सिके राउतको मुद्दा अहिले प्रधानमन्त्रीले बोकेका छन् ः राजपा संयोजक भण्डारी

राजविराज राजविराज
|
आइतबार, बैशाख २९, २०७६
|
|
६१ पटक हेरिएको
Shares
सिके राउतको मुद्दा अहिले प्रधानमन्त्रीले बोकेका छन् ः राजपा संयोजक भण्डारी

सारांश

  •     सरकारका संघियता र लोकतन्त्र विरोधी गतिविधिले मुलुकमा दुर्घटना हुनसक्ने उनले संकेत गर्दै विभेदले विद्रोहको जन्म दिन्छ र विद्रोहबाट विखण्डनको अवस्था सिर्जना हुनसक्छ उल्लेख गरे ।
  • सरकारले लचकता अपनाएर असन्तुष्टीहरुलाई सम्बोधन गर्नेतर्फ अग्रसर हुन जरुरी रहेको उनको भनाई छ ।
  •       त्यस्तै अध्यक्ष भण्डारीले सरकार सर्वसत्तावादतर्फ उन्मुख भइरहेको आरोप लगाउँदै न्यायाधिश नियुक्तिदेखि न्यायालयका हरेक गतिविधिमा सरकार हस्तक्षेप अस्विकार्य रहेको बताए ।

    राजविराज÷राष्ट्रिय जनता पार्टी नेपालका संयोजक सरत्सिंह भण्डारीले संविधानको स्वामित्व सबैले नलिएको भन्दै सिके राउतको मुद्दा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले बोकेको आरोप लगाएका छन् । 
    राजपा सप्तरीद्वारा शनिबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक भण्डारीले सो आरोप लगाउँदै मुलुकमा विखण्डनको खतरा अझै कायमै रहेको बताए ।
    सिके राउतका कारण मुलुक विखण्डन र पृथकतावादी आन्दोलनको अन्त्य नभई सो मुद्दा वर्तमान सरकारको प्रधानमन्त्रीले नै बोकेकाले मुलुकमा त्यसको खतरा अझै कायमै रहेको उल्लेख गरे । 
    सरकारका संघियता र लोकतन्त्र विरोधी गतिविधिले मुलुकमा दुर्घटना हुनसक्ने उनले संकेत गर्दै विभेदले विद्रोहको जन्म दिन्छ र विद्रोहबाट विखण्डनको अवस्था सिर्जना हुनसक्छ उल्लेख गरे । सरकारले लचकता अपनाएर असन्तुष्टीहरुलाई सम्बोधन गर्नेतर्फ अग्रसर हुन जरुरी रहेको उनको भनाई छ । 
    त्यस्तै अध्यक्ष भण्डारीले सरकार सर्वसत्तावादतर्फ उन्मुख भइरहेको आरोप लगाउँदै न्यायाधिश नियुक्तिदेखि न्यायालयका हरेक गतिविधिमा सरकार हस्तक्षेप अस्विकार्य रहेको बताए । 
    दुई पार्टीबीच एकीकरणको सन्दर्भमा संयोजक भण्डारीले समाजवादी पार्टी नेपालसँग तत्कालका लागि पार्टी एकताको सम्भावना समाप्त भएको संकेत गरे । मधेशी, आदिवासी, जनजाति तथा अल्पसंख्यकको अधिकार प्राप्ति तथा संविधान संशोधनका विषयमा समाजवादी पार्टीको धारणा स्पष्ट नभएकाले एकतापछि धकेलिएको उनले स्पष्ट पारे ।
    यस्तै संयोजक भण्डारीले भ्रष्टाचार र अनियमिततामा संलग्न भएकाहरुको आरोप प्रमाणित भए पार्टीले उनीहरुलाई बोकेर नहिँड्ने स्पष्ट समेत पारे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँपालिकाको तालाबन्दी खोलाउन  सम्बन्धीत पक्षहरुसँग अनुरोध 
गाउँपालिकाको तालाबन्दी खोलाउन  सम्बन्धीत पक्षहरुसँग अनुरोध 
घरमै थला परेका मजदुरको उपचारका लागी सहयोग जुट्दै
घरमै थला परेका मजदुरको उपचारका लागी सहयोग जुट्दै
प्रदेशसभामा उठ्यो राजविराजको  विटौरी जग्गाको मुद्दा
प्रदेशसभामा उठ्यो राजविराजको  विटौरी जग्गाको मुद्दा
पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन  बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली
पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन  बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली
प्रअले विद्यालयको सम्पत्ति दुरुपयोग गरेको भन्दै तालाबन्दी
प्रअले विद्यालयको सम्पत्ति दुरुपयोग गरेको भन्दै तालाबन्दी
प्रसाही–थलही जोड्ने सडक तीन  करोड २० लाखको लगानीमा बन्दै
प्रसाही–थलही जोड्ने सडक तीन  करोड २० लाखको लगानीमा बन्दै
मधेशको राजनीतिमा नयाँ तरंग आउने ः फोरम अध्यक्ष यादव
हाम्रो कृषि सहकारीको साधारण सभा सम्पन्न
हाम्रो कृषि सहकारीको साधारण सभा सम्पन्न
स्थानिय व्यापारीद्वारा बजार अनुगमन टोली बिरुद्ध प्रदर्शन 
स्थानिय व्यापारीद्वारा बजार अनुगमन टोली बिरुद्ध प्रदर्शन 
अन्तर विद्यालय क्रिकेटमा बोरिया स्कुलका दुई खेलाडीको शतक
अन्तर विद्यालय क्रिकेटमा बोरिया स्कुलका दुई खेलाडीको शतक