मोबाइलमा चिट्ठा परेको सन्देश आएपछि ठगिन महिला 

राजविराज राजविराज
|
बुधबार, पौष १३, २०७९
|
|
६४ पटक हेरिएको
Shares
मोबाइलमा चिट्ठा परेको सन्देश आएपछि ठगिन महिला 

सारांश

  •     गृहणी नाज खातुन (नाम परिर्वतन) को मोवाइलमा २५ लाख रुपैया जितेको सन्देश हिन्दी भाषामा आएपछि उनी खुशी भइन् ।
  • सन्देश आएको केही बेरमै एकजनाले फोन गरे र अरुलाई पनि यस्तै चिट्ठा परेको र उनीहरुले रकम बुझिसकेको भन्दै त्यस्ता रकम बुझिलिएको भनिएका केही ब्यक्तीहरुको भिडियो नै तयार गरी उनको इमो र म्यासेन्जरमा पठाए पछि उनी झन विश्वासमा परीन ।
  •       दोश्रो दिन ९८२०३७७३२२ नम्बरको मोवाइलबाट चिट्ठा राशी पाउन ५ हजार रकम पठाउनु पर्ने सुचना आयो र विराटनगरस्थित ग्लोबल आईएमइ बैंकमा मिन कुमार राईको नाममा रहेको खाता नम्बर २२३०७०१००५५७४५ मा उक्त रकम जम्मा गर्न भनियो ।

दैनिक समाचारदाता
राजविराज, १३ पुस । 

    मोबाइलमा आउने गरेको विभिन्न चिट्ठा सन्देशका कारण ठगिने क्रम बढ्दै गएको छ । पछिल्लो पटक राजविराज वडा नं. २ निवासी एक महिला सोही चिठ्ठा सन्देशको प्रलोभनमा परि ठगिएकी छिन् ।  
    गृहणी नाज खातुन (नाम परिर्वतन) को मोवाइलमा २५ लाख रुपैया जितेको सन्देश हिन्दी भाषामा आएपछि उनी खुशी भइन् । सन्देश आएको केही बेरमै एकजनाले फोन गरे र अरुलाई पनि यस्तै चिट्ठा परेको र उनीहरुले रकम बुझिसकेको भन्दै त्यस्ता रकम बुझिलिएको भनिएका केही ब्यक्तीहरुको भिडियो नै तयार गरी उनको इमो र म्यासेन्जरमा पठाए पछि उनी झन विश्वासमा परीन । 
    दोश्रो दिन ९८२०३७७३२२ नम्बरको मोवाइलबाट चिट्ठा राशी पाउन ५ हजार रकम पठाउनु पर्ने सुचना आयो र विराटनगरस्थित ग्लोबल आईएमइ बैंकमा मिन कुमार राईको नाममा रहेको खाता नम्बर २२३०७०१००५५७४५ मा उक्त रकम जम्मा गर्न भनियो । २५ लाख रुपैया पाउने प्रलोभनमा परेकी उनी तत्कालै ५ हजार रकम उक्त खातामा पठाइदिइन । 
    रकम जम्मा गरेको एक घण्टा भित्रै २५ लाख पठाइदिने सन्देश पठाउने र फोन गर्ने ब्यक्ती भने त्यस पछि गायब भए । खातुनले भनिन “एक घण्टा भित्रै तपाईको खातामा २५ लाख रुपैया पठाइदिन्छु भन्ने सन्देश पठाउने र फोन गर्ने ब्यक्ती पाँच दिन वितिसक्दा पनि रकम पठाएनन् र गायब भए ।”
    उनले आफू ठगिएको चाल पाएपछि बुधबार संचारकर्मीहरु सँग नाम नछापीदिन आग्रहका साथ उक्त गुनासो पोखेकी छिन । उनले चिट्ठा रकम पाउन बैंकमा रकम दाखिला गरेको भौचर पनि देखाउदै भनिन्, म त ठगिए अरु नठगियोस् । 
    विभिन्न कम्पनीको लक्की ड्र र मोबाईलको लक्की ड्र जस्ता विभिन्न वहानामा सर्वसाधारणलाई झुक्याएर यस अघि पनि ठगीका दर्जनौ घटना भएका छन् । मोवाइल सन्देश पठाएर ठग्ने पछिल्लो समुहले राजविराजमा ५ दर्जन भन्दा बढी मानिसलाई यसरी नै ठगी गरिसकेका छन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिंहले यस्तो ठगीका उजुरीहरु आउने क्रम बढेको भन्दै सर्वसाधारण आपैm पनि सचेत हुनु जरुरी रहेको बताए ।     उनले भने “मलाई समेत विदेशी नम्बरबाट एक जना अपरिचितले–तपाईलाई १० लाख रुपैयाको चिटठा परेको भन्दै मोवाईलमा सन्देश पठाएर पुरस्कार राशी लिन १० प्रतिशतले हुन आउने रकम एक बैंक र खाताको नाम टिपाइ तत्काल जम्मा गर्न भनेका थिए । डिएसपी सिंहले भने तर, म प्रलोभनमा फसिन । उनले आफुलाइ विदेशबाट फोन गर्ने ब्यक्तीलाई तत्कालै थर्काएर सचेत गराएको बताए । 
    उनले यस्तो ठगी धन्दामा अन्तराष्ट्रियस्तर मै एउटा गिरोह सक्रिय भएको तथा विदेशी भुमीबाट यस्तो गतिवीधी संचालन गर्ने गरेकाले पक्राउ गर्न नेपाल प्रहरीका लागी चुनौती बनेको बताए । प्रहरीले पीडितलाई आवश्यक सहयोग गर्ने भन्दै नेपाली भुमीमा नेपालीबाटै ठगिएका त्यस्ता पीडितहरुलाई प्रहरीसंग सम्पर्क गर्न अनुरोध समेत गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश सरकारद्वारा कृषि विश्वविद्यालयको  तयारीका लागि ३१ करोड अनुदान 
प्रदेश सरकारद्वारा कृषि विश्वविद्यालयको  तयारीका लागि ३१ करोड अनुदान 
बैदेशिक रोजगारीमा गएका सप्तरीका  १ सय ४२ जनाले ज्यान गुमाए
बैदेशिक रोजगारीमा गएका सप्तरीका  १ सय ४२ जनाले ज्यान गुमाए
पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीद्वारा प्रदर्शन
तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीद्वारा प्रदर्शन
हिन्दु स्वमसेवक संघले मकर  संक्रान्ति उत्सव मनाए 
हिन्दु स्वमसेवक संघले मकर  संक्रान्ति उत्सव मनाए 
राजगढमा सभागृह बन्दै
राजगढमा सभागृह बन्दै
कामहरुको सूची बोकेर उपेन्द्र जान्छन् घरदैलोमा
कामहरुको सूची बोकेर उपेन्द्र जान्छन् घरदैलोमा
पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि  क्षेत्र बिस्तार हुदैन् ः कृषि मन्त्री साह 
पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि  क्षेत्र बिस्तार हुदैन् ः कृषि मन्त्री साह 
मधेशमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे विद्यालयहरु बन्द गर्ने चेतावनी
मधेशमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे विद्यालयहरु बन्द गर्ने चेतावनी
सप्तरीमा १० जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय ४८ पुग्यो
सप्तरीमा १० जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय ४८ पुग्यो

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?