राजविराज÷स्व. साकेतचन्द्र मिश्रको स्मृती एवं सम्मानमा सप्तरीको तिलाठीमा शनिबारदेखी १३ औं अन्तराष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता सुरु भएको छ ।
तिलाठी कोइलाडी गाउँपालिका १ स्थित विद्यालय खेल मैदानमा सुरु भएको प्रतियोगिताको एक समारोहबीच स्व. मिश्रकी आमा चपलादेवीले उद्घाटन गरेकी छिन् ।
उद्घाटन खेलमा विभिन्न तौल समूहमा पुरुषतर्फ र महिलातर्फ भएको एक÷एक खेलमा पुरुषतर्फ नेपाली पहलमानले जितेका छन् भने महिलातर्फ भारतीय पहलमान बिजयी भएका छन् । पुरुषतर्फ नेपालका राहुल थापा (नवलपरासी) ले भारत (झारखण्ड राज्य) का हलचल सिंहलाई पराजित गरे । महिलातर्फ भारत (हरियाणा) की कंचनले भारतकै .(बिहार) की पुनमलाई पाखा लगाइन् ।
सरस्वती पूजा, मेला तथा प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष अजितकुमार मिश्र पप्पुले परमपरागत रुपमा हुँदै आएको कुस्ती खेलप्रति अहिले पनि जनमानसमा निकै लोकप्रियता रहेको भन्दै यस खेलका माध्यमले आफ्नो गाउँठाउँलाई चिनाउनुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राउन समेत मद्दत मिल्ने विश्वास ब्यक्त गरे ।
अध्यक्ष मिश्राको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, वडा अध्यक्ष दिनेश्वर मिश्र, स्वं. मिश्रका भाई शैलेशचन्द्र मिश्र, राकेश मिश्र, मिन्टु मिश्र, नरेशचन्द्र मिश्र, पत्रकार महासंघका सभापति श्रवण देव लगायतको उपस्थिति रहेको थियो ।
सरस्वती पुजनोत्सव तथा बसन्त पञ्चमी मेलाको अवसर पारेर विगत १३ वर्षदेखी तिलाठीमा नियमित सरस्वती पूजा तथा मेला समितिद्वारा अन्तराष्ट्रिय स्तरको कुस्ती प्रतियोगिताको आयोजना गरिदै आएको छ ।
पञ्चायती ब्यवस्था तथा राजतन्त्र बिरुद्धको आन्दोलनमा २०४२ सालमा ज्यान गुमाएका तिलाठी निवासी स्व. मिश्रको स्मृती एवं सम्मानमा आयोजित प्रतियोगितामा नेपाल तथा छिमेकी राष्ट्र भारतका १८ महिला र ४२ पुरुष खेलाडी सहभागि छन् । प्रतियोगिता चार दिनसम्म चल्ने आयोजक समितिले जनाएको छ ।
तिलाठीमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता सुरु
सारांश
- सरस्वती पूजा, मेला तथा प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष अजितकुमार मिश्र पप्पुले परमपरागत रुपमा हुँदै आएको कुस्ती खेलप्रति अहिले पनि जनमानसमा निकै लोकप्रियता रहेको भन्दै यस खेलका माध्यमले आफ्नो गाउँठाउँलाई चिनाउनुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राउन समेत मद्दत मिल्ने विश्वास ब्यक्त गरे ।
- अध्यक्ष मिश्राको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, वडा अध्यक्ष दिनेश्वर मिश्र, स्वं.
- मिश्रका भाई शैलेशचन्द्र मिश्र, राकेश मिश्र, मिन्टु मिश्र, नरेशचन्द्र मिश्र, पत्रकार महासंघका सभापति श्रवण देव लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया