दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
सप्तरीको खडक नगरपालिका ८ भदियास्थित बिसनपुर बोदेबर्साईन सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिदा साइकल यात्रीको मृत्यु भएको छ । सो दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
मृतयु हुनेमा स्थानिय खेस्राहा निवासी ५५ वर्षिय साइकल यात्री मो. ईब्राहिम मियाँ रहेका छन् । बोदेबरसाईनबाट बिसनपुरतर्फ आउदै गरेको स.१०प.३५२४ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ आउदै गरेको साईकललाई पछाडीबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा मोटरसाइकल चालक वडा नं. ७ कल्याणपुर निवासी १९ वर्षिय अफ्रोज मियाँ र मोटरसाइकल पछाडी सवार स्थानिय २० वर्षिय मो. सनाबुल घाइते भएका छन् ।
घाइते दुबै जनाको युनिक अस्पताल रुपनी सप्तरीमा उपचार भईरहेको छ भने सामान्य उपचार पश्चात थप उपचारको लागी बिराटनगरतर्फ लादै गर्दा साईकल यात्री मो. ईब्राहिम मियाँको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु, दुई जना घाइते
सारांश
- मृतयु हुनेमा स्थानिय खेस्राहा निवासी ५५ वर्षिय साइकल यात्री मो.
- ईब्राहिम मियाँ रहेका छन् ।
- बोदेबरसाईनबाट बिसनपुरतर्फ आउदै गरेको स.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया