दैनिक समाचारदाता
राजविराज, ८ साउन ।
सप्तरीको कंचनरुप नगरपालिका ८ की ५६ वर्षिया जयमाला गुप्ताको पहिचान खुल्न नसकेको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको दुई महिना बितिसक्दा पनि घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीले सक्रियता नदेखाएको मृतकका छोराले गुनासो गरेका छन् ।
मृतक महिलाको जेठो छोरा डा. तुलाकृष्ण गुप्ताले मंगलवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी दोषी पत्ता लगाइ कारवाहीको माग गरेका छन ।
उनका अनुसार गत जेठ ९ गते नगरको नन्दलाल चौक नजिकै वेरियर क्षेत्रमा आयोजित धार्मिक समारोहमा सहभागी भई ४ वर्षिय नाती रियान्स संगै घर फर्कने क्रममा राती ८ः३० बजे तिर नम्बर खुल्न नसकेको मोटरसाईकलले ठक्कर दिएको थियो ।
गम्भीर घाईते भएकी उनलाई उपचारका लागी राती नै विराटनगर पु¥याइ नोबेल अस्पतालमा भर्ना गरिएको थियो । उपचार कै क्रममा जेठ १५ गते आमाको निधन भएको छोरा डा.गुप्ताले बताए ।
मस्तिष्कमा गहिरो चोट लागेका कारण आमाको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएको र सोको रिर्पोटहरु पनि इलाका प्रहरी कार्यालय कंचनपुरमा बुझाइसकेको उनले बताए । जुुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एशोसिएट प्रोफेसरको जिम्मेवारीमा समेत रहेका डा.गुप्ता विगत २ महिना देखि काममा फर्कन सकेका छैनन ।
आमाको मृत्युका कारक ब्यक्ती बारे पत्ता लगाई दिन भन्दै दिनहुँ प्रहरी प्रशासनमा दौडधुप गर्दै २ महिना वितेको उनले सुनाए । उनले घटनाका सम्बन्धमा सत्यतथ्य छानवीन गर्न र दोषि पत्ता लगाउन इलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र तत्कालिन गृहमन्त्री रबीलामिछाने सम्म समेत पुगेको तर अनुन्धानको आश्वासन बाहेक केही पाउन नसकिएको गुनासो समेत पोखे ।
प्रहरीले गर्नू पर्ने काम आफुले गर्नु परिरहेको पीडा पोख्दै प्रत्यक्षदर्शीहरु खोज्ने र प्रहरीमा बयानका लागी पु¥याउने काम मै समय वित्ने गरको तर प्रहरीले आफ्नो स्तरबाट खासै सकृयता नदेखाएको उनको गुनासो छ ।
मृतक महिलाका देवर विश्वनाथले घट्नाको २ महिना वित्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन नसकेकोमा आक्रोश पोख्दै अब धर्ना, प्रर्दशन र अनशनमा वस्ने तयारीमा लागेको बताए ।
यता प्रहरीले सो दुर्घट्नाबारे आफन्तले तत्कालै जानकारी नगराएको बताउँदै अनुसन्धान भने जारी रहेको जनाएको छ । घाईतेलाई अस्पताल पु¥याएको २ दिन पछि मात्र अस्पतालबाट आफन्तले सो घट्नाबारे जानकारी गराएको इलाका प्रहरी कार्यालय कंचनपुरका एक प्रहरी अधिकारीले बताए । यद्धपी ढिलो गरी जानकारी आएपनि प्रहरीले आफ्नो श्रोत साधन परिचालन गरी घट्नाबारे अनुसन्धान गरीरहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
जयमाला मृत्यु प्रकरण, “दुई महिना बितिसक्दा पनि घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीले सक्रियता देखाएन्”
सारांश
- मृतक महिलाको जेठो छोरा डा.
- तुलाकृष्ण गुप्ताले मंगलवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी दोषी पत्ता लगाइ कारवाहीको माग गरेका छन ।
- उनका अनुसार गत जेठ ९ गते नगरको नन्दलाल चौक नजिकै वेरियर क्षेत्रमा आयोजित धार्मिक समारोहमा सहभागी भई ४ वर्षिय नाती रियान्स संगै घर फर्कने क्रममा राती ८ः३० बजे तिर नम्बर खुल्न नसकेको मोटरसाईकलले ठक्कर दिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया