दैनिक समाचारदाता
राजविराज, १० जेठ ।
सहकारी ऐन तथा नियमावलीमा भएको सहकारी संस्थालाई प्रबद्र्धन गर्ने ब्यवस्थालाई बेवास्ता गर्दै चौतर्फी घेराबन्दीमा पारी राज्यले उपेक्षा गरेको भन्दै देशभरीका सहकारी संस्थाहरु आन्दोलनमा उत्रिएका छन् ।
राष्ट्रिय सहकारी माहासंघको नेतृत्वमा सहकारी समस्या सामाधान सहजिकरण कार्यदलले घोषणा गरेको देशब्यापी सहकारी आन्दोलनमा सप्तरीका सहकारी संस्थाहरुले पनि एक्यबद्धता जनाएका छन् ।
पहिलो चरणका आन्दोलनका कार्यक्रम अनुसार सहकारी संस्थाहरुले जेठ ९ गतेदेखि हातमा कालोपट्टी बाँधेर शान्तीपुर्ण बिरोध कार्यक्रमको सुरुवात गरेका छन ।
सप्तरी जिल्लामा राष्ट्रिय सहकारी बैंकका संञ्चालक तथा मधेस प्रदेश संयोजक बिश्वनाथ मण्डलको अग्रसरतामा राजबिराज वरिपरिका सहकारी संस्थाहरुसंग छलफल गरी आन्दोलनको कार्यक्रम अगाडी बढाइएको आइडियल सहकारी संस्थाका अध्यक्ष गणेश कुमार आसले जानकारी दिए ।
सहकारी संस्थालाई सहज बनाउनका लागि सहकारी मैत्री ऐनको परीपालना र कार्यबिधिको कार्यान्वयन गर्न राज्य उदासिन देखिएकोले १३ बुँदै मागपत्रसहित आन्दोलनको सुरुवात भएको सहकारी बैंकका संञ्चालक तथा मधेस प्रदेश संयोजक मण्डलले बताए ।
जेठ २ गते १५ दिनको अल्टीमेटम दिएर सहकारी बिभागका रजिष्टारलाई बुझाइएको १३ बुँदे मागपत्रको कार्यान्वयमा राज्यले कुनैपनि तदारुकता नदेखाएकोले बाध्य भएर आन्दोलनको कार्यक्रम अगाडी बढाइएको गठित कार्यदलका संयोजक ओम देबि मल्लले जानकारी दिए ।
राज्यले उपेक्षा गरेको भन्दै देशभरीका सहकारी संस्थाहरु आन्दोलनमा
सारांश
- राष्ट्रिय सहकारी माहासंघको नेतृत्वमा सहकारी समस्या सामाधान सहजिकरण कार्यदलले घोषणा गरेको देशब्यापी सहकारी आन्दोलनमा सप्तरीका सहकारी संस्थाहरुले पनि एक्यबद्धता जनाएका छन् ।
- पहिलो चरणका आन्दोलनका कार्यक्रम अनुसार सहकारी संस्थाहरुले जेठ ९ गतेदेखि हातमा कालोपट्टी बाँधेर शान्तीपुर्ण बिरोध कार्यक्रमको सुरुवात गरेका छन ।
- सप्तरी जिल्लामा राष्ट्रिय सहकारी बैंकका संञ्चालक तथा मधेस प्रदेश संयोजक बिश्वनाथ मण्डलको अग्रसरतामा राजबिराज वरिपरिका सहकारी संस्थाहरुसंग छलफल गरी आन्दोलनको कार्यक्रम अगाडी बढाइएको आइडियल सहकारी संस्थाका अध्यक्ष गणेश कुमार आसले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया