दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
विभिन्न ८ बुँदे माग अघि सार्दै राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा बुधबार स्ववियुले तालाबन्दी गरेको छ ।
क्याम्पस प्रमुख राजिव मिश्रको कार्यकक्ष तथा प्रशासन कोठामा तालाबन्दी गरिएको स्ववियुद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
स्ववियु सचिव सुनिल मण्डलले त्रिविविको नियम विपरीत हालै विभिन्न पदमा गरिएको नियुक्ति खारेजी, २०७५÷७६ देखी हालसम्मको क्याम्पसको आय–ब्यय सार्वजनिक, पुस्तकालयको ब्यवस्थापन, नियमित पठनपाठनको ब्यवस्था, विज्ञान प्रयोगशालाको संचालन, अलपत्र अवस्थामा रहेको कन्या र दलित छात्रावासको संचालन तथा लामो समयदेखी रोकिएको अतिरिक्त क्रियाकलापलाई तिब्रता प्रदान गर्नु पर्ने लगायतका ८ बुँदे माग राखि तालाबन्दी गरिएको बताए ।
स्ववियु उपसभापति जयकृष्ण यादवले प्रक्रिया पूरा नगरि मनोमानी ढंगले विभिन्न विषयका शिक्षकहरुलाई क्याम्पस प्रशासनले नियुक्त गरेको दाबीका साथ सोको छानबिन तथा विद्यार्थी हीतका अन्य माँगहरु राखी पटकपटक जानकारी गराउँदा पनि कुनै बास्ता नगरेकाले बाध्य भई तालाबन्दीमा उत्रनु परेको बताए ।
विभिन्न ८ बुँदे माग राख्दै स्ववियुद्वारा क्याम्पसमा तालाबन्दी
सारांश
- क्याम्पस प्रमुख राजिव मिश्रको कार्यकक्ष तथा प्रशासन कोठामा तालाबन्दी गरिएको स्ववियुद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
- स्ववियु सचिव सुनिल मण्डलले त्रिविविको नियम विपरीत हालै विभिन्न पदमा गरिएको नियुक्ति खारेजी, २०७५÷७६ देखी हालसम्मको क्याम्पसको आय–ब्यय सार्वजनिक, पुस्तकालयको ब्यवस्थापन, नियमित पठनपाठनको ब्यवस्था, विज्ञान प्रयोगशालाको संचालन, अलपत्र अवस्थामा रहेको कन्या र दलित छात्रावासको संचालन तथा लामो समयदेखी रोकिएको अतिरिक्त क्रियाकलापलाई तिब्रता प्रदान गर्नु पर्ने लगायतका ८ बुँदे माग राखि तालाबन्दी गरिएको बताए ।
- स्ववियु उपसभापति जयकृष्ण यादवले प्रक्रिया पूरा नगरि मनोमानी ढंगले विभिन्न विषयका शिक्षकहरुलाई क्याम्पस प्रशासनले नियुक्त गरेको दाबीका साथ सोको छानबिन तथा विद्यार्थी हीतका अन्य माँगहरु राखी पटकपटक जानकारी गराउँदा पनि कुनै बास्ता नगरेकाले बाध्य भई तालाबन्दीमा उत्रनु परेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया