बभनगामाका अग्निपीडितलाई  क्लबले राहत वितरण ग¥यो

राजविराज राजविराज
|
आइतबार, पौष १, २०७५
|
|
१३८ पटक हेरिएको
Shares
बभनगामाका अग्निपीडितलाई  क्लबले राहत वितरण ग¥यो

सारांश

  •     राहत वितरण कार्यक्रममा तिलाठी कोईलाडी गाउपालिकाको अध्यक्ष सतिष सिंह, उपाध्यक्ष सुचिता यादव, वडा नं.
  • ७ को अध्यक्ष गुलाव सिंह, वडा नं.
  • ६ को अध्यक्ष गोबिन्द यादव, प्रहरी चौकी कोईलाडी बर्साईनका प्रहरी सहायक निरीक्षक ईन्द्र बहादुर मगर, पत्रकारद्वय अवधेश कुमार झा, बैजनाथ यादव लगायतका स्थानीयहरु उपस्थिती रहेको थियो ।

    राजविराज÷सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ बभनगामामा शुक्रबार साँझ लागेको आगोले पीडित बनेकाहरुलाई शनिबार धर्मी हल्फा महिला विकास क्लबले राहत वितरण गरेको छ । 
    आगलागिबाट सबै घरहरु र सम्पति जलेर नष्ट भई पीडित बनेकाहरुलाई केही राहत दिएर घाउँमा मल्हम लगाउने उद्देश्यले राहत बितरण गरेको क्लबका अध्यक्ष ई. सूर्यनारायण यादवले जानकारी दिए । 
    आगलागि भएकै स्थानमा अग्निपीडितहरु बिन्देश्वर साफी, प्रसाद साफी, सिकीलाल रजक र फुलिया रजकलाई राहतस्वरूप त्रिपाल, झुल, बेडसिट, धोती, साडी, थाल, ग्लास, कराहि, डेक्चि, पन्यु, कम्बल र खाद्यान्नलगायतका राहत सामाग्रीहरु वितरण गरिएको छ । 
    राहत वितरण कार्यक्रममा तिलाठी कोईलाडी गाउपालिकाको अध्यक्ष सतिष सिंह, उपाध्यक्ष सुचिता यादव, वडा नं. ७ को अध्यक्ष गुलाव सिंह, वडा नं. ६ को अध्यक्ष गोबिन्द यादव, प्रहरी चौकी कोईलाडी बर्साईनका प्रहरी सहायक निरीक्षक ईन्द्र बहादुर मगर, पत्रकारद्वय अवधेश कुमार झा, बैजनाथ यादव लगायतका स्थानीयहरु उपस्थिती रहेको थियो । 
    सो आगलागिबाट १० घर जलेर नष्ट हुनुका साथै ४० लाख बराबरको धनमालको क्षति भएको छ । आगोमा १ थान बाख्री मर्नुका साथै १ थान गाईको बच्छा घाइते भएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
लोपोन्मुख माछा कोशीमा भेटियो    
लोपोन्मुख माछा कोशीमा भेटियो    
संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग  समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग  समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
विज्ञापनप्रति असन्तुष्टी जनाउँदै  आयोगका अध्यक्ष मैनालीको पुत्ला दहन 
विज्ञापनप्रति असन्तुष्टी जनाउँदै  आयोगका अध्यक्ष मैनालीको पुत्ला दहन 
एमसीसी विरुद्ध वाइसिएलको प्रदर्शन
एमसीसी विरुद्ध वाइसिएलको प्रदर्शन
आँखा उपचार केन्द्रमा दैनिक ४० मोतियाबिन्दुका बिरामीको शल्यक्रिया
आँखा उपचार केन्द्रमा दैनिक ४० मोतियाबिन्दुका बिरामीको शल्यक्रिया
गैरसंवैधानिक नियमावली खारेजको  माग गर्दै कानुन व्यवसायीद्वारा धर्ना
गैरसंवैधानिक नियमावली खारेजको  माग गर्दै कानुन व्यवसायीद्वारा धर्ना
नयाँ एसपीको पहिलो प्राथमिकता शान्ति सुरक्षा र दोश्रो चोरी तस्करी नियन्त्रण
नयाँ एसपीको पहिलो प्राथमिकता शान्ति सुरक्षा र दोश्रो चोरी तस्करी नियन्त्रण
सहिद दशरथ ठाकुर स्मृति प्रतिष्ठानद्वारा २५ जना विपन्न महिलालाई साडी वितरण
सहिद दशरथ ठाकुर स्मृति प्रतिष्ठानद्वारा २५ जना विपन्न महिलालाई साडी वितरण
रेकर्डमा उल्लेख भएको विद्यार्थी संख्या मध्ये २० प्रतिशत मात्र उपस्थिति 
रेकर्डमा उल्लेख भएको विद्यार्थी संख्या मध्ये २० प्रतिशत मात्र उपस्थिति