हत्या, बलात्कार गरि फरार तथा हतियारसहित  पक्राउ परेका चार अभियुक्त सार्वजनिक

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २३, २०७७
|
|
६७ पटक हेरिएको
Shares
हत्या, बलात्कार गरि फरार तथा हतियारसहित  पक्राउ परेका चार अभियुक्त सार्वजनिक

सारांश

  •     प्रहरीले १७ वर्षअघि हत्या घटना, नौं महिना अघि जबरजस्तीकरणी मुद्दाका फरार अभियुक्त तथा कटुवा पेस्तोलसहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो ।
  •       आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बि.
  • स.

दैनिक समाचारदाता
राजविराज, २३ फागुन । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न अभियोगका चार जना अभियुक्तहरुलाई आइतबार पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको छ । 
    प्रहरीले १७ वर्षअघि हत्या घटना, नौं महिना अघि जबरजस्तीकरणी मुद्दाका फरार अभियुक्त तथा कटुवा पेस्तोलसहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो । 
    आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बि.स.२०६० साल पुस ८ गते छिमेकी सुक्रुत सदाको छुरा प्रहरी गरि हत्या गरेर फरार रहेका सप्तरीको महदेवा गाउँपालिका ४ लोहजारा निवासी देवनारायण मण्डललाई घरमै लुकी बसेको अवस्थामा शनिबार साँझ पक्राउ गरिएको जानकारी दिएका छन् । 
    पक्राउ परेका मण्डल फुपुलाई ललाई फकाई लिई भागेको आक्रोसमा सदाको घरमै पुगेर खुकुरी प्रहार गरि हत्या गरेर फरार भएका थिए । गोप्य सूचनाको आधारमा घरमै लुकिबसेको अवस्थामा मण्डललाई पक्राउ गरिएको डिएसपी भुवनेश्वर साहले जानकारी दिए । 
बलात्कार गरि फरार रहेका पक्राउ


    गत जेठ २६ गते गाउँकै एक १५ वर्षिया किशोरीलाई बलात्कार गरि फरार रहेका विष्णुपुर गाउँपालिका ५ का ३५ वर्षिय मो. रहमुललाई प्रहरीले पक्राउ गरि आइतबारै सार्वजनिक गरेको छ । 
    घरमै लुकिबसेको अवस्थामा आइतबार जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले रहमुललाई पक्राउ गरेको हो । 
    जबरजस्तीकरणीबाट ती पीडित यूवतीमा गर्भसमेत बस्न गएको अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बताए । 
पेस्तोलसहित दुई पक्राउ


    आयोजित पत्रकार सम्मेलनमा कटुवा पेस्तोलसहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरिएको छ । 
पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका ७ का २० वर्षिय महेश कुमार शर्मा र १९ वर्षिय प्रमोद साह छन् । 
    राजविराज ६ स्थित सखडा सडक खण्डमा शनिबार साँझ चेकजाँचका क्रममा स.७प. ९६७० नम्बरको मोटरसाइकलमा सवार उनीहरुका साथबाट प्रहरीले कटुवा पेस्तोल एक थान र सोमा प्रयोग हुने दुई थान गोली बरामद गरेको छ । 
    पक्राउ परेका शर्मा ३ वर्ष अघि पनि एक थान कटुवा पेस्तोल र ३ थान गोलीसहित पक्राउ परेका थिए । हातहथियार खरखजाना मुद्दामा एक वर्ष कैद भुक्तान गरि हालै रिहा भएका उनी फेरी त्यस्तै प्रकृतीका मुद्दामा पक्राउ परेका हुन् । 
    पक्राउ परेका मध्ये फरार अभियुक्त दुई जनालाई आइतबारै अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको छ भने कटुवा बन्दुकसहित पक्राउ परेका दुई जनालाई अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार महासंघ सप्तरीमा गोलाप्रथाबाट कार्की सदस्यमा चुनिए
पत्रकार महासंघ सप्तरीमा गोलाप्रथाबाट कार्की सदस्यमा चुनिए
शैक्षिक सामाग्रि र भोजन गराएर दुगडले मनाए ७५ औं जन्मदिन
शैक्षिक सामाग्रि र भोजन गराएर दुगडले मनाए ७५ औं जन्मदिन
विभिन्न ८ बुँदे माग राख्दै स्ववियुद्वारा क्याम्पसमा तालाबन्दी
विभिन्न ८ बुँदे माग राख्दै स्ववियुद्वारा क्याम्पसमा तालाबन्दी
आचार संहिता व्यापक उल्लंघन भइरहेकोप्रति चिन्ता व्यक्त
आचार संहिता व्यापक उल्लंघन भइरहेकोप्रति चिन्ता व्यक्त
सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
गाँजाका बोटहरु नष्ट गर्ने कार्यलाई निरन्तरता
गाँजाका बोटहरु नष्ट गर्ने कार्यलाई निरन्तरता
बुद्धिजिवी एवं पेशाकर्मीहरुको  आन्दोलन संयोजन समिति गठन
बुद्धिजिवी एवं पेशाकर्मीहरुको  आन्दोलन संयोजन समिति गठन
सप्तरीका शक्तिपीठमा भक्तजनको घुँइचो
सप्तरीका शक्तिपीठमा भक्तजनको घुँइचो
रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी