भारदह अस्पतालमा थप शैयासँगै सेवा बिस्तार

राजविराज राजविराज
|
शुक्रबार, भाद्र १, २०८०
|
|
४८ पटक हेरिएको
Shares
भारदह अस्पतालमा थप शैयासँगै सेवा बिस्तार

सारांश

  •     मधेश प्रदेश सरकारको लगानीमा थप नयाँ भवन निर्माण गरेर प्रसुती तथा शल्यक्रिया कक्ष बिस्तार गरिएको हो ।
  •       थपिएको नयाँ शल्यक्रिया तथा प्रसुती कक्ष भवनको शुक्रबार उद्घाटन र सेवा शुभारम्भ गर्दै मधेश प्रदेशका स्वास्थ्य मन्त्रि बिरेन्द्र सिंहले अस्पतालमा थप सेवा बिस्तार तथा आवश्यक जनशक्तिपूर्तीका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
  •       उनले अब कोही पनि नागरिक गरिबीका कारण उपचारबाट बञ्चित हुनु पर्ने अवस्था नआओस भन्ने मनसायले विभिन्न कार्ययोजना बनाएर अघि बढेको समेत जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १ भदौं ।     

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित भारदह अस्पतालमा शुक्रबार शैया थपिनुका साथै सेवा बिस्तार गरिएको छ । 
    मधेश प्रदेश सरकारको लगानीमा थप नयाँ भवन निर्माण गरेर प्रसुती तथा शल्यक्रिया कक्ष बिस्तार गरिएको हो । 
    थपिएको नयाँ शल्यक्रिया तथा प्रसुती कक्ष भवनको शुक्रबार उद्घाटन र सेवा शुभारम्भ गर्दै मधेश प्रदेशका स्वास्थ्य मन्त्रि बिरेन्द्र सिंहले अस्पतालमा थप सेवा बिस्तार तथा आवश्यक जनशक्तिपूर्तीका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । 
    उनले अब कोही पनि नागरिक गरिबीका कारण उपचारबाट बञ्चित हुनु पर्ने अवस्था नआओस भन्ने मनसायले विभिन्न कार्ययोजना बनाएर अघि बढेको समेत जानकारी दिए । 
    यस्तै अस्पतालका मेडिकल सुरपरिटेन्डेन्ट डा. उत्तम देवले शैया र सेवा दुबै बिस्तार गरिएपछि उपचारमा आउने बिरामीलाई राहत मिल्ने अपेक्षा गरिएको बताए । 
    हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र माझीले क्षमताभन्दा दोब्बर बिरामी आउँदा अस्पताल अस्तव्यस्त हुने गरेकाले नगरपालिकाको साधनश्रोतले पनि भ्याएसम्म सहयोग गरि बिशेषज्ञसहितको थप उपचार सेवा बिस्तार गरिएको बताए । 
    १५ शैयाको स्वीकृती पाएर संचालनमा रहेको अस्पतालमा बिरामीको बढ्दो चापलाई ध्यानमा राखी १८ शैया थपेर ३३ शैयाको अस्पताल बनाइएको छ । नवनिर्मित भवनमा कुल २२ वटा कोठा छन् । जसमा ६ वटा शल्यक्रिया कक्षका लागि छुट्याइएका छ भने अन्य कोठाहरु प्रसुती गृह, एसएनसियु, भेन्टिलेटर, स्वास्थ्य परिक्षण, बिरामी कक्ष लगायत परियोजनका लागि छुट्याइएको छ । 
    कार्यक्रममा प्रदेश सांसदद्वय सतिशकुमार सिंह, मो. सकिल अली, कंचनरुप नगरपालिकाका नगर प्रमुख ललनप्रसाद गुप्ता, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, बलानबिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव लगायतले शुभकामना दिएका छन् ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश एन्फा छनौटका लागि सप्तरीबाट ३० खेलाडी चयन
प्रदेश एन्फा छनौटका लागि सप्तरीबाट ३० खेलाडी चयन
विद्यालय आसपास मदिरा र सुर्तीजन्य पर्दाथ विक्री निषेध
विद्यालय आसपास मदिरा र सुर्तीजन्य पर्दाथ विक्री निषेध
सहकारी क्षेत्रको बिकास बिना प्रदेशको समृद्वि हुनसक्दैन ः सहकारी मन्त्रि साह
सहकारी क्षेत्रको बिकास बिना प्रदेशको समृद्वि हुनसक्दैन ः सहकारी मन्त्रि साह
भ्रामक प्रचारमा नपर्न जसपा निकट राष्ट्रिय विद्यार्थी संघको आग्रह
भ्रामक प्रचारमा नपर्न जसपा निकट राष्ट्रिय विद्यार्थी संघको आग्रह
सप्तरीको अग्नीसाईर कृष्णाशवरणमा उच्च  प्रविधिसहितको आयुर्वेद औषधालय संचालनमा
सप्तरीको अग्नीसाईर कृष्णाशवरणमा उच्च  प्रविधिसहितको आयुर्वेद औषधालय संचालनमा
आइडियलले पेपर लेस कारोबारलाई निरन्तरता दिँदै
आइडियलले पेपर लेस कारोबारलाई निरन्तरता दिँदै
मेयर कप सप्तरी प्रिमियर लिगमा तिलाठी र रुपनी बिजयी
उच्च अदालतका पाँच कर्मचारी सम्मानित
उच्च अदालतका पाँच कर्मचारी सम्मानित
प्रमुखमाथी भएको दुव्र्यवहार तथा  हातपातको बिरोध गर्दै स्थानिय तह बन्द
प्रमुखमाथी भएको दुव्र्यवहार तथा  हातपातको बिरोध गर्दै स्थानिय तह बन्द
पूर्व न्यायाधीश अवधेश यादवको निधन

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?