दैनिक समाचारदाता
राजविराज, ९ साउन ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष प्रकाश खतिवडाका छोरी, ज्वाई र नाबालक नातीको मृत्यु भएको छ ।
बुधबार बिहान ११ बजेतिर काठमाडौंस्थित त्रिभुवन विमानस्थल नजिकै भएको दुर्घटनामा उनका २५ वर्षिया छोरी प्रिजा, ३० वर्षिय ज्वाई मनुराज शर्मा र ४ वर्षिय नाती अधिराजको मृत्यु भएको हो ।
मनुराज सौर्य एयरलाइन्समा प्राविधिक पदमा कार्यरत थिए । प्रिजा भने उर्जा मन्त्रालयमा कम्प्युटर अपरेटर पदमा कार्यरत थिइन् । मनुराज जहाज मेन्टिनेन्स (मर्मत) कार्यका लागि अन्य प्राविधिकसहितको टोलीमा पोखरा जान लागेपछि पत्नी प्रिजालाई कार्यलयबाट र छोरा अधिराजलाई विद्यालयबाट बोलाएर पोखरा घुम्न लादै थिए ।
काठमाडौंबाट पोखराका लागि उडेको सो विमान ग्राउण्ड छाड्ने बित्तिकै अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनामा विमानमा सवार १९ जना मध्ये १८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाइलट मनिष शाक्यलाई जिवितै अवस्थामा उद्धार गरि उपचारका लागि केएमसी अस्पताल भर्ना गरिएको छ ।
यसैबीच पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देव, कोषाध्यक्ष नवीन गुप्ता, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्ण, खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझी, महासंघका पूर्व सभापति एवं प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य सतिश कुमार दत्तले छुट्टाछुट्टै शोक वक्तव्य मार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दिंवंगत आत्माको चिरशान्ति एवं शोकाकुल परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना समेत गरेका छन् ।
पूर्वसभापति खतिवडाका छोरी, ज्वाई र नातीको जहाज दुर्घटनामा मृत्यु, पत्रकार सम्बद्ध संघसंस्थाद्वारा दुःख व्यक्त
सारांश
- बुधबार बिहान ११ बजेतिर काठमाडौंस्थित त्रिभुवन विमानस्थल नजिकै भएको दुर्घटनामा उनका २५ वर्षिया छोरी प्रिजा, ३० वर्षिय ज्वाई मनुराज शर्मा र ४ वर्षिय नाती अधिराजको मृत्यु भएको हो ।
- मनुराज सौर्य एयरलाइन्समा प्राविधिक पदमा कार्यरत थिए ।
- प्रिजा भने उर्जा मन्त्रालयमा कम्प्युटर अपरेटर पदमा कार्यरत थिइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया