खडक नगरपालिकालाई बालश्रम मुक्त घोषणा

admin_dainik admin_dainik
|
बिहिबार, आषाढ ४, २०८३
|
|
२ पटक हेरिएको
Shares
खडक नगरपालिकालाई बालश्रम मुक्त घोषणा

सारांश

  • दैनिक समाचारदाता राजविराज, ३ असार ।
  •   सप्तरीको खडक नगरपालिकालाई बालश्रम मुक्त घोषणा गरिएको छ ।
  • योसँगै खडक नगरपालिका मधेश प्रदेशकै दोस्रो तथा सप्तरीको पहिलो पालिका बन्न सफल भएको छ ।
दैनिक समाचारदाता
राजविराज, ३ असार । 
सप्तरीको खडक नगरपालिकालाई बालश्रम मुक्त घोषणा गरिएको छ । योसँगै खडक नगरपालिका मधेश प्रदेशकै दोस्रो तथा सप्तरीको पहिलो पालिका बन्न सफल भएको छ ।
बालश्रम न्यूनीकरण तथा बालअधिकार संरक्षणका क्षेत्रमा गरिएको दीर्घकालीन प्रयासको उपलब्धिस्वरूप बुधबार आयोजित विशेष समारोहबीच नगरपालिकालाई बालश्रममुक्त घोषणा गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख जयप्रकाश चौधरी र उपप्रमुख रिता कुमारी चौधरीले संयुक्त रूपमा घोषणापत्र वाचन गर्दै नगरपालिकालाई बालश्रममुक्त पालिका घोषणा गरे ।
कार्यक्रममा बाल कल्याण अधिकारी अनिता कुमारी साहले बालश्रममुक्त नगरपालिका घोषणा सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै बालश्रम न्यूनीकरण अभियान सञ्चालन निर्देशिकाले तोकेका सबै सूचकहरू पूरा भएपछि नगरपालिकालाई बालश्रममुक्त घोषणा गरिएको जानकारी दिइन् ।
उनका अनुसार खडक नगरपालिका, सबल नेपाल तथा सेभ द चिल्ड्रेनको साझेदारीमा विगत केही वर्षदेखि बालश्रम न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक तथा संरक्षणमुखी कार्यक्रम सञ्चालन हुँदै आएका थिए । यस क्रममा पालिकास्तरीय विस्तृत घरधुरी सर्वेक्षण, बालश्रमको अवस्था पहिचान तथा अभिलेखीकरण, विद्यालय भर्ना तथा पुनःभर्ना अभियान, बालअधिकार तथा बाल संरक्षणसम्बन्धी सचेतना कार्यक्रम, अभिभावक अभिमुखीकरण, बाल क्लब तथा किशोर समूह परिचालन, वडा बालअधिकार समिति सक्रियता, जोखिमयुक्त बालश्रममा रहेका बालबालिकाको उद्धार तथा पुनस्र्थापना लगायतका कार्यक्रम सञ्चालन गरिएको थियो ।
घोषणा कार्यक्रममा वडा नं. १० का अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, वडा नं. ३ का अध्यक्ष देवनारायण चौधरी, वडा नं. ८ का अध्यक्ष बिन्दुलाल चौधरी, वडा नं. ७ का निमित्त वडा अध्यक्ष गुलाब खाँ, वडा सदस्य मोहनी चौधरी, महिला तथा बालबालिका शाखा प्रमुख सुशिला चौधरी, बाल कल्याण अधिकारी अनिता कुमारी साह, शिक्षा शाखा प्रमुख वीरेन्द्र दास, स्वास्थ्य शाखाका जीवनारायण चौधरी, सामाजिक विकास शाखाका जाकिर हुसेन, नगर बाल सञ्जालका अध्यक्ष शिवशंकर मण्डल, सबल नेपालका अध्यक्ष जुना गिरी, सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम संयोजक मकरबहादुर सार्की, सबल नेपालका फिल्ड अफिसर अशोक कुमार साह लगायत जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि तथा बालबालिकाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