दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।
नेपालमा पूर्वानुमानमा आधारित पूर्व कार्यको सुदृढीकरण परियोजना अन्तरगत राजविराजमा “पूर्व सूचना प्रणाली सम्बन्धी “टेबल टप सिमुलेशन” कार्यक्रमको आयोजना गरी सरोकारबालासँग सुझावसहित सचेतना जगाउने प्रयास गरेको छ ।
आसमान नेपालले तिलाठी कोइलाडी गाउँपालिकाको समन्वय तथा कोकाकोला फाउण्डेशन र मेरसी क्रोप्सको सहयोगमा संचालन गरेको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, संचारकर्मी, रेडक्रसकर्मी, यूवा क्लबका पदाधिकारी, सुरक्षा निकाय र समाजका अगुवाहरुसँग सुझाव संकलन गरेको छ ।
कार्यक्रमका सहभागिहरुले वर्षातका बेला बाढीले दुःख दिने गरेको भन्दै यसको पूर्व तयारी र नियन्त्रणका लागि गरिनुपर्ने उपायबारे लिखित सुझाव बुझाएका छन् ।
उनीहरुले चुरे क्षेत्रको संरक्षण, नदीहरुका तटबन्धमा मजबुत तरीकाले गुणस्तरिय काम, बाढी पूर्वको सूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन, बाढीका क्रममा पीडितलाई सुरक्षित स्थानमा वासको व्यवस्था, खोज र उद्धार प्रकृया सम्बन्धी अभ्यासलाई निरन्तरता तथा सचेतनाका विभिन्न कार्यक्रमहरु चलाउनु पर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा सहजकर्ता बिराज पोखरेलले विपद्को सामना तथा बाढीबाट जोगिन र क्षति न्यूनिकरण गर्ने उद्देश्यले यस्तो कार्यक्रम संचालन गरिएको भन्दै यसमा सबै सरोकारवाला निकायको साथ र सहयोग आवश्यक रहेको बताए ।
तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष अरुण मण्डलको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा आसमान नेपालका कार्यक्रम संयोजक अशोक यादव, बिजय कुमार यादव, मधेश प्रदेशका गृहसंचार मन्त्रालयका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति अवनिश मिश्रा, सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादव, तिलाठी कोइलाडी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजु झा, विपद् व्यवस्थापन अधिकृत राजेश झा लगायतले पनि विपद्का बेला कसरी जोगिने र अरुलाई पनि कसरी जोगाउने भन्ने विषयमा आ–आफ्नो सुझाव राखेका थिए ।
बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
सारांश
- आसमान नेपालले तिलाठी कोइलाडी गाउँपालिकाको समन्वय तथा कोकाकोला फाउण्डेशन र मेरसी क्रोप्सको सहयोगमा संचालन गरेको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, संचारकर्मी, रेडक्रसकर्मी, यूवा क्लबका पदाधिकारी, सुरक्षा निकाय र समाजका अगुवाहरुसँग सुझाव संकलन गरेको छ ।
- कार्यक्रमका सहभागिहरुले वर्षातका बेला बाढीले दुःख दिने गरेको भन्दै यसको पूर्व तयारी र नियन्त्रणका लागि गरिनुपर्ने उपायबारे लिखित सुझाव बुझाएका छन् ।
- उनीहरुले चुरे क्षेत्रको संरक्षण, नदीहरुका तटबन्धमा मजबुत तरीकाले गुणस्तरिय काम, बाढी पूर्वको सूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन, बाढीका क्रममा पीडितलाई सुरक्षित स्थानमा वासको व्यवस्था, खोज र उद्धार प्रकृया सम्बन्धी अभ्यासलाई निरन्तरता तथा सचेतनाका विभिन्न कार्यक्रमहरु चलाउनु पर्ने सुझाव दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया