दैनिक समाचारदाता
राजविराज, २७ माघ ।
राजविराज नगरपालिकाको सामुन्ने रहेको ऐतिहासिक भगवती पोखरी अहिले मानिसहरुको शौच र पिसाब गर्ने थलो बन्दै गएको छ ।
आवश्यक रेखदेख, सरसफाई र संरक्षणको अभावमा उक्त पोखरी शौच र पिसाब गर्ने थलो बन्दै गएको हो । सोही कारणले पोखरी कुरुप र दुर्घन्धित समेत भएको छ ।
विभिन्न पूजापाठ, छठ पर्व, विवाहका समयमा विभिन्न विधीका लागि तथा अन्य पर्वमा स्थानियहरुले प्रयोग गर्ने उक्त पोखरीमा अहिले सर्वसाधारणले फोहर समेत फ्याल्ने गर्छन् ।
राजविराज नगरपालिका कार्यालयकै अधिनमा रहेको भगवती मन्दिरको पछिल्लो भागमा अवस्थित उक्त ऐतिहासिक पोखरीमा पानी नै सुकेपछि प्रयोगविहीन अवस्थामा पुगेको स्थानियले बताएका छन् ।
छठ पर्वको समयमा स्थानिय र नगरपालिका कार्यालयका सफाईकर्मीले मिलेर पोखरीको सरसफाई गर्छन् । त्यसमा सेना र प्रहरीले पनि सघाउछन् । तर त्यसपछि वर्षैभरि पोखरी उपेक्षित हुन्छ । नगरपालिकाको बारुणयन्त्रले आगलागिको समयमा त्यही पोखरीबाट पानी समेत भर्ने गर्छ ।
केही वर्ष अघि सोही पोखरीको सौन्दर्यकरणका लागि झण्डै ८० लाख रकम खर्च गरिएको थियो । सो समयमा पोखरीलाई पुर्ननिर्माण गरिएको थियो र कम्पाउण्ड वाल तथा नयाँ मूल गेट समेत निर्माण गरिएको थियो । तर, अहिले मूल गेटमा मानिसहरुले पिसाब फेरेकै कारण प्वालपरि खिया समेत लागेको छ । यसले पोखरीको सौन्दर्यता बिगार्दै गएको छ ।
उक्त समयममा पोखरीलाई सौन्दर्यता गर्ने नाममा ८० लाख रकम समेत अपुग भएपछि बीचमै त्यसको काम रोकिएको थियो ।
यता नगरपालिकाले भएका सार्वजनिक शौचालय समेत भत्काउँदा मानिसहरु जताभावी पिसाब गर्ने क्रममा एकान्त कुना देखेर बटुवाहरु पोखरीकै ढोकामै ओढ लागेर पिसाब फेर्ने गरेका छन् । तर नगरपालिकाले त्यसप्रति कडाई गर्नुको साटो हेलचक्राई गरेको देखिन्छ ।
नगरको ऐतिहासिक पोखरी शौच र पिसाब गर्ने थलो बन्दै
सारांश
- आवश्यक रेखदेख, सरसफाई र संरक्षणको अभावमा उक्त पोखरी शौच र पिसाब गर्ने थलो बन्दै गएको हो ।
- सोही कारणले पोखरी कुरुप र दुर्घन्धित समेत भएको छ ।
- विभिन्न पूजापाठ, छठ पर्व, विवाहका समयमा विभिन्न विधीका लागि तथा अन्य पर्वमा स्थानियहरुले प्रयोग गर्ने उक्त पोखरीमा अहिले सर्वसाधारणले फोहर समेत फ्याल्ने गर्छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया