प्रहरी समायोजन नगरेको भन्दै संघीय सरकारविरुद्ध मधेश सरकार धर्नामा 

राजविराज राजविराज
|
आइतबार, श्रावण २९, २०७९
|
|
२२ पटक हेरिएको
Shares
प्रहरी समायोजन नगरेको भन्दै संघीय सरकारविरुद्ध मधेश सरकार धर्नामा 

सारांश

  •     मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको नेतृत्व प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभा सदस्य सहितले प्रदेश प्रमुखको निवासमा धर्ना दिएका हुन ।
  •       संविधानले प्रदेशको शान्ति सुरक्षा  एवं प्रहरी व्यवस्थापनको जिम्मा प्रदेश सरकारको अधिकार भित्र रहेको सुनिश्चित गरेपनि संघ सरकारले प्रहरी समायोजन गरि प्रदेश सरकारलाई हस्तान्तरण गर्न आनाकानी गरिरहेको भन्दै प्रदेश सरकारले चरणबद्ध आन्दोलन शुरु गरेको हो ।
  •     मुख्यमन्त्री राउतले संविधान प्रदत अधिकार हस्तान्तरणमा संघीय सरकारको मनपरि विरुद्ध आन्दोलनमा उत्रिनु परेको बताए ।

दैनिक समाचारदाता
जनकपुरधाम, २९ साउन । 

    मधेश प्रदेश सरकारले प्रहरी समायोजन नगरेको भन्दै  संघीय सरकार विरुद्ध आइतबार धर्ना दिएको छ । 
    मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको नेतृत्व प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभा सदस्य सहितले प्रदेश प्रमुखको निवासमा धर्ना दिएका हुन । 
    संविधानले प्रदेशको शान्ति सुरक्षा  एवं प्रहरी व्यवस्थापनको जिम्मा प्रदेश सरकारको अधिकार भित्र रहेको सुनिश्चित गरेपनि संघ सरकारले प्रहरी समायोजन गरि प्रदेश सरकारलाई हस्तान्तरण गर्न आनाकानी गरिरहेको भन्दै प्रदेश सरकारले चरणबद्ध आन्दोलन शुरु गरेको हो ।
    मुख्यमन्त्री राउतले संविधान प्रदत अधिकार हस्तान्तरणमा संघीय सरकारको मनपरि विरुद्ध आन्दोलनमा उत्रिनु परेको बताए । उनले २०७६ माघ २८ गते राष्ट्रपतिबाट प्रमाणीकरण भईसकेको प्रहरी समायोजन ऐन कार्यान्वयन ढिलाई हुनुले थुप्रै आशंकाहरु जन्मिनु स्वभाविक रहेको जिकिर गरे । 
    प्रहरी समायोजनका लागी प्रधानमन्त्रीदेखी सबै दलका शीर्ष नेताहरुलाई ध्यानकर्षण गराएपनि कार्यान्वयनमा आनाकानी भइ रहेको हुँदा बाध्यभएर आन्दोनलमा उत्रिनु परेको उनको भनाई छ । 
    पहिलो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत आइतबारदेखी शुरु भएको धर्ना प्रदर्शन एक साता सम्म दिनहु विहान ११ बजे देखी १ बजे सम्म हुने प्रदेश सरकारका गृह तथा संचारमन्त्री भरत प्रसाद साहले जानकारी दिए ।
    भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव, गृह तथा संचारमन्त्री भरत प्रसाद साह, खानेपानि तथा उर्जामन्त्री ओमप्रकास शर्मा, कानून मन्त्री प्रमोद यादव, गृह तथा संचार राज्यमन्त्री रुबी कर्ण, जसपा प्रमुख सचेतक शैलेन्द्र यादव, प्रदेश सभा सदस्य चमेली देवी दास, किरण राय यादव, प्रमिला दास, सरस्वती चौधरी सहित धर्नामा बसेका छन ।
    यसैबीच प्रहरी समायोजनको माग गर्दै मधेश सरकारले सुरु गरेको आन्दोलनलाई मधेश प्रदेशको प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले औचित्यहीन बताएको छ ।
    लोसपाका संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष जितेन्द्र सोनलले प्रहरी समायोजन कार्यान्वयनको जिम्मा बोकेका नेपाल सरकारलाई जनकपुरधाममा धर्ना बसेर दबाव दिन नसकिने बताए । उनले आन्दोलन गरेर केहि नहुने र समायोजन रोकेका नेपाल सरकारलाई दबाव दिन काठमाडौं केन्द्रीत आन्दोलन गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उद्योग बाणिज्य संघ सप्तरीमा  अग्रवाल समूहको वर्चश्व 
उद्योग बाणिज्य संघ सप्तरीमा  अग्रवाल समूहको वर्चश्व 
कृषि विज्ञानको पढाईमा छात्राहरुको पनि रुची बढ्दै 
कृषि विज्ञानको पढाईमा छात्राहरुको पनि रुची बढ्दै 
अस्पताललाई लाखौं मुल्य बराबरको प्रजनन् स्वास्थ्य सामग्री प्रदान
अस्पताललाई लाखौं मुल्य बराबरको प्रजनन् स्वास्थ्य सामग्री प्रदान
वर्षाका कारण प्रदेशस्तरीय टि–ट्वान्टी  कप क्रिकेट प्रतियोगिता रोकियो
वर्षाका कारण प्रदेशस्तरीय टि–ट्वान्टी  कप क्रिकेट प्रतियोगिता रोकियो
डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
समाचारको प्रभाव, नाला निर्माणका क्रममा प्रयोग गरिएको तीन नम्बर इटा हटाइयो 
समाचारको प्रभाव, नाला निर्माणका क्रममा प्रयोग गरिएको तीन नम्बर इटा हटाइयो 
बाढी प्रभावित बनरझुलामा ६ सय ४७ पशु चौपायाको प्राथमिक उपचार
बाढी प्रभावित बनरझुलामा ६ सय ४७ पशु चौपायाको प्राथमिक उपचार
भारत्तोलनका खेलाडीहरुको विदाई
भारत्तोलनका खेलाडीहरुको विदाई
भगवान रामको प्राण प्रतिष्ठाका दिन उत्सव मनाउन सप्तरीको ८ पालिकामा सार्वजनिक बिदा
भगवान रामको प्राण प्रतिष्ठाका दिन उत्सव मनाउन सप्तरीको ८ पालिकामा सार्वजनिक बिदा
कारागार भित्रै कैदीको मृत्यु बारे आफन्तद्वारा छानबिनको माग गर्दै प्रदर्शन
कारागार भित्रै कैदीको मृत्यु बारे आफन्तद्वारा छानबिनको माग गर्दै प्रदर्शन