ऐतिहासिक शम्भुनाथ मेला सुरु

राजविराज राजविराज
|
मंगलबार, बैशाख २, २०८२
|
|
८२ पटक हेरिएको
Shares
ऐतिहासिक शम्भुनाथ मेला सुरु

सारांश

  •     मेलाको एक समारोहबीच वडा अध्यक्ष समेत रहेका “शम्भुनाथ मेला समिति २०८२” का संयोजक बिजय कुमार साहले पूजापाठ र मन्दिरमा भार (प्रसाद) चढाएर शुभारम्भ गरे ।
  •       मेला समितिमा नगरपालिकाका १२ वटै वडाका वडाअध्यक्ष मध्ये एक जना संयोजक र अन्य सदस्य छन् ।
  • पहिलो दिन तीन हजार भन्दा बढी श्रद्धालुले प्राङ्गणमा रहेको पोखरीमा पवित्र स्नान पश्चात् पूजापाठ गरेको मेला समितिका संयोजक साहले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १ बैशाख । 

    नयाँ वर्षको अवसरमा हरेक वर्ष बैशाख १ गतेदेखी लाग्ने शम्भुनाथ मेला यस पटक पनि लागेको छ । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित मन्दिर प्राङ्गणमा लाग्ने एक महिने ऐतिहासिक मेला सोमबार विधिवत रुपमा पूजापाठ गरि सुरु भएको हो । 
    मेलाको एक समारोहबीच वडा अध्यक्ष समेत रहेका “शम्भुनाथ मेला समिति २०८२” का संयोजक बिजय कुमार साहले पूजापाठ र मन्दिरमा भार (प्रसाद) चढाएर शुभारम्भ गरे । 
    मेला समितिमा नगरपालिकाका १२ वटै वडाका वडाअध्यक्ष मध्ये एक जना संयोजक र अन्य सदस्य छन् । पहिलो दिन तीन हजार भन्दा बढी श्रद्धालुले प्राङ्गणमा रहेको पोखरीमा पवित्र स्नान पश्चात् पूजापाठ गरेको मेला समितिका संयोजक साहले जानकारी दिए । 
    यो मेला भर्न स्वदेशी तथा सीमावर्ती भारतीय क्षेत्रका धर्मावलम्बीहरुको घुँइचो लाग्ने गरेको मूल पुजारी सूर्यनारायण झाको भनाई छ । रुपनी र कठौनाको बीचमा पूर्वपश्चिाम राजमार्गदेखी एक किलोमिटर दक्षिणमा अवस्थित यस मन्दिरमा रहेको शिवलिङ्ग करिब ८ फिट जती अग्लो र ३ फिट मोटो कालो पत्थडको छ । 
    यस मेलालाई धार्मिक महत्वका साथै नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने स्थलको रुपमा पनि लिने गरिएको छ । यस मेलामा विभिन्न प्रकृति र सम्प्रदायका सयौं साधुसन्तहरुको जमघट भई मन्दिर परिसरमा बसी बैशाख महिना भर साधनामा ब्यस्त रहने तथा रातभर भजन किर्तन हुने गरेको छ ।
    यस पटक यस मन्दिरमा पूजापाठ तथा एक महिने मेलामा ५ लाख भन्दा बढी भक्तजन आउने मेला समितिको अनुमान छ । तराई मधेश क्षेत्रमा यति लामो समयसम्म अटुट रुपमा मेला लाग्ने यस्ता धार्मिक स्थल कमै छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसरी भएपनि सत्तामा पुग्न र सत्ता टिकाउनका लागी वर्तमान गठबन्धन ः राप्रपा अध्यक्ष लिङदेन
जसरी भएपनि सत्तामा पुग्न र सत्ता टिकाउनका लागी वर्तमान गठबन्धन ः राप्रपा अध्यक्ष लिङदेन
सशस्त्र प्रहरीद्वारा अवैध औषधी बरामद
सशस्त्र प्रहरीद्वारा अवैध औषधी बरामद
कृषि उपकरण चोरी गर्ने तीन पक्राउ
कृषि उपकरण चोरी गर्ने तीन पक्राउ
बभनगामाका अग्निपीडितलाई  क्लबले राहत वितरण ग¥यो
बभनगामाका अग्निपीडितलाई  क्लबले राहत वितरण ग¥यो
सुनाईमा समस्या र यसको समाधान 
असक्त र विपन्न समुदायका बालबालिकालाई न्यानो कपडासँगै शैक्षिक सामाग्रि
असक्त र विपन्न समुदायका बालबालिकालाई न्यानो कपडासँगै शैक्षिक सामाग्रि
जनप्रतिनिधिद्वारा जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन
जनप्रतिनिधिद्वारा जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन
अरुसँग कुरा गरेको शंकाकै भरमा  पतिले पत्नीलाई निर्घात कुटे
अरुसँग कुरा गरेको शंकाकै भरमा  पतिले पत्नीलाई निर्घात कुटे
जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
विद्यालयसम्म ल्याउनका लागि गरिब विपन्न विद्यार्थीलाई कपी डटपेन सहयोग
विद्यालयसम्म ल्याउनका लागि गरिब विपन्न विद्यार्थीलाई कपी डटपेन सहयोग