मेयर कप सप्तरी प्रिमियर लिगमा तिलाठी र रुपनी बिजयी

राजविराज राजविराज
|
बिहिबार, आषाढ ५, २०७६
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  •     सम्पन्न दोश्रो खेलमा रुपनी राइडर्सले डाक्नेश्वरी ड्रागनलाई ३२ रनले पराजित गरेको हो ।
  • यो जितसँगै रुपनी अंक तालिकाको शिर्ष स्थानमा उक्लेको छ ।
  •       पहिले ब्याटिंग गर्दै रुपनीले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याउने क्रममा डाक्नेश्वरीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्रै बनाउन सक्यो ।

दैनिक समाचारदाता
राजविराज, ४ असार । 
    राजबिराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा सप्तरीको राजविराजमा संचालित मेयर कप सप्तरी प्रिमियर लिग सिजन २ अन्तर्गत बुधबार सम्पन्न तेश्रो दिनको खेलमा तिलाठी कोइलाडी जायन्ट र रुपनी राइडर्स बिजयी भएको छ । 
    सम्पन्न दोश्रो खेलमा रुपनी राइडर्सले डाक्नेश्वरी ड्रागनलाई ३२ रनले पराजित गरेको हो । यो जितसँगै रुपनी अंक तालिकाको शिर्ष स्थानमा उक्लेको छ । 
    पहिले ब्याटिंग गर्दै रुपनीले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याउने क्रममा डाक्नेश्वरीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्रै बनाउन सक्यो । डाक्नेश्वरीको लागि प्रेम तामांगले १८ तथा अविनाश कर्ण र राहुल मण्डलले समान १५ रन बनाएका थिए । यता बलिङतर्फ रुपनीका प्रदिप पासवानले ३ विकेट लिए भने अनोज यादब र सैदुल्लाह अन्सारीले २÷२ विकेट लिएका थिए ।   
    यसअघि टस हारेर ब्याटिंग गरेको रुपनी राइडर्सले १९.५ ओभरमा सबै विकेट गुमाएर १४४ रनको योगफल तयार गरेको थियो । रुपनीको लागि सोनु अन्सारीले ४४ रन बनाए भने अनोज यादबले ३६ तथा कप्तान मेहबुब आलमले १६ बनाएका थिए । डाक्नेश्वरी ड्रागनको लागि बलिंगमा दिपेश कंडेलले ३ विकेट, पुष्प थापा र प्रेम तामांगले २÷२ विकेट लिएका थिए । सो खेलको प्लेयर अफ द म्याच अनोज यादव घोषित भए । 
    त्यस्तै पहिलो खेलमा तिलाठी कोइलाडी जायन्टले बजाज खडक वारियर्सले दिएको १ सय ३२ रनको लक्ष्य तिलाठी कोइलाडीले मात्र २ विकेट गुमाएर २४ बल बाँकी छदै पुरा गर्यो ।
    तिलाठी कोइलाडीको जितमा सुनिल धमलाले अविजित ८४ रन, सुरज पटेलले ३४ रन बनाएका थिए । यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले २० ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाएको थियो ।
    वारियर्सको लागि कप्तान राजेश पुलामीले ५०, अमित दासले २६, अमल दासले १७ तथा सुधिर चौधरीले १२ रन बनाए । तिलाठी कोइलाडीको लागि सुनिल धमला र कमल ओलीले समान २÷२ विकेट तथा रोहित सिंह, अनिल यादब र विकास दासले १÷१ विकेट लिए । सो खेलमा सुनिल धमला खेलको प्लेयर अफ द म्याच भए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना संक्रमित शुन्य रहेको  सप्तरीमा एक विद्यार्थी संक्रमित
कोरोना संक्रमित शुन्य रहेको  सप्तरीमा एक विद्यार्थी संक्रमित
ठगि मुद्दाका फरार प्रतिवादी पक्राउ
ठगि मुद्दाका फरार प्रतिवादी पक्राउ
सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
सप्तरी काँग्रेस सभापतीको  दौडमा आधा दर्जन बढी आकांक्षी
सप्तरी काँग्रेस सभापतीको  दौडमा आधा दर्जन बढी आकांक्षी
सिके राउतको मुद्दा अहिले प्रधानमन्त्रीले बोकेका छन् ः राजपा संयोजक भण्डारी
सिके राउतको मुद्दा अहिले प्रधानमन्त्रीले बोकेका छन् ः राजपा संयोजक भण्डारी
स्मृति इरानी ः नरेन्द्र मोदीविरोधी अनशनदेखि राहुल गान्धीको गढ कब्जासम्म
स्मृति इरानी ः नरेन्द्र मोदीविरोधी अनशनदेखि राहुल गान्धीको गढ कब्जासम्म
शोकमा काँग्रेस पार्टी कार्यालय  तीन दिन बन्द रहने
शोकमा काँग्रेस पार्टी कार्यालय  तीन दिन बन्द रहने
श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई हुण्डी कारोबारी पक्राउ 
श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई हुण्डी कारोबारी पक्राउ 
क्वाराइन्टाइनका लागि १ सय ३ थान पिपिइ लगायतका सामाग्रि 
क्वाराइन्टाइनका लागि १ सय ३ थान पिपिइ लगायतका सामाग्रि 
बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी