मोबाइलमा चिट्ठा परेको सन्देश आएपछि ठगिन महिला 

राजविराज राजविराज
|
बुधबार, पौष १३, २०७९
|
|
१०२ पटक हेरिएको
Shares
मोबाइलमा चिट्ठा परेको सन्देश आएपछि ठगिन महिला 

सारांश

  •     गृहणी नाज खातुन (नाम परिर्वतन) को मोवाइलमा २५ लाख रुपैया जितेको सन्देश हिन्दी भाषामा आएपछि उनी खुशी भइन् ।
  • सन्देश आएको केही बेरमै एकजनाले फोन गरे र अरुलाई पनि यस्तै चिट्ठा परेको र उनीहरुले रकम बुझिसकेको भन्दै त्यस्ता रकम बुझिलिएको भनिएका केही ब्यक्तीहरुको भिडियो नै तयार गरी उनको इमो र म्यासेन्जरमा पठाए पछि उनी झन विश्वासमा परीन ।
  •       दोश्रो दिन ९८२०३७७३२२ नम्बरको मोवाइलबाट चिट्ठा राशी पाउन ५ हजार रकम पठाउनु पर्ने सुचना आयो र विराटनगरस्थित ग्लोबल आईएमइ बैंकमा मिन कुमार राईको नाममा रहेको खाता नम्बर २२३०७०१००५५७४५ मा उक्त रकम जम्मा गर्न भनियो ।

दैनिक समाचारदाता
राजविराज, १३ पुस । 

    मोबाइलमा आउने गरेको विभिन्न चिट्ठा सन्देशका कारण ठगिने क्रम बढ्दै गएको छ । पछिल्लो पटक राजविराज वडा नं. २ निवासी एक महिला सोही चिठ्ठा सन्देशको प्रलोभनमा परि ठगिएकी छिन् ।  
    गृहणी नाज खातुन (नाम परिर्वतन) को मोवाइलमा २५ लाख रुपैया जितेको सन्देश हिन्दी भाषामा आएपछि उनी खुशी भइन् । सन्देश आएको केही बेरमै एकजनाले फोन गरे र अरुलाई पनि यस्तै चिट्ठा परेको र उनीहरुले रकम बुझिसकेको भन्दै त्यस्ता रकम बुझिलिएको भनिएका केही ब्यक्तीहरुको भिडियो नै तयार गरी उनको इमो र म्यासेन्जरमा पठाए पछि उनी झन विश्वासमा परीन । 
    दोश्रो दिन ९८२०३७७३२२ नम्बरको मोवाइलबाट चिट्ठा राशी पाउन ५ हजार रकम पठाउनु पर्ने सुचना आयो र विराटनगरस्थित ग्लोबल आईएमइ बैंकमा मिन कुमार राईको नाममा रहेको खाता नम्बर २२३०७०१००५५७४५ मा उक्त रकम जम्मा गर्न भनियो । २५ लाख रुपैया पाउने प्रलोभनमा परेकी उनी तत्कालै ५ हजार रकम उक्त खातामा पठाइदिइन । 
    रकम जम्मा गरेको एक घण्टा भित्रै २५ लाख पठाइदिने सन्देश पठाउने र फोन गर्ने ब्यक्ती भने त्यस पछि गायब भए । खातुनले भनिन “एक घण्टा भित्रै तपाईको खातामा २५ लाख रुपैया पठाइदिन्छु भन्ने सन्देश पठाउने र फोन गर्ने ब्यक्ती पाँच दिन वितिसक्दा पनि रकम पठाएनन् र गायब भए ।”
    उनले आफू ठगिएको चाल पाएपछि बुधबार संचारकर्मीहरु सँग नाम नछापीदिन आग्रहका साथ उक्त गुनासो पोखेकी छिन । उनले चिट्ठा रकम पाउन बैंकमा रकम दाखिला गरेको भौचर पनि देखाउदै भनिन्, म त ठगिए अरु नठगियोस् । 
    विभिन्न कम्पनीको लक्की ड्र र मोबाईलको लक्की ड्र जस्ता विभिन्न वहानामा सर्वसाधारणलाई झुक्याएर यस अघि पनि ठगीका दर्जनौ घटना भएका छन् । मोवाइल सन्देश पठाएर ठग्ने पछिल्लो समुहले राजविराजमा ५ दर्जन भन्दा बढी मानिसलाई यसरी नै ठगी गरिसकेका छन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिंहले यस्तो ठगीका उजुरीहरु आउने क्रम बढेको भन्दै सर्वसाधारण आपैm पनि सचेत हुनु जरुरी रहेको बताए ।     उनले भने “मलाई समेत विदेशी नम्बरबाट एक जना अपरिचितले–तपाईलाई १० लाख रुपैयाको चिटठा परेको भन्दै मोवाईलमा सन्देश पठाएर पुरस्कार राशी लिन १० प्रतिशतले हुन आउने रकम एक बैंक र खाताको नाम टिपाइ तत्काल जम्मा गर्न भनेका थिए । डिएसपी सिंहले भने तर, म प्रलोभनमा फसिन । उनले आफुलाइ विदेशबाट फोन गर्ने ब्यक्तीलाई तत्कालै थर्काएर सचेत गराएको बताए । 
    उनले यस्तो ठगी धन्दामा अन्तराष्ट्रियस्तर मै एउटा गिरोह सक्रिय भएको तथा विदेशी भुमीबाट यस्तो गतिवीधी संचालन गर्ने गरेकाले पक्राउ गर्न नेपाल प्रहरीका लागी चुनौती बनेको बताए । प्रहरीले पीडितलाई आवश्यक सहयोग गर्ने भन्दै नेपाली भुमीमा नेपालीबाटै ठगिएका त्यस्ता पीडितहरुलाई प्रहरीसंग सम्पर्क गर्न अनुरोध समेत गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी प्रिमियर लिगमा बजाज खडक  वारियर्स र रुपनी राइडर्स विजयी
सप्तरी प्रिमियर लिगमा बजाज खडक  वारियर्स र रुपनी राइडर्स विजयी
बैदेशिक रोजगारीमा गएका २४ जनाले ज्यान गुमाए
बैदेशिक रोजगारीमा गएका २४ जनाले ज्यान गुमाए
महादेवाको आठौ गाउँ सभा सम्पन्न 
महादेवाको आठौ गाउँ सभा सम्पन्न 
श्रृंखलावद्ध रुपमा तीन जनाको हत्या गरि फरार अपराधी सात वर्षपछि पक्राउ
श्रृंखलावद्ध रुपमा तीन जनाको हत्या गरि फरार अपराधी सात वर्षपछि पक्राउ
म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
एक वर्षदेखी स्वास्थ विमा वापतको रकमका लागी बैंक धाउँदै साह
एक वर्षदेखी स्वास्थ विमा वापतको रकमका लागी बैंक धाउँदै साह
ऐतिहासिक शम्भुनाथ मेला सुरु
ऐतिहासिक शम्भुनाथ मेला सुरु
श्रमिकहरुको श्रमको सम्मान गर्नुपर्छ ः अध्यक्ष मण्डल
श्रमिकहरुको श्रमको सम्मान गर्नुपर्छ ः अध्यक्ष मण्डल
एमाले–काँग्रेस गठबन्धनको सरकार पूर्ण असफल भइसक्यो ः उपेन्द्र यादव
एमाले–काँग्रेस गठबन्धनको सरकार पूर्ण असफल भइसक्यो ः उपेन्द्र यादव
हत्या, बलात्कार गरि फरार तथा हतियारसहित  पक्राउ परेका चार अभियुक्त सार्वजनिक
हत्या, बलात्कार गरि फरार तथा हतियारसहित  पक्राउ परेका चार अभियुक्त सार्वजनिक

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी