स्वास्थ्य क्षेत्रको निगरानी तथा सुधारका लागि स्थानीय तह पनि गम्भिर हुनुपर्छ ः प्रदेशसभा सदस्य यादव

राजविराज राजविराज
|
शनिबार, चैत्र २, २०८१
|
|
४१ पटक हेरिएको
Shares
स्वास्थ्य क्षेत्रको निगरानी तथा सुधारका लागि स्थानीय तह पनि गम्भिर हुनुपर्छ ः प्रदेशसभा सदस्य यादव

सारांश

  •     जनज्योती कृषि सहकारी संस्थाको आयोजना तथा एञ्जला फाउण्डेशनको सहयोगमा शनिबार आयोजित वित्तिय साक्षरता तथा स्वास्थ्य सचेतना कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् ।
  •       पूर्व शिक्षा मन्त्री समेत रहेका प्रदेशसभा सदस्य यादवले अहिले प्रदेश सरकारले स्वास्थ्य संस्थाहरुको सुधारका लागि चलाएको अभियानले ती संस्थाहरुको अवस्था निकै नाजुक रहेको उल्लेख गर्दै सुधारका लागि स्थानीयहरु पनि जिम्मेवार हुनु आवश्यक रहेको औल्याए ।
  •     उनले जबसम्म स्वास्थ्य संस्थाहरु जिम्मेवार बन्दैनन् तब सम्म बिरामीहरुको स्वास्थ्य अवस्था नसुध्रिने भन्दै यसका लागि प्रदेश सरकार गम्भिर रहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, २ चैत । 

