चन्दन यादव
राजविराज, २२ पुस ।
गाँउस्तरमा किक्रेट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सप्तरीको तिलाठी कोईलाडी गाँउपालीकाले किक्रेट खेलाडी छनोट गरि गाँउपालिका स्तरिय प्रतियोगिता गर्ने भएको छ ।
तिलाठी कोईलाडी गाँउपालिका अध्यक्ष सतिश कुमार सिंहले आइतबार तिलाठी कोईलाडी क्रिकेट टिमलाई जर्सी हस्तान्तरण कार्यक्रममा सो कुरा बताएका हन् ।
अध्यक्ष सिंहले तिलाठी कोईलाडी गाँउपालिकालाई खेलकुद माध्यवाट बिकास गर्ने उद्देश्यले माघ १ र २ गते तिलाठीमा र ३ र ४ गते कट्टीमा वडा स्तरिय खेलाडीहरू छनोट गरी प्रशिक्षण दिने कार्यक्रम रहेको बताए ।
कुलत फसेका यूवाहरुलाई वचाउन र खेलकुद प्रति रुचि जगाउने, स्थानिय खेलाडीहरूको संरक्षण गर्ने उद्देश्यले टोलटोलमा युवाहरूलाई क्रिकेट प्रति जागरूप बढाउने लक्ष्य रहेको उनको भनाई छ । जिल्लाको क्रिकेट बिकाससँगै खेलाडीहरूको उत्पादन र संरक्षण गरी स्थानिय स्तरमा खेलाडीहरूलाई जिल्ला स्तर सम्म पु¥याई गाँउपालिमा खेलकुदको उत्थान गर्ने उनले बताए ।
माघ १० गते गाँउपालिका स्तरिय गजेन्द्र नारायण सिँह स्मृति टि टवान्टी, क्रिकेट प्रतियोगिताको लागि गाँउपालीका को ८ वटै वडामा खेलाडी छनोट गरी पछि तिलाठी कोईलाडी टिमको चयन गर्ने अध्यक्ष सिहले जनाए ।
माघ १० गजेन्द्र नारायण सिँहको पुण्य तिथिको अवसरमा बभनगमाकटी स्कुलको प्रागणमा तिलाठी कोईलाडी गाँउपालिका तथा सप्तरी क्रिकेट संघको संयोजनमा जिल्लाको ६ वटा टिम राखेर प्रतियोगिता गराउने जनाइएको छ ।
गाँउपालिका कार्यालयमा आयोजित खेलाडीहरूको जर्सि बितरण कार्यक्रम गाँउपालिका क्रिकेट टिम भारतको फारबिसगंजमा भईरहेको ईन्डो नेपाल क्रिकेट प्रतियोगितामा सहभागी जनाउने जानकारी दिइएको छ ।
सो अवसरमा तिलाठी कोईलाडीका गाँउपालिका १ का वडा अध्यक्ष दिनेश्वर मिश्र, २ का खगेन्द्र मण्डल, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, गाँउपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजु झा, नेपाल पत्रकार महासँघ सहसचिव चन्दनकुमार यादब, लगायतले गाँउपालिका स्तरमा खेलाडीको उत्पादन गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता गराउनुपर्नेमा जोड दिए ।
गाँउस्तरमा क्रिकेट खेलाडीको उत्पादन तथा संरक्षण गर्नुपर्नेमा जोड
सारांश
- तिलाठी कोईलाडी गाँउपालिका अध्यक्ष सतिश कुमार सिंहले आइतबार तिलाठी कोईलाडी क्रिकेट टिमलाई जर्सी हस्तान्तरण कार्यक्रममा सो कुरा बताएका हन् ।
- अध्यक्ष सिंहले तिलाठी कोईलाडी गाँउपालिकालाई खेलकुद माध्यवाट बिकास गर्ने उद्देश्यले माघ १ र २ गते तिलाठीमा र ३ र ४ गते कट्टीमा वडा स्तरिय खेलाडीहरू छनोट गरी प्रशिक्षण दिने कार्यक्रम रहेको बताए ।
- कुलत फसेका यूवाहरुलाई वचाउन र खेलकुद प्रति रुचि जगाउने, स्थानिय खेलाडीहरूको संरक्षण गर्ने उद्देश्यले टोलटोलमा युवाहरूलाई क्रिकेट प्रति जागरूप बढाउने लक्ष्य रहेको उनको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया