ऐतिहासिक शम्भुनाथ मेला सुरु

राजविराज राजविराज
|
मंगलबार, बैशाख २, २०८२
|
|
५५ पटक हेरिएको
Shares
ऐतिहासिक शम्भुनाथ मेला सुरु

सारांश

  •     मेलाको एक समारोहबीच वडा अध्यक्ष समेत रहेका “शम्भुनाथ मेला समिति २०८२” का संयोजक बिजय कुमार साहले पूजापाठ र मन्दिरमा भार (प्रसाद) चढाएर शुभारम्भ गरे ।
  •       मेला समितिमा नगरपालिकाका १२ वटै वडाका वडाअध्यक्ष मध्ये एक जना संयोजक र अन्य सदस्य छन् ।
  • पहिलो दिन तीन हजार भन्दा बढी श्रद्धालुले प्राङ्गणमा रहेको पोखरीमा पवित्र स्नान पश्चात् पूजापाठ गरेको मेला समितिका संयोजक साहले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १ बैशाख । 

    नयाँ वर्षको अवसरमा हरेक वर्ष बैशाख १ गतेदेखी लाग्ने शम्भुनाथ मेला यस पटक पनि लागेको छ । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित मन्दिर प्राङ्गणमा लाग्ने एक महिने ऐतिहासिक मेला सोमबार विधिवत रुपमा पूजापाठ गरि सुरु भएको हो । 
    मेलाको एक समारोहबीच वडा अध्यक्ष समेत रहेका “शम्भुनाथ मेला समिति २०८२” का संयोजक बिजय कुमार साहले पूजापाठ र मन्दिरमा भार (प्रसाद) चढाएर शुभारम्भ गरे । 
    मेला समितिमा नगरपालिकाका १२ वटै वडाका वडाअध्यक्ष मध्ये एक जना संयोजक र अन्य सदस्य छन् । पहिलो दिन तीन हजार भन्दा बढी श्रद्धालुले प्राङ्गणमा रहेको पोखरीमा पवित्र स्नान पश्चात् पूजापाठ गरेको मेला समितिका संयोजक साहले जानकारी दिए । 
    यो मेला भर्न स्वदेशी तथा सीमावर्ती भारतीय क्षेत्रका धर्मावलम्बीहरुको घुँइचो लाग्ने गरेको मूल पुजारी सूर्यनारायण झाको भनाई छ । रुपनी र कठौनाको बीचमा पूर्वपश्चिाम राजमार्गदेखी एक किलोमिटर दक्षिणमा अवस्थित यस मन्दिरमा रहेको शिवलिङ्ग करिब ८ फिट जती अग्लो र ३ फिट मोटो कालो पत्थडको छ । 
    यस मेलालाई धार्मिक महत्वका साथै नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने स्थलको रुपमा पनि लिने गरिएको छ । यस मेलामा विभिन्न प्रकृति र सम्प्रदायका सयौं साधुसन्तहरुको जमघट भई मन्दिर परिसरमा बसी बैशाख महिना भर साधनामा ब्यस्त रहने तथा रातभर भजन किर्तन हुने गरेको छ ।
    यस पटक यस मन्दिरमा पूजापाठ तथा एक महिने मेलामा ५ लाख भन्दा बढी भक्तजन आउने मेला समितिको अनुमान छ । तराई मधेश क्षेत्रमा यति लामो समयसम्म अटुट रुपमा मेला लाग्ने यस्ता धार्मिक स्थल कमै छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिख माग्नेलाई सजाय
६ इन्च बाँसको ठुटो रोपिएर आन्द्रा भुँडी  बाहिर निस्केको बालकको सफल शल्यक्रिया
६ इन्च बाँसको ठुटो रोपिएर आन्द्रा भुँडी  बाहिर निस्केको बालकको सफल शल्यक्रिया
एमाले र अध्यक्ष ओली बिरुद्ध मिटरब्याजी पीडितद्वारा प्रदर्शन
एमाले र अध्यक्ष ओली बिरुद्ध मिटरब्याजी पीडितद्वारा प्रदर्शन
दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
ज्वाईलाई छोरा बनाई नागरिकता लिन खोज्दा ससुराज्वाई पक्राउ
ज्वाईलाई छोरा बनाई नागरिकता लिन खोज्दा ससुराज्वाई पक्राउ
२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो
२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो
दिवा खाजा कार्यक्रममा  अनियमितता भएको आरोप
दिवा खाजा कार्यक्रममा  अनियमितता भएको आरोप
जसपासँग एकताकै लागि कार्यगत एकता ः अध्यक्ष महतो
जसपासँग एकताकै लागि कार्यगत एकता ः अध्यक्ष महतो
बोदे बसाईनमा न्युनत्तम ज्याला सम्बन्धि कार्यक्रम सम्पन्न
बोदे बसाईनमा न्युनत्तम ज्याला सम्बन्धि कार्यक्रम सम्पन्न
कृषी पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर कामकाज अगाडी बढेको छ ः मन्त्री लेखी
कृषी पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर कामकाज अगाडी बढेको छ ः मन्त्री लेखी