    मधेश प्रदेशसभा सदस्य महेश प्रसाद यादवले मधेशका हस्पिटल तथा स्वास्थ्य सस्थाहरुको अवस्था निकै नाजुक रहेको बताएका छन् । उनले स्वास्थ्य क्षेत्रको निगरानी तथा सुधारका लागि स्थानीय तहहरु पनि गम्भिर भएर लाग्नु पर्ने सुझाव समेत दिएका छन् ।  
    जनज्योती कृषि सहकारी संस्थाको आयोजना तथा एञ्जला फाउण्डेशनको सहयोगमा शनिबार आयोजित वित्तिय साक्षरता तथा स्वास्थ्य सचेतना कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् । 
    पूर्व शिक्षा मन्त्री समेत रहेका प्रदेशसभा सदस्य यादवले अहिले प्रदेश सरकारले स्वास्थ्य संस्थाहरुको सुधारका लागि चलाएको अभियानले ती संस्थाहरुको अवस्था निकै नाजुक रहेको उल्लेख गर्दै सुधारका लागि स्थानीयहरु पनि जिम्मेवार हुनु आवश्यक रहेको औल्याए ।
    उनले जबसम्म स्वास्थ्य संस्थाहरु जिम्मेवार बन्दैनन् तब सम्म बिरामीहरुको स्वास्थ्य अवस्था नसुध्रिने भन्दै यसका लागि प्रदेश सरकार गम्भिर रहेको बताए । 
    सहकारी संस्थाहरु रकम असुली गर्ने र लगानी गर्ने मात्र काम गर्ने दायरालाई फराकिलो गरेर सामाजिक उत्तरदायित्वको भावनाले कम्तिमा आफ्ना शेयर सदस्यहरुका लागि समय समयमा स्वास्थ्य परिक्षण र उपचार सेवा प्रदान गर्न सके संस्थाहरुको समाजमा अझ साख बढ्ने उनले धारणा राखे । 
    संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले संस्थाले आफ्नो दैनिकी कामकाजका साथै सामाजिक उत्तरदायित्वको जिम्मेवारी समेत वहन गर्दै आफ्ना शेयर सदस्यहरुका लागि स्वास्थ्य शिविर, स्वास्थ्य परिक्षण, विभिन्न जनचेतनामूलक तालिम, अन्तरक्रिया, गोष्ठी लगायतका क्रियाकलाप समेत गर्दै आएको जानकारी दिए । 
    उनले अहिलेको अवस्थामा सहकारी संस्थाहरुलाई हेर्ने नकारात्मक दृष्टिलाई थोरै भएपनि कम गर्न सस्थाले यस्ता क्रियाकलाप गरेर सहकारी संस्था अझै जनताकै हकमा काम गरिरहेको विश्वास दिलाउन लागिपरेको जिकिर समेत गरे । राष्ट्रिय सहकारी बैंकका मधेश प्रदेश संयोजक समेत रहेका अध्यक्ष मण्डलले केही सहकारी संस्थाहरुले गरेको नकारात्मक क्रियाकलापको भागिदारी सबै सहकारी संस्था नहुने भन्दै सहकारीलाई मात्र नकारात्मक रुपमा हेर्ने दृष्टिमा परिवर्तन ल्याउनु पर्ने आवश्यक रहेको बताए ।  
    संस्थाका अध्यक्ष मण्डलको अध्यक्षतामा आयोजित स्वास्थ्य सचेतना कार्यक्रममा राजविराज वडा नं. २ अध्यक्ष अरुणकुमार यादव, पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष नवीन कुमार गुप्ता लगायतले संस्थाले आफ्ना शेयर सदस्यहरुका लागि स्वास्थ्य सचेतना कार्यक्रम गरेर उदाहरणिय कार्य गरेकोमा प्रशसा व्यक्त गरे । 
    स्वास्थ्य सचेतना कार्यक्रमपछी संस्थाका शेयर सदस्यहरुको स्वास्थ्य स्क्रिनिङ पश्चात् पाइल्स, फिसर, र फिस्टुलाका बिरामीको यकिन गरि उपचार गराइने एञ्जला फाउण्डेशनले जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमसीसी बिरुद्ध सत्ता गठबन्धनका एक पक्षको जनवर्गिय संगठनद्वारा बिरोध
एमसीसी बिरुद्ध सत्ता गठबन्धनका एक पक्षको जनवर्गिय संगठनद्वारा बिरोध
राजविराज नपाका हाकिम डेढ महिना  बढी समयदेखी कार्यालय आउँदैनन्, मेयर, दुई अधिकृत तथा एक लेखापाल समेत अनुपस्थित, सेवाग्राही मार्कामा
राजविराज नपाका हाकिम डेढ महिना  बढी समयदेखी कार्यालय आउँदैनन्, मेयर, दुई अधिकृत तथा एक लेखापाल समेत अनुपस्थित, सेवाग्राही मार्कामा
ग्यास लिक भएर आगलागि हुँदा  लाखौंको धनमाल जलेर नष्ट 
ग्यास लिक भएर आगलागि हुँदा  लाखौंको धनमाल जलेर नष्ट 
गणतन्त्र दिवसमा प्रभातफेरी, गोष्ठी, सरसफाई र वृक्षारोपण
गणतन्त्र दिवसमा प्रभातफेरी, गोष्ठी, सरसफाई र वृक्षारोपण
उपेन्द्र यादवकै कारण पार्टी बिखण्डन : राजेन्द्र महतो
उपेन्द्र यादवकै कारण पार्टी बिखण्डन : राजेन्द्र महतो
आगलागिमा दुई लाख भन्दा बढीको क्षति
आगलागिमा दुई लाख भन्दा बढीको क्षति
राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
राष्ट्रिय अखण्डताको पक्षमा नेवि संघको जागरण अभियान 
राष्ट्रिय अखण्डताको पक्षमा नेवि संघको जागरण अभियान 
नवजात शिशुको शव फेला
नवजात शिशुको शव फेला
मोटरसाईकल खोलामा पस्दा एकको मृत्यु, एक घाईते अर्का फारार
मोटरसाईकल खोलामा पस्दा एकको मृत्यु, एक घाईते अर्का फारार