छिन्नमस्तामा सामुदायिक भवन बन्ने

राजविराज राजविराज
|
आइतबार, जेठ १३, २०८१
|
|
५८ पटक हेरिएको
Shares
छिन्नमस्तामा सामुदायिक भवन बन्ने

सारांश

  •     मधेश प्रदेश सरकारको सहयोगमा निर्माण हुने सामुदायिक भवनको मधेश प्रदेशका सांसद किरणकुमारी साहले आइतबार शिलान्यास गरे ।
  •       ठूलो सभाकक्ष, वासकोठा, कार्यालय तथा भान्सा र शौचालय लगायतका संरचना निर्माण हुने निर्माण स्थल वडा नं.
  • ३ का वडा अध्यक्ष बिजयकुमार यादवले बताए ।

दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।

    सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सामुदायिक भवनको आइतबार शिलान्यास गरिएको छ । 
    मधेश प्रदेश सरकारको सहयोगमा निर्माण हुने सामुदायिक भवनको मधेश प्रदेशका सांसद किरणकुमारी साहले आइतबार शिलान्यास गरे । 
    ठूलो सभाकक्ष, वासकोठा, कार्यालय तथा भान्सा र शौचालय लगायतका संरचना निर्माण हुने निर्माण स्थल वडा नं. ३ का वडा अध्यक्ष बिजयकुमार यादवले बताए । 
    छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले धार्मिक, पर्यटकीय स्थलको रुपमा विकास भइरहेको पालिकामा सामुदायिक भवन निर्माणका लागि पहल गर्ने सांसद साह र सहयोग गर्ने मधेश प्रदेश सरकारप्रति आभार व्यक्त गर्दै तीन वटै तहका सरकारले मिलेर काम गर्नुपर्ने आवश्यकता औल्याए । 
    प्रदेश सांसद साहले आफ्नो क्षेत्र मात्र नभई समग्र जिल्लाको विकास चाहेको भन्दै आफ्नो बलबुताले भ्याएसम्म प्रदेश सरकारबाट सहयोग जुटाई विकास निर्माणलाई गतिदिने प्रतिबद्धता जनाइन् । 
    प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर भन्दा सात सय मिटरको दुरीमा निर्माण हुन लागेको सामुदायिक भवनले स्थानीयवासीका साथै बाहिरबाट आउने दर्शनार्थीलाई पनि सहज हुने विश्वास गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?