दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
अवैध रुपमा भारततर्फ चोरी निकासी गरि लैजादै गरेको १ हजार ४ सय बोतल मदिरा प्रहरीले बरामद गरेको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ स्थित तरही भन्ने स्थानमा आइतबार राती १२ बजेतिर केही तस्करले चोर बाटो हुँदै भारततर्फ लैजादै गरेको उक्त मदिरा प्रहरीले. बरामद गरेको हो ।
मदिरा तस्करी गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पातोबाट खटेको प्रहरी टोलीले १६ वटा बोरामा प्याक गरि लैजादै गरेको ४८ कार्टुन गौरब र कस्तुरी नामक मदिरा बरामद गरेको हो ।
भारतको बिहार राज्यमा प्रतिबन्धित उक्त मदिरा जफत गरि सोमबार बेल्हीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बताए ।
प्रहरीलाई देखेपछि तस्करहरु भने फरार भएको र खोजिकार्य भइरहेको प्रहरीको भनाई छ ।
तस्करी गरि भारततर्फ लैजादै गरेको १ हजार ४ सय बोतल मदिरा बरामद
सारांश
- सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ स्थित तरही भन्ने स्थानमा आइतबार राती १२ बजेतिर केही तस्करले चोर बाटो हुँदै भारततर्फ लैजादै गरेको उक्त मदिरा प्रहरीले.
- बरामद गरेको हो ।
- मदिरा तस्करी गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पातोबाट खटेको प्रहरी टोलीले १६ वटा बोरामा प्याक गरि लैजादै गरेको ४८ कार्टुन गौरब र कस्तुरी नामक मदिरा बरामद गरेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया