दैनिक समाचारदाता
राजविराज, ५ माघ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाले सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराउने जानकारी दिएको छ ।
सोमबार पालिकाले गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख रामलखन मलाह र प्रमुख प्रशासकीय अधिकृत विजय कुमार मण्डलद्वारा जारी विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छ ।
स्वास्थ्य शाखाका सहसंयोजक महेश कुमार पण्डितले औषधि निकासा नै नगरी बुझिलिएको भपाई गराउन खोजेको कुरा कपोकल्पित, झुठा रहेको र स्वास्थ्य शाखाबाट खरीद भएको औषधि तथा सर्जिकल सामग्रीको भपाई पीएएमएस भी२ विधि अनलाइन माध्यमबाट माग फारम, खरीद आदेश, दाखिला र हस्तान्तरण फारम समेत यसै सफ्टवेयरबाट मात्र संचालन भएको हुँदा त्यसमा कुनै पनि किसिमको गलत भपाई गराउन नसकिने व्यवस्था रहेको विज्ञप्तीमा जनाइएको छ ।
नगरपालिकाका केही स्वास्थ्यकर्मीले एक साता अघि पत्रकारै सम्मेलनको आयोजना गरी औषधि खरीद नगरेपनि आफूहरुसँग बु्झाएको भर्पाई माग गरेको र नदिँदा सरुवा गरेको आरोप लगाएका थिए । अब भ्रामक अभिव्यक्ति तथा टिकाटिप्पणी गर्ने कर्मचारीलाई आवश्यक कार्वाहीको प्रकृया अगाडि बढाइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सरुवा तथा औषधीको विषयलाई लिएर भ्रामक अभिव्यक्ति तथा टिकाटिप्पणी गर्ने आफ्ना कर्मचारीलाई कार्वाही गर्ने जनाइएको छ ।
निश्चित अवधीको कार्य सम्पादान मूल्यांकनको आधारमा हुने कर्मचारीको स्तरबृद्धि प्रचलित कानुन अनुसार नै हुने गरेको र यसमा लेनदेन र पहुँचको आधारमा सम्भावना नै नभएको अवस्थामा लगाइएको आरोप कपोकल्पित र निराधार छ’ विज्ञप्तीमा भनिएको छ ।’
इबिडिङ मार्फत ठेक्का गरी औषधि खरीद गरिसकिएको र अबको एक साताभित्रै पालिकाको सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा औषधि तथा सर्जिकल सामग्री हस्तान्तरण गरिने पत्रकार सम्मेलनमा स्वास्थ्य शाखाका सहसंयोजक पण्डितले जानकारी दिए ।
डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
सारांश
- सोमबार पालिकाले गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख रामलखन मलाह र प्रमुख प्रशासकीय अधिकृत विजय कुमार मण्डलद्वारा जारी विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छ ।
- स्वास्थ्य शाखाका सहसंयोजक महेश कुमार पण्डितले औषधि निकासा नै नगरी बुझिलिएको भपाई गराउन खोजेको कुरा कपोकल्पित, झुठा रहेको र स्वास्थ्य शाखाबाट खरीद भएको औषधि तथा सर्जिकल सामग्रीको भपाई पीएएमएस भी२ विधि अनलाइन माध्यमबाट माग फारम, खरीद आदेश, दाखिला र हस्तान्तरण फारम समेत यसै सफ्टवेयरबाट मात्र संचालन भएको हुँदा त्यसमा कुनै पनि किसिमको गलत भपाई गराउन नसकिने व्यवस्था रहेको विज्ञप्तीमा जनाइएको छ ।
- नगरपालिकाका केही स्वास्थ्यकर्मीले एक साता अघि पत्रकारै सम्मेलनको आयोजना गरी औषधि खरीद नगरेपनि आफूहरुसँग बु्झाएको भर्पाई माग गरेको र नदिँदा सरुवा गरेको आरोप लगाएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया