दैनिक समाचारदाता
राजविराज, ५ पुस ।
भुमिसुधार तथा मालपोत कार्यालय राजविराजमा एक हप्ता अघि अधिकृतको रुपमा सरुवा भई आएका केशव कुमार झालाई बिहीबारदेखी कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बिहीबार उनको नाउँमा कार्यालय प्रमुख तोकिएको भन्दै पत्र पठाएको छ ।
“अर्को व्यवस्था नभएसम्मको लागि मालपोत कार्यालय राजविराज सप्तरीको कार्यालय प्रमुखको हैसियतले दैनिक, प्रशासनिक तथा आर्थिक लगायत सम्पूर्ण अधिकार प्रयोग गर्नेगरी कामकाज गर्न कार्यालय प्रमुखको जिम्मेवारी व्यहोरा मिति २०८०÷०९÷०५ (सचिवस्तर) को निर्णयानुसार अनुरोध छ” पत्रकार उल्लेख गरिएको छ ।
प्रमुखको जिम्मेवारी पाएपछि उनले विगतदेखी कार्यालयमा देखिएका विभिन्न खाले समस्यालाई समाधान गर्नेतर्फ पहल थाल्ने प्रतिबद्धता जनाए ।
यसअघिका कार्यालय प्रमुख शिवशरण पण्डितको गत कार्तिक १५ गते नै जिल्ला प्रशासन कार्यालय रौतहटमा पदस्थापन भइसकेको छ । तर, उनले रमाना नलिई झण्डै डेढ महिना भन्दा बढी समयदेखी मालपोत कार्यालय राजविराजको प्रमुख भएरै कामकाज गरिरहेका थिए ।
मालपोत प्रमुखमा केशव झालाई जिम्मेवारी दिइयो
सारांश
- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बिहीबार उनको नाउँमा कार्यालय प्रमुख तोकिएको भन्दै पत्र पठाएको छ ।
- “अर्को व्यवस्था नभएसम्मको लागि मालपोत कार्यालय राजविराज सप्तरीको कार्यालय प्रमुखको हैसियतले दैनिक, प्रशासनिक तथा आर्थिक लगायत सम्पूर्ण अधिकार प्रयोग गर्नेगरी कामकाज गर्न कार्यालय प्रमुखको जिम्मेवारी व्यहोरा मिति २०८०÷०९÷०५ (सचिवस्तर) को निर्णयानुसार अनुरोध छ” पत्रकार उल्लेख गरिएको छ ।
- प्रमुखको जिम्मेवारी पाएपछि उनले विगतदेखी कार्यालयमा देखिएका विभिन्न खाले समस्यालाई समाधान गर्नेतर्फ पहल थाल्ने प्रतिबद्धता जनाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया