दैनिक समाचारदाता
राजबिराज, २८ फागुन ।
सरकारको विभेदको शिकारमा परेका कारण शिक्षा क्षेत्रसँगै आफूहरु पनि संकटमा परेको निजि विद्यालयका संचालकहरुले दुखेसो पोखेका छन् ।
शनिबार स्थानिय लालिगुरास सेकेन्ड्री स्कुल प्राङ्गणमा नेशनल प्याब्शनका राष्ट्रिय अध्यक्ष पाण्डव हमाल ठकुरीको स्वागत र सम्मानमा नेशनल प्याब्शन सप्तरीद्वारा आयोजित कार्यक्रममा सहभागि संचालकहरुले यस्तो दुखेसो पोखेका हुन् ।
उनीहरुले कोरोना संक्रमण फैलिन थालेपछि २०७७ चैत ११ देखी सुरु भएको लकडाउन तथा त्यसपछि पनि पटक पटक विद्यालय बन्द गर्नुपर्दा निजि विद्यालयका संचालक भएका गरगहना र जग्गा बैंकमा धितो राखी विद्यालय चलाउन ऋण लिन बाध्य भएको नेशनल प्याब्शन सप्तरीका अध्यक्ष नरेश प्रताप साहले गुनासो गरेका छन् ।
नेशनल प्याब्शन सप्तरीका सल्लाहकार थानेश्वर साहले कोरोनाका कारण निजि तथा आवसीय विद्यालय चरम संकटमा परेको बेला सरकारले सघाउनुको सट्टा उल्टै विभेदकारी निति ल्याएर पीडा माथी पीडा थप्ने काम गरेको सुनाए ।
नेशनल प्याब्शन सप्तरीका सचिव दिनेश साहले सामुदायिक विद्यालयलाई प्रोत्साहित गर्न सरकारले ल्याएको छात्रबृति तथा अन्य कार्यक्रमले निजि तथा आवसीय विद्यालय थप संकटमा परेको गुनासो गर्दै लाखौं विद्यालयलाई गुणस्तरि शिक्षा प्रदान गर्न लागिपरेको निजि तथा आवसीय विद्यालयका लागि सरकारले कुनै प्रोत्साहन कार्यक्रम नल्याई विभेदको नमूना प्रस्तुत गरेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि निजि तथा आवसीय विद्यालयको छाता संगठन नेशनल प्याब्शनका राष्ट्रिय अध्यक्ष हमालले कोरोना तथा सरकारको विभेदकारी नीतिका कारण निजि विद्यालयहरु संकटमा परेको जिकिर गर्दै जिल्ला जिल्लाबाट त्यस्तो गुनासो आएको बताए । उनले उक्त गुनासो सम्बोधनका लागि सरकारसँग बैकल्पिक योजना ल्याउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा नेशनल प्याब्शनकी उषा हमाल, पप्पु गुप्ता, राजेन्द्र साह, सुबुद्धि साह, उपेन्द्र चौधरी, रामकुमार मण्डल लगायतले पनि बोल्दै सरकारको विभेदकारी नीतिका कारण निजि तथा आवसीय विद्यालय संकटमा परेको भन्दै अविलम्ब त्यस्तो नीति खारेज गरि निजि विद्यालयलाई पनि सघाउने गरि नयाँ नीति र कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका थिए ।
सरकारको विभेदकारी नीतिका कारण निजि विद्यालय संकटमा
सारांश
- शनिबार स्थानिय लालिगुरास सेकेन्ड्री स्कुल प्राङ्गणमा नेशनल प्याब्शनका राष्ट्रिय अध्यक्ष पाण्डव हमाल ठकुरीको स्वागत र सम्मानमा नेशनल प्याब्शन सप्तरीद्वारा आयोजित कार्यक्रममा सहभागि संचालकहरुले यस्तो दुखेसो पोखेका हुन् ।
- उनीहरुले कोरोना संक्रमण फैलिन थालेपछि २०७७ चैत ११ देखी सुरु भएको लकडाउन तथा त्यसपछि पनि पटक पटक विद्यालय बन्द गर्नुपर्दा निजि विद्यालयका संचालक भएका गरगहना र जग्गा बैंकमा धितो राखी विद्यालय चलाउन ऋण लिन बाध्य भएको नेशनल प्याब्शन सप्तरीका अध्यक्ष नरेश प्रताप साहले गुनासो गरेका छन् ।
- नेशनल प्याब्शन सप्तरीका सल्लाहकार थानेश्वर साहले कोरोनाका कारण निजि तथा आवसीय विद्यालय चरम संकटमा परेको बेला सरकारले सघाउनुको सट्टा उल्टै विभेदकारी निति ल्याएर पीडा माथी पीडा थप्ने काम गरेको सुनाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया