चन्दन यादव
राजविराज, २२ पुस ।
गाँउस्तरमा किक्रेट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सप्तरीको तिलाठी कोईलाडी गाँउपालीकाले किक्रेट खेलाडी छनोट गरि गाँउपालिका स्तरिय प्रतियोगिता गर्ने भएको छ ।
तिलाठी कोईलाडी गाँउपालिका अध्यक्ष सतिश कुमार सिंहले आइतबार तिलाठी कोईलाडी क्रिकेट टिमलाई जर्सी हस्तान्तरण कार्यक्रममा सो कुरा बताएका हन् ।
अध्यक्ष सिंहले तिलाठी कोईलाडी गाँउपालिकालाई खेलकुद माध्यवाट बिकास गर्ने उद्देश्यले माघ १ र २ गते तिलाठीमा र ३ र ४ गते कट्टीमा वडा स्तरिय खेलाडीहरू छनोट गरी प्रशिक्षण दिने कार्यक्रम रहेको बताए ।
कुलत फसेका यूवाहरुलाई वचाउन र खेलकुद प्रति रुचि जगाउने, स्थानिय खेलाडीहरूको संरक्षण गर्ने उद्देश्यले टोलटोलमा युवाहरूलाई क्रिकेट प्रति जागरूप बढाउने लक्ष्य रहेको उनको भनाई छ । जिल्लाको क्रिकेट बिकाससँगै खेलाडीहरूको उत्पादन र संरक्षण गरी स्थानिय स्तरमा खेलाडीहरूलाई जिल्ला स्तर सम्म पु¥याई गाँउपालिमा खेलकुदको उत्थान गर्ने उनले बताए ।
माघ १० गते गाँउपालिका स्तरिय गजेन्द्र नारायण सिँह स्मृति टि टवान्टी, क्रिकेट प्रतियोगिताको लागि गाँउपालीका को ८ वटै वडामा खेलाडी छनोट गरी पछि तिलाठी कोईलाडी टिमको चयन गर्ने अध्यक्ष सिहले जनाए ।
माघ १० गजेन्द्र नारायण सिँहको पुण्य तिथिको अवसरमा बभनगमाकटी स्कुलको प्रागणमा तिलाठी कोईलाडी गाँउपालिका तथा सप्तरी क्रिकेट संघको संयोजनमा जिल्लाको ६ वटा टिम राखेर प्रतियोगिता गराउने जनाइएको छ ।
गाँउपालिका कार्यालयमा आयोजित खेलाडीहरूको जर्सि बितरण कार्यक्रम गाँउपालिका क्रिकेट टिम भारतको फारबिसगंजमा भईरहेको ईन्डो नेपाल क्रिकेट प्रतियोगितामा सहभागी जनाउने जानकारी दिइएको छ ।
सो अवसरमा तिलाठी कोईलाडीका गाँउपालिका १ का वडा अध्यक्ष दिनेश्वर मिश्र, २ का खगेन्द्र मण्डल, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, गाँउपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजु झा, नेपाल पत्रकार महासँघ सहसचिव चन्दनकुमार यादब, लगायतले गाँउपालिका स्तरमा खेलाडीको उत्पादन गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता गराउनुपर्नेमा जोड दिए ।
गाँउस्तरमा क्रिकेट खेलाडीको उत्पादन तथा संरक्षण गर्नुपर्नेमा जोड
सारांश
- तिलाठी कोईलाडी गाँउपालिका अध्यक्ष सतिश कुमार सिंहले आइतबार तिलाठी कोईलाडी क्रिकेट टिमलाई जर्सी हस्तान्तरण कार्यक्रममा सो कुरा बताएका हन् ।
- अध्यक्ष सिंहले तिलाठी कोईलाडी गाँउपालिकालाई खेलकुद माध्यवाट बिकास गर्ने उद्देश्यले माघ १ र २ गते तिलाठीमा र ३ र ४ गते कट्टीमा वडा स्तरिय खेलाडीहरू छनोट गरी प्रशिक्षण दिने कार्यक्रम रहेको बताए ।
- कुलत फसेका यूवाहरुलाई वचाउन र खेलकुद प्रति रुचि जगाउने, स्थानिय खेलाडीहरूको संरक्षण गर्ने उद्देश्यले टोलटोलमा युवाहरूलाई क्रिकेट प्रति जागरूप बढाउने लक्ष्य रहेको उनको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया