सरकारको विभेदकारी नीतिका कारण निजि विद्यालय संकटमा 

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २९, २०७८
|
|
६५ पटक हेरिएको
Shares
सरकारको विभेदकारी नीतिका कारण निजि विद्यालय संकटमा 

सारांश

  •     शनिबार स्थानिय लालिगुरास सेकेन्ड्री स्कुल प्राङ्गणमा नेशनल प्याब्शनका राष्ट्रिय अध्यक्ष पाण्डव हमाल ठकुरीको स्वागत र सम्मानमा नेशनल प्याब्शन सप्तरीद्वारा आयोजित कार्यक्रममा सहभागि संचालकहरुले यस्तो दुखेसो पोखेका हुन् ।
  •     उनीहरुले कोरोना संक्रमण फैलिन थालेपछि २०७७ चैत ११ देखी सुरु भएको लकडाउन तथा त्यसपछि पनि पटक पटक विद्यालय बन्द गर्नुपर्दा निजि विद्यालयका संचालक भएका गरगहना र जग्गा बैंकमा धितो राखी विद्यालय चलाउन ऋण लिन बाध्य भएको नेशनल प्याब्शन सप्तरीका अध्यक्ष नरेश प्रताप साहले गुनासो गरेका छन् ।
  •     नेशनल प्याब्शन सप्तरीका सल्लाहकार थानेश्वर साहले कोरोनाका कारण निजि तथा आवसीय विद्यालय चरम संकटमा परेको बेला सरकारले सघाउनुको सट्टा उल्टै विभेदकारी निति ल्याएर पीडा माथी पीडा थप्ने काम गरेको सुनाए ।

दैनिक समाचारदाता
राजबिराज, २८ फागुन ।
    सरकारको विभेदको शिकारमा परेका कारण शिक्षा क्षेत्रसँगै आफूहरु पनि संकटमा परेको निजि विद्यालयका संचालकहरुले दुखेसो पोखेका छन् । 
    शनिबार स्थानिय लालिगुरास सेकेन्ड्री स्कुल प्राङ्गणमा नेशनल प्याब्शनका राष्ट्रिय अध्यक्ष पाण्डव हमाल ठकुरीको स्वागत र सम्मानमा नेशनल प्याब्शन सप्तरीद्वारा आयोजित कार्यक्रममा सहभागि संचालकहरुले यस्तो दुखेसो पोखेका हुन् ।
    उनीहरुले कोरोना संक्रमण फैलिन थालेपछि २०७७ चैत ११ देखी सुरु भएको लकडाउन तथा त्यसपछि पनि पटक पटक विद्यालय बन्द गर्नुपर्दा निजि विद्यालयका संचालक भएका गरगहना र जग्गा बैंकमा धितो राखी विद्यालय चलाउन ऋण लिन बाध्य भएको नेशनल प्याब्शन सप्तरीका अध्यक्ष नरेश प्रताप साहले गुनासो गरेका छन् ।
    नेशनल प्याब्शन सप्तरीका सल्लाहकार थानेश्वर साहले कोरोनाका कारण निजि तथा आवसीय विद्यालय चरम संकटमा परेको बेला सरकारले सघाउनुको सट्टा उल्टै विभेदकारी निति ल्याएर पीडा माथी पीडा थप्ने काम गरेको सुनाए ।
    नेशनल प्याब्शन सप्तरीका सचिव दिनेश साहले सामुदायिक विद्यालयलाई प्रोत्साहित गर्न सरकारले ल्याएको छात्रबृति तथा अन्य कार्यक्रमले निजि तथा आवसीय विद्यालय थप संकटमा परेको गुनासो गर्दै लाखौं विद्यालयलाई गुणस्तरि शिक्षा प्रदान गर्न लागिपरेको निजि तथा आवसीय विद्यालयका लागि सरकारले कुनै प्रोत्साहन कार्यक्रम नल्याई विभेदको नमूना प्रस्तुत गरेको बताए । 
    कार्यक्रममा प्रमुख अतिथि निजि तथा आवसीय विद्यालयको छाता संगठन नेशनल प्याब्शनका राष्ट्रिय अध्यक्ष हमालले कोरोना तथा सरकारको विभेदकारी नीतिका कारण निजि विद्यालयहरु संकटमा परेको जिकिर गर्दै जिल्ला जिल्लाबाट त्यस्तो गुनासो आएको बताए । उनले उक्त गुनासो सम्बोधनका लागि सरकारसँग बैकल्पिक योजना ल्याउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाए । 
    कार्यक्रममा नेशनल प्याब्शनकी उषा हमाल, पप्पु गुप्ता, राजेन्द्र साह, सुबुद्धि साह, उपेन्द्र चौधरी, रामकुमार मण्डल लगायतले पनि बोल्दै सरकारको विभेदकारी नीतिका कारण निजि तथा आवसीय विद्यालय संकटमा परेको भन्दै अविलम्ब त्यस्तो नीति खारेज गरि निजि विद्यालयलाई पनि सघाउने गरि नयाँ नीति र कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका थिए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

९ वर्षपछि महिला कुट्ने फरार प्रतिवादी पक्राउ
९ वर्षपछि महिला कुट्ने फरार प्रतिवादी पक्राउ
प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
उपेक्षा गरेर कामकाज हुने गरेको भन्दै उपमेयरको  नेतृत्वको टोलीले फाँट फाँटमा बुझाए ध्यानाकर्षण पत्र
उपेक्षा गरेर कामकाज हुने गरेको भन्दै उपमेयरको  नेतृत्वको टोलीले फाँट फाँटमा बुझाए ध्यानाकर्षण पत्र
दुर्घटनामा घाइते भएका  मोटरसाइकल चालकको मृत्यु 
दुर्घटनामा घाइते भएका  मोटरसाइकल चालकको मृत्यु 
फोरम प्रदेश २ को अध्यक्षमा प्रदेश मन्त्री बिजय यादव निर्वाचित
फोरम प्रदेश २ को अध्यक्षमा प्रदेश मन्त्री बिजय यादव निर्वाचित
दोषीलाई कारबाहीको माग गर्दै ईन्जिनियरहरुले बुझाए ज्ञापन
दोषीलाई कारबाहीको माग गर्दै ईन्जिनियरहरुले बुझाए ज्ञापन
हर्न बजाउन तार जोड्ने क्रममा  करेन्ट लागेर यूवकको मृत्यु
हर्न बजाउन तार जोड्ने क्रममा  करेन्ट लागेर यूवकको मृत्यु
फागुन २७ देखि रुपनीमा दादुरा  रुबेला विरुद्धको खोप लगाईदै
फागुन २७ देखि रुपनीमा दादुरा  रुबेला विरुद्धको खोप लगाईदै
दुर्घटना न्युनिकरण गर्न “सडक सुरक्षा सप्ताह” सुरु
दुर्घटना न्युनिकरण गर्न “सडक सुरक्षा सप्ताह” सुरु