फोटो पत्रकार महासंघद्वारा कारवाहीको माँग

राजविराज राजविराज
|
शनिबार, श्रावण २४, २०७७
|
|
६१ पटक हेरिएको
Shares
फोटो पत्रकार महासंघद्वारा कारवाहीको माँग

सारांश

  • संघका सचिव विद्यानन्द रामद्वारा शनिबार जारि विज्ञप्तिमा उनको यस्ता अभद्र, निकृष्ट र गैर जिम्मेवार अभिव्यक्तिको घोर निन्दा र भत्र्सना गर्दै सो आइसोलेशनमा सुरक्षा र निगरानीका लागि जडान गरिएको सिसी क्यामरा मध्ये ३ वटा क्यामरा केही संक्रमितले फुटाई दिएको कुरा स्वयं आइसोलेसन व्यवस्थापन पक्षबाट जानकारी गराइएको विज्ञप्तिमार्फत सबैलाई स्पष्ट पारिएको छ ।
  •   विज्ञिप्तमा यसै जानकारीका आधारमा राजविराज दैनिक पत्रिकाको अनलाइन संस्करणले मात्र होइन यहाँका अन्य स्थानीय तथा राष्ट्रिय दैनिक पत्रपत्रिका र टिभिले समेत समाचार प्रकाशित÷प्रशारण गरेको व्यहोरा अवगत गराइएको छ ।
  • यसरी तोडफोड गरिएका उक्त सिसी क्यामरा मर्मतका लागि झिकाई नयाँ जडान गरि सकिएको आइसोलेसन व्यवस्थापन पक्षले जानकारी गराएको सोही विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २४ साउन । 
नेपाल फोटो पत्रकार महासंघ सप्तरी शाखाले विभिन्न पत्रपत्रिकामा आएको समाचारलाई लक्षित गरि राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसन कक्षमा उपचारका क्रममा भर्ना रहेका राजविराज नगरपालिका वडा नं. ३ निवासी मो. मुस्तकिमले सामाजिक संजालमार्फत विभिन्न संचारमाध्यम तथा सप्तरीका संचारकर्मीहरुप्रति गरेको अभद्र र अत्यन्तै निकृष्ट शैलीको टिप्पणीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 
संघका सचिव विद्यानन्द रामद्वारा शनिबार जारि विज्ञप्तिमा उनको यस्ता अभद्र, निकृष्ट र गैर जिम्मेवार अभिव्यक्तिको घोर निन्दा र भत्र्सना गर्दै सो आइसोलेशनमा सुरक्षा र निगरानीका लागि जडान गरिएको सिसी क्यामरा मध्ये ३ वटा क्यामरा केही संक्रमितले फुटाई दिएको कुरा स्वयं आइसोलेसन व्यवस्थापन पक्षबाट जानकारी गराइएको विज्ञप्तिमार्फत सबैलाई स्पष्ट पारिएको छ । 
विज्ञिप्तमा यसै जानकारीका आधारमा राजविराज दैनिक पत्रिकाको अनलाइन संस्करणले मात्र होइन यहाँका अन्य स्थानीय तथा राष्ट्रिय दैनिक पत्रपत्रिका र टिभिले समेत समाचार प्रकाशित÷प्रशारण गरेको व्यहोरा अवगत गराइएको छ । यसरी तोडफोड गरिएका उक्त सिसी क्यामरा मर्मतका लागि झिकाई नयाँ जडान गरि सकिएको आइसोलेसन व्यवस्थापन पक्षले जानकारी गराएको सोही विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ । यसरी नयाँ जडान गरिएका सिसी क्यामराको फोटो खिचेर सामाजिक सञ्जालमा राखेर आफुहरुले न फोडेको भन्नु सर्वसाधारणलाई भ्रममा पार्नुका साथै अत्यन्तै तल्लोस्तरमा उत्रेर संचारकर्मीहरुलाई बदनाम गर्न खोजिएको महासंघले ठहर गरेको छ । 
यति मात्र होइन् । राजविराजबाट संचालित अन्य अनलाइनमा समेत अस्पताल प्रशासनले दिएको जानकारी अनुसार नै आइसोलेशनमा खटिएका महिला स्वास्थ्यकर्मीहरुमाथी समेत केही संक्रमितले अभद्र व्यवहार तथा अश्लिल शब्दहरु प्रयोग गरि लखेटेको विषयमा समाचार सम्प्रेशन गरिएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
स्वयम व्यवस्थापन पक्ष तथा पीडितहरुले पीडा सुनाएको आधारमा समाचार सम्प्रेशन गरिएको सबैमा जानकारी गराउँदै विज्ञप्तिमा यसरी केही उच्छृखल संक्रमित व्यक्तिद्वारा निरन्तर भइरहेको अराजकता पुर्ण क्रियाकलाप रोक्न तथा संचारकर्मीहरुप्रति निकृष्ट शैलीमा र अत्यन्त आपत्तिजनक शब्दको प्रयोग गर्नेहरु माथि कडा कारवाही गर्न सम्बद्ध निकायसँग जोडदार माग समेत गरिएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेविसंघको स्थापना दिवसमा बिरामीलाई फलफुल 
नेविसंघको स्थापना दिवसमा बिरामीलाई फलफुल 
विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायणद्वारा राजिनामा
प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायणद्वारा राजिनामा
दलित तथा अल्पसंख्यक विपन्न वर्गको उत्थान तथा रोजगारीको ग्यारेन्टी माग गर्दै प्रदर्शन
दलित तथा अल्पसंख्यक विपन्न वर्गको उत्थान तथा रोजगारीको ग्यारेन्टी माग गर्दै प्रदर्शन
जनमतले आफ्ना प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कनका लागि गरायो मतदान
जनमतले आफ्ना प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कनका लागि गरायो मतदान
संविधान दिवसमा मल्टीपर्पसद्वारा  विरामीलाई फलफुल वितरण
ideal
ideal
मालपोत प्रमुखमा केशव झालाई जिम्मेवारी दिइयो
मालपोत प्रमुखमा केशव झालाई जिम्मेवारी दिइयो
आगलागिमा नगदसहित लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट
आगलागिमा नगदसहित लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट
बाढीमा फसेकाहरुको उद्दार
बाढीमा फसेकाहरुको उद्दार

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?