दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक ।
लागुऔषध तथा मदिरा दुरुपयोगको नियन्त्रण र व्यवस्थापनका लागि सर्वदलिय सर्वपक्षिय बैठकले ६ बुँदे निर्णय गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको समन्वयमा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न सर्वदलिय सर्वपक्षिय बैठकले सो निर्णय गरेको हो ।
अनुमती लिएर संचालन गरिरहेको मदिरा व्यवसायिहरुले बेलुका ८ बजे सम्म मात्र बिक्रि वितरण तथा अनुमति लिएर संचालन गरिरहेको बार व्यवसायिहरु (रेष्टुरेन्ट) ले बेलुका ८ः३० बजे सम्म मात्र व्यवसाय संचालन गर्न पाउने निर्णय गरिएको छ ।
त्यस्तै अनुमति लिएर संचालन गरिरहेको (बारर रेष्टुरेन्ट) सहितको होटल व्यवसायिहरु र पान पसलहरु बेलुका ९ः०० बजेसम्म मात्र संचालन गर्ने पाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक भावेश रिमालले जानकारी दिएका छन् ।
यसैगरि विद्यालय तथा धार्मिक क्षेत्रका वरीपरी कुनै पनि प्रकारको मदिरा बेचबिखन सेवत तथा उपभोग गर्ने व्यवसाय स्थानिय तहले अवस्था हेरी चार किल्ला वा क्षेत्र निर्धारण गरी व्यवस्थित सबै स्थानिय तहलाई अनुरोध गर्ने र नेपाल भारत सिमाको दश गजा क्षेत्रबाट १ कि.मी. कुनै पनि प्रकारको मदिरा, मदिरा जन्य पदार्थ बिक्रि वितरण र सेवनलाई पूर्ण रुपले रोक लगाउने निर्णय समेत गरिएको उनले बताए ।
मदिरा पसल बेलुका ८ बजे, होटल र पान पसल ९ बजेसम्म मात्र संचालन गर्न पाउने
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरीको समन्वयमा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न सर्वदलिय सर्वपक्षिय बैठकले सो निर्णय गरेको हो ।
- अनुमती लिएर संचालन गरिरहेको मदिरा व्यवसायिहरुले बेलुका ८ बजे सम्म मात्र बिक्रि वितरण तथा अनुमति लिएर संचालन गरिरहेको बार व्यवसायिहरु (रेष्टुरेन्ट) ले बेलुका ८ः३० बजे सम्म मात्र व्यवसाय संचालन गर्न पाउने निर्णय गरिएको छ ।
- त्यस्तै अनुमति लिएर संचालन गरिरहेको (बारर रेष्टुरेन्ट) सहितको होटल व्यवसायिहरु र पान पसलहरु बेलुका ९ः०० बजेसम्म मात्र संचालन गर्ने पाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक भावेश रिमालले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया