बालविवाह गरि बेहुली लिएर भारततर्फ जाँदै गरेका ४२ वर्षिय भारतीय बेहुलासहित तीन पक्राउ

राजविराज राजविराज
|
मंगलबार, माघ १७, २०७९
|
|
४५ पटक हेरिएको
Shares
बालविवाह गरि बेहुली लिएर भारततर्फ जाँदै गरेका ४२ वर्षिय भारतीय बेहुलासहित तीन पक्राउ

सारांश

  •     बालविवाह गरेर भारततर्फ जाँदै गरेको अवस्थामा सोमबार राती सप्तरीको राजगढ गाउँपालिका २ बनैनिया क्षेत्रबाट सशस्त्र प्रहरीबल नेपाल बोर्डर आउट पोस्ट बनैनियाको टोलीले उनीहरुलाई सोधपुछ पश्चात् नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिहले जानकारी दिएका छन् ।
  •       पक्राउ पर्नेहरुमा भारतको जम्मुकश्मिर राज्य निवासी ४२ वर्षिय वेहुला गुलाब जीलानी र सोही ठाउँका ४० वर्षिय मो.
  • रफिक खान र २७ वर्षिया नुरजहान छन् ।

दैनिक समाचारदाता
राजविराज, १७ माघ । 

    एक १७ वर्षिया किशोरीसँग बालविवाह गरेर भारततर्फ लैजादै गरेको अवस्थामा ४२ वर्षिय भारतीय बेहुलासहित तीन जनालाई शसस्त्र प्रहरीले पक्राउ गरेको छ । 
    बालविवाह गरेर भारततर्फ जाँदै गरेको अवस्थामा सोमबार राती सप्तरीको राजगढ गाउँपालिका २ बनैनिया क्षेत्रबाट सशस्त्र प्रहरीबल नेपाल बोर्डर आउट पोस्ट बनैनियाको टोलीले उनीहरुलाई सोधपुछ पश्चात् नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिहले जानकारी दिएका छन् । 
    पक्राउ पर्नेहरुमा भारतको जम्मुकश्मिर राज्य निवासी ४२ वर्षिय वेहुला गुलाब जीलानी र सोही ठाउँका ४० वर्षिय मो. रफिक खान र २७ वर्षिया नुरजहान छन् । उनीहरुसँगै सप्तरीको महादेवा गाउँपालिका १ निवासी १७ वर्षिया किशोरी सलमा (नाम परिवर्तन) लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 
    जम्मुकश्मिर निवासी मो.रफिक खान र नुरजहानले नेपालमा विहे गराइदिन्छु भन्दै गुलाब जिलानीलाई लिएर नेपाल आएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । दोश्रो विहे गर्न लागेको गुलाबले आपुृmले अविवाहित भएको भनी केटी पक्षलाई झुक्याएको स्थानीयले बताएका छन् । 
    पक्राउ परेकाहरुलाई मंगलवार बालविवाह सम्बन्धि कसुर मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भईरहेको डिएसपी सिंहले जानकारी दिए । 
    बालविवाह गर्ने गराउने दुबैलाई कारवाही हुने कानुनी प्रावधान छ । यस्तै बालविवाहमा कसुर हेरी ५० हजार देखि ५ लाख रुपैया सम्म  जविरवाना र १५ वर्ष सम्म कैदको व्यवस्था रहेको छ । 
    यस अघि पनि रफिक, नुरजहा लगायतका अन्य भारतीय नागरिकहरु सो गाउँका आर्थिक अवस्था कमजोर भएका परिवारका अभिभावकलाई छोरीको विहेमा दाईजो तिर्न नपर्ने वरु उल्टै आर्थिक सहयोग पाउने लगायतका प्रलोभनमा पारी बालिका तथा युवतीको भारतीय नागरीकसँग विहे गराइ उतै लगेको अनुसन्धानबाट खुलेको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बभनगामाका अग्निपीडितलाई  क्लबले राहत वितरण ग¥यो
बभनगामाका अग्निपीडितलाई  क्लबले राहत वितरण ग¥यो
कारागारमा गोली चल्दा प्रहरी जवान घाइते
कारागारमा गोली चल्दा प्रहरी जवान घाइते
मिडिया मैत्री कानुन निर्माणमा प्रदेश २ सरकार कटिबद्ध
मिडिया मैत्री कानुन निर्माणमा प्रदेश २ सरकार कटिबद्ध
काँग्रेस नेतृ साहको निधन 
काँग्रेस नेतृ साहको निधन 
रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म  सरकारमा नजाने : नेता महतो
रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म  सरकारमा नजाने : नेता महतो
ट्रकले ठक्करबाट मोटरसाइकल  सवार युवकको घटनास्थलमै मृत्यु 
ट्रकले ठक्करबाट मोटरसाइकल  सवार युवकको घटनास्थलमै मृत्यु 
प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
मैसापद्वारा मन्त्रि तथा प्रदेशसभा सदस्यसहित सम्मानित
मैसापद्वारा मन्त्रि तथा प्रदेशसभा सदस्यसहित सम्मानित
प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग
प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग