विज्ञापनप्रति असन्तुष्टी जनाउँदै  आयोगका अध्यक्ष मैनालीको पुत्ला दहन 

राजविराज राजविराज
|
आइतबार, आषाढ १, २०७६
|
|
२२ पटक हेरिएको
Shares
विज्ञापनप्रति असन्तुष्टी जनाउँदै  आयोगका अध्यक्ष मैनालीको पुत्ला दहन 

सारांश

  •     सो अवसरमा नेबि संघका जिल्ला अध्यक्ष घनानन्द यादबले संविधानमा ग्यारेन्टी गरी निजामति ऐन मार्फत विगत केही वर्षदेखि लागु हुँदै आएकोमा संघीयता र समावेशीतालाई समाप्त पार्ने षड्यन्त्र स्वरुप लोकसेवा आयोगद्वारा गरिएको नयाँ मापदण्ड अनुसारको नयाँ विज्ञापन र विज्ञापनको पद्धतीले मुलुकलाई पश्चगमन तर्फ धकेल्न खोजेको आरोप लगाए ।
  •     तयस्तै राष्ट्रिय बिद्याथी संघका जिल्ला अध्यक्ष शम्भु यादबले राज्यको हरेक निकायमा सरकारी सेवामा प्रवेश गर्ने मौलिक हकमा कुठाराघात भएको भन्दै लोक सेवालाई व्यवस्थामार्फत प्रदेश सरकारको अधिकारलाई समेत कुण्ठित र हनन् गरेको आरोप लगाए ।
  •     यसैगरी नेकपा युवा नेता बिनोद यादबले आरक्षरण सम्बन्धि प्रतिशत निर्धारण नयाँ संघीय निजामति ऐन नआए सम्मको लागि ४५५ लाई शतप्रतिशत मानी ३३ ५ महिला, २८५ आदिवासी जनजाती, २२ ५ मधेशी, ९५ दलित हुने व्यवस्था रहेको तर, कर्मचारी समायोजन ऐन अनुसार प्रत्येक स्थानीय तहको छुटाछुटै रुपमा हिसाब गरी निकालिएको विज्ञापनबाट समावेशी कर्मचारी भर्ना प्रकिृयालाई तहसनहस गरेको भन्दै सो विज्ञापन फिर्ता लिन माँग गरे ।

    राजबिराज÷लोकसेवा आयोग बिज्ञापनप्रति आपत्ति जनाउदै शनिबार राजविराजमा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको पुत्ला दहन गरिएको छ ।
    सप्तरीका विभिन्न बिद्याथी संघसंगठनहरूले राजबिराजस्थित जनआन्दोलन चौकमा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना सम्बन्धमा सार्वजनिक गरेको विज्ञापनप्रति आपति जनाउदै अध्यक्ष मैनालीको बिरोध गर्दै पुत्ला दहन गरेको हो । 
    पुत्ला दहन पश्चात् आयोजित कोण सभामा बोल्दै राष्ट्रिय बिद्याथी संघका केन्द्रीय अध्यक्ष किशोरकुमार यादबले लोक सेवा आयोगले संघीयता र समावेशीतालाई समाप्त पार्ने काम अध्यक्ष मैनाली गरेको भन्दै समावेशीतालाई बेवास्ता गर्दै बिज्ञापन प्रकाशित गरेकोले उनको पु्तला दहन गरेको बताए । समानुपातिक समावेशीताको आधारमा निजामति सेवामा आरक्षणको व्यवस्थामार्फत प्रवेश पाउने अधिकारलाई समेत आयोगले कुण्ठित पारेको अध्यक्ष यादबले आरोप लगाए ।
    सो अवसरमा नेबि संघका जिल्ला अध्यक्ष घनानन्द यादबले संविधानमा ग्यारेन्टी गरी निजामति ऐन मार्फत विगत केही वर्षदेखि लागु हुँदै आएकोमा संघीयता र समावेशीतालाई समाप्त पार्ने षड्यन्त्र स्वरुप लोकसेवा आयोगद्वारा गरिएको नयाँ मापदण्ड अनुसारको नयाँ विज्ञापन र विज्ञापनको पद्धतीले मुलुकलाई पश्चगमन तर्फ धकेल्न खोजेको आरोप लगाए ।
    तयस्तै राष्ट्रिय बिद्याथी संघका जिल्ला अध्यक्ष शम्भु यादबले राज्यको हरेक निकायमा सरकारी सेवामा प्रवेश गर्ने मौलिक हकमा कुठाराघात भएको भन्दै लोक सेवालाई व्यवस्थामार्फत प्रदेश सरकारको अधिकारलाई समेत कुण्ठित र हनन् गरेको आरोप लगाए ।
    यसैगरी नेकपा युवा नेता बिनोद यादबले आरक्षरण सम्बन्धि प्रतिशत निर्धारण नयाँ संघीय निजामति ऐन नआए सम्मको लागि ४५५ लाई शतप्रतिशत मानी ३३ ५ महिला, २८५ आदिवासी जनजाती, २२ ५ मधेशी, ९५ दलित हुने व्यवस्था रहेको तर, कर्मचारी समायोजन ऐन अनुसार प्रत्येक स्थानीय तहको छुटाछुटै रुपमा हिसाब गरी निकालिएको विज्ञापनबाट समावेशी कर्मचारी भर्ना प्रकिृयालाई तहसनहस गरेको भन्दै सो विज्ञापन फिर्ता लिन माँग गरे ।
    कोण सभामा पूर्व स्ववियु सभापति रामचन्द्र यादब, संघिय बिद्यार्थी फोरमका पूर्व जिल्ला अध्यक्ष तारकेश्वर यादब, राजपा युवा नेता रामकुमार यादबलगायतले लोकसेवा आयोगले गरेको बिज्ञापन तरून्त सच्चाएर पुनः प्रकाशित नगरेमा कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानव बेचबिखन मुद्दामा कैद सजाय पाएर फरार  प्रतिबादी पक्राउ 
मानव बेचबिखन मुद्दामा कैद सजाय पाएर फरार  प्रतिबादी पक्राउ 
खाना पक्राउने क्रममा आगोमा जलेर महिला घाइते
खाना पक्राउने क्रममा आगोमा जलेर महिला घाइते
पत्रकारहरुको पेशागत सुरक्षाका लागी प्रदेश  सरकार लागिपरेको छ ः मुख्यमन्त्री सिंह
पत्रकारहरुको पेशागत सुरक्षाका लागी प्रदेश  सरकार लागिपरेको छ ः मुख्यमन्त्री सिंह
घोडाबाट गाजा तस्करी गर्न खोज्दा प्रहरीद्वारा हवाई फायर
घोडाबाट गाजा तस्करी गर्न खोज्दा प्रहरीद्वारा हवाई फायर
एक बालकसहित तीनको मृत्यु
नेपाल शिक्षक संघ मधेश प्रदेशको दोश्रो अधिवेशन शुरु
नेपाल शिक्षक संघ मधेश प्रदेशको दोश्रो अधिवेशन शुरु
ओली नेतृत्वको सरकारसँग सहकार्य नगर्न जसपालाई मातृका यादवको आग्रह
ओली नेतृत्वको सरकारसँग सहकार्य नगर्न जसपालाई मातृका यादवको आग्रह
घरमै अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिइयो
घरमै अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिइयो
दुई देशको नागरिकता लिएको प्रकरणमा, उपप्रमुख मिरा यादवलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति
दुई देशको नागरिकता लिएको प्रकरणमा, उपप्रमुख मिरा यादवलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति
जनतमका केन्द्रिय सदस्य शर्मा मिटरब्याजीको आरोपमा पक्राउ
जनतमका केन्द्रिय सदस्य शर्मा मिटरब्याजीको आरोपमा पक्राउ