगरपालिकाको मूल गेटमै धर्ना दिने
बाल शिक्षक तथा कर्मचारीद्वारा दोश्रो चरणको आन्दोलन घोषणा, आजदेखी राजविराज नगरपालिकाको मूल गेटमै धर्ना दिने
सप्तरीका चर्चित व्यापारी तथा आइएमई  संचालक सिन्धी दाजुभाई करोडौं लिएर फरार
सप्तरीका चर्चित व्यापारी तथा आइएमई  संचालक सिन्धी दाजुभाई करोडौं लिएर फरार
माओवादी केन्द्र राजविराज नगरको विभिन्न कमिटि गठन
माओवादी केन्द्र राजविराज नगरको विभिन्न कमिटि गठन