अविश्वास प्रस्तावको समर्थन  गर्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन २१, २०७७
|
|
२२ पटक हेरिएको
Shares
अविश्वास प्रस्तावको समर्थन  गर्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला

सारांश

  •     सप्तरीको तिलाठी गाउँपालिका १ स्थित तिलाठीमा १८ वर्षअघि आफैले शिलान्यास गरेको तृप्ति नारायण मेमोरियल इएनटी अस्पतालको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दै महामन्त्री कोइरालाले सो धारणा राखेका हुन् ।
  •       अविश्वास प्रस्तावको पक्षमा जानु पर्ने धारणा सार्वजनिक गर्दै महामन्त्री कोइराला नेकपा दाहाल–नेपाल पक्षसँग सहकार्य हुने संकेत समेत गरेका छन् ।
  •       महामन्त्री कोइरालाले अविश्वास प्रस्तावमा जानुु भन्दा अगाडी कसलाई प्रधानमन्त्री बनाउने बारेमा पनि निश्कर्षमा पुग्नु आवश्यक रहेको भन्दै शेर बहादुर जी आफै प्रधानमन्त्री बन्नुहुन्छ वा माधव नेपाल अथवा प्रचण्ड बन्ने हो यसबारे पहिले नै टुङ्गोमा पुग्नु उपयुक्त हुने बताए ।

दैनिक समाचारदाता
राजविराज, २१ फागुन । 
    नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अविश्वास प्रस्तावको समर्थन गर्नुपर्ने धारणा राखेका छन् । 
    सप्तरीको तिलाठी गाउँपालिका १ स्थित तिलाठीमा १८ वर्षअघि आफैले शिलान्यास गरेको तृप्ति नारायण मेमोरियल इएनटी अस्पतालको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दै महामन्त्री कोइरालाले सो धारणा राखेका हुन् । 
    अविश्वास प्रस्तावको पक्षमा जानु पर्ने धारणा सार्वजनिक गर्दै महामन्त्री कोइराला नेकपा दाहाल–नेपाल पक्षसँग सहकार्य हुने संकेत समेत गरेका छन् । 
    महामन्त्री कोइरालाले अविश्वास प्रस्तावमा जानुु भन्दा अगाडी कसलाई प्रधानमन्त्री बनाउने बारेमा पनि निश्कर्षमा पुग्नु आवश्यक रहेको भन्दै शेर बहादुर जी आफै प्रधानमन्त्री बन्नुहुन्छ वा माधव नेपाल अथवा प्रचण्ड बन्ने हो यसबारे पहिले नै टुङ्गोमा पुग्नु उपयुक्त हुने बताए ।
    कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले मुलुक अहिले अत्यन्तै अफठ्यारो अवस्थामा रहेको बेला काँग्रेस कतातिर जाने हो भन्ने कुरामा अलमल रहेको जिकिर समेत गरे । उनले कम्युनिष्टहरु मिलेर बनेको नेकपा फुटेका पनि छन्, फुठेका छैनन् पनि जस्तै रहेको अवस्थामा अविश्वास प्रस्तावको समर्थनमा जानु नै आफ्नो धारणा रहेको उल्लेख गरे ।  
    अस्पतालका अध्यक्ष डा. अनिल झाको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी, राष्ट्रियसभा सदस्य शेखर कुमार सिंह, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह, वडा अध्यक्ष दिनेश्वर मिश्र लगायतले पनि बोल्दै अस्पताल संचालनले यस भेगका साथै सीमावर्ती क्षेत्रका बासिन्दा लगायत आसपासका जिल्लाका जनतासमेत लाभान्वित हुने बताए । 
    कार्यक्रममा अस्पतालका लागि निशुल्क जग्गादान गर्ने शैलेन्द्र कुमार झा, सुगानन्द झा, रबिनाथ झालगायतकालाई प्रमुख अतिथि कोइरालाद्वारा सम्मान गरिएको थियो । अस्पताल समितिका सदस्य मनोज मुन्धडाद्वारा स्वागत तथा महासचिव किशोर झाद्वारा अस्पतालको गतिविधी बारे सबिस्तार जानकारी गराइएको कार्यक्रममा पूर्वसासंद सुरेन्द्र यादव, रन्जित कर्ण, रन्जु ठाकुर, काँग्रेस महासमिति सदस्य नागेन्द्र झा, नेपाल परिवार नियोजन संका उपाध्यक्ष अजित मिश्र पप्पु लगायतको पनि उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिटौरी जग्गा पीडितहरुले आन्दोलन गर्ने 
बिटौरी जग्गा पीडितहरुले आन्दोलन गर्ने 
अटो अनियन्त्रित भई  दुर्घटना हुदा एकको मृत्यु
अटो अनियन्त्रित भई  दुर्घटना हुदा एकको मृत्यु
कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
महिला हत्याका अभियुक्त कारागार  चलान, तीन जना धरौटीमा रिहा
महिला हत्याका अभियुक्त कारागार  चलान, तीन जना धरौटीमा रिहा
चर्को घाम र प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बन्दै
चर्को घाम र प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बन्दै
कोशी पीडितहरुको आन्दोलन १५ औं दिन, नेपाल–भारतका संचारकर्मीहरुद्वारा सहयोगको प्रतिबद्घता
कोशी पीडितहरुको आन्दोलन १५ औं दिन, नेपाल–भारतका संचारकर्मीहरुद्वारा सहयोगको प्रतिबद्घता
ब्युटी, लक्ष्मीपछि सरस्वतीको बिजोग, अदालतको आदेशपछि ताला फुटाएर सरस्वतीलाई गराइयो गृह प्रवेश ….
ब्युटी, लक्ष्मीपछि सरस्वतीको बिजोग, अदालतको आदेशपछि ताला फुटाएर सरस्वतीलाई गराइयो गृह प्रवेश ….
कलवार जातिका वरिष्ठ दानबिर भगतसहित नवनिर्वाचित प्रमुख गुप्ता र अध्यक्ष चौधरी सम्मानित
कलवार जातिका वरिष्ठ दानबिर भगतसहित नवनिर्वाचित प्रमुख गुप्ता र अध्यक्ष चौधरी सम्मानित
विष्णुपुरका अध्यक्ष अख्तियारको नियन्त्रणमा
विष्णुपुरका अध्यक्ष अख्तियारको नियन्त्रणमा