जेसीजलाई युवाहरु माझ पु¥याउनु आवश्यक ः राष्ट्रिय उपाध्यक्ष राजवंशी 

राजविराज राजविराज
|
आइतबार, बैशाख २३, २०८१
|
|
१६० पटक हेरिएको
Shares
जेसीजलाई युवाहरु माझ पु¥याउनु आवश्यक ः राष्ट्रिय उपाध्यक्ष राजवंशी 

सारांश

  •     राजविराज जेसीजको भ्रमणका क्रममा आयोजना गरिएको “मिट एण्ड ग्रिट” कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
  •       उर्लाबारी जेसीज, मोरङका बर्ष २०२३का अध्यक्ष भई नेपाल जेसीजका उपाध्यक्ष भएका राजवंशीले राजविराज जेसीजको लामो इतिहास रहेको र सक्षम लिडरहरु रहेकाले शाखाको चार महिनाको गतिविधिमा सक्रियता आएको बताए ।
  •       नेपाल जेसीजले शाखाहरुमा गतिविधि सञ्चालन गर्न केही सहयोग गर्ने गरेको बताउँदै सो लिन राजविराज जेसीजले बाताबरण बनाउनु पर्ने र माग गर्नु पर्ने सुझाव समेत उनले दिए ।

दैनिक समाचारदाता
राजविराज, २३ बैशाख । 

    नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष योगेश राजवंशीले जेसीज युवाहरुको नेतृत्व क्षमता वृद्धि गर्ने संस्था रहेकोले युवाहरु माझ यस संस्थालाई पु¥याउनु आवश्यक रहेको बताएका छन् ।
    राजविराज जेसीजको भ्रमणका क्रममा आयोजना गरिएको “मिट एण्ड ग्रिट” कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 
    उर्लाबारी जेसीज, मोरङका बर्ष २०२३का अध्यक्ष भई नेपाल जेसीजका उपाध्यक्ष भएका राजवंशीले राजविराज जेसीजको लामो इतिहास रहेको र सक्षम लिडरहरु रहेकाले शाखाको चार महिनाको गतिविधिमा सक्रियता आएको बताए । 
    नेपाल जेसीजले शाखाहरुमा गतिविधि सञ्चालन गर्न केही सहयोग गर्ने गरेको बताउँदै सो लिन राजविराज जेसीजले बाताबरण बनाउनु पर्ने र माग गर्नु पर्ने सुझाव समेत उनले दिए ।
    नेपाल जेसीजले देशै भरिमा भएका आफ्ना शाखाहरुको स्थलगत भ्रमण गरी त्यहाँका अवस्था बुभ्mन र समस्या भए सो को सामाधान गर्न आफ्ना उपाध्यक्ष र कार्यकारी उपाध्यक्षहरुलाई परिचालित  गर्ने कार्य अन्तरगत आफ्नो भ्रमण भएको उनको भनाई थियो । 
    उक्त कार्यक्रममा बोल्दै राजविराज जेसीजका पूर्व अध्यक्ष सतीश कुमार दत्तले शाखा स्थापनाको ४९ बर्ष भई सकेको परिवेशमा यस कार्यकालले आउँदो बर्ष हुने स्वर्ण जयन्तीको लागि पूर्वाधार तैयार गर्नु पर्ने भएकोले कठिन मेहनत गर्नु पर्ने उल्लेख गरे । 
    राजविराज जेसीजको आफ्नै भवनमा बर्ष २०२४का अध्यक्ष विप्लव आनन्दको अध्यक्षतामा भएको मिट एण्ड ग्रिट कार्यक्रमको सञ्चालन यस बर्षका महासचिव पंकजकुमार देवले गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?