प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र

राजविराज राजविराज
|
सोमबार, भाद्र ३०, २०८२
|
|
२३ पटक हेरिएको
Shares
प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको  भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र

सारांश

  •     प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिने र निमित्तको भरमा पालिकाहरुको रोजाईकै कारण जिल्लाको खडक नगरपालिकामा विवाद सृजना भएको छ ।
  • गत आर्थिक बर्षको जेठ महिनामा शम्भुनाथ नगरपालिकाबाट सरुवा भई खडक नगरपालिकामा आएका उपसचिव विनय कुमार सोनुलाई नगरप्रमुख जयप्रकाश चौधरीले साउनदेखि कार्यालयमा बस्न दिएका छैनन् ।
  • प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष खाली समेत गराएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३० भदौ ।  
 
    सप्तरीका स्थानिय तहहरु आफ्नो अनुकूल वा निमित्त प्रमुख प्रशासकीय अधिकृत ल्याएर पालिका सञ्चालन गर्न रुचाउँदै आएका छन् । नगरपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पठाउने उपसचिव स्तरका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने, गाउँपालिकाहरुमा सामान्य प्रशासनले पठाउने अधिकृतलाई हाजिर हुन नदिई त्यसको ठाउँमा स्वास्थ्य वा पशुतर्फका शाखा प्रमुखलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर काम गर्ने परिपाटी रहँदै आएको छ ।
    प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिने र निमित्तको भरमा पालिकाहरुको रोजाईकै कारण जिल्लाको खडक नगरपालिकामा विवाद सृजना भएको छ । गत आर्थिक बर्षको जेठ महिनामा शम्भुनाथ नगरपालिकाबाट सरुवा भई खडक नगरपालिकामा आएका उपसचिव विनय कुमार सोनुलाई नगरप्रमुख जयप्रकाश चौधरीले साउनदेखि कार्यालयमा बस्न दिएका छैनन् । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष खाली समेत गराएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
    नगर प्रमुख अनुकूलको निमित्त प्रमुख प्रशासकीय पालिकामा ल्याउँदा जनप्रतिनिधिहरु मनोपरी ढंगले बजेट खर्च गर्न पाउने भएकाले उनीहरुहरुको पहिलो रोजाईमा निमित्त नै पर्ने गरेको स्थानियहरु बताउँछन् । “प्रमुख प्रशासकीय अधिकृतहरु नियम कानुनपुर्वक बजेट खर्च गर्छन् र निमित्तहरुको नियम कानुन मिचेर जनप्रतिनिधिको अनुकूल बजेट खर्च गर्छन् त्यही भएर पालिका प्रमुखहरुको पहिलो रोजाई निमित्त हो” एक स्थानियले भने ।
    पछिल्लो पटक निमित्तकै विवाद शम्भुनाथ नगरपालिकामा सृजना भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको उपसचिव स्तरका प्रमुख प्रशासकीय अधिकृतलाई अनुभवहीनको संज्ञा दिदै जनप्रतिनिधिहरुले मन्त्रालयलले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई अन्यत्र पठाउन माग गरेको छ ।
    कार्यवाहक नगरप्रमुख अनिता चौधरीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कामकाजमा खटाईएको उपसचिव शेर बहादर भण्डारीलाई अन्यत्र व्यवस्थापन गर्न माग गरेकी छिन् ।
    हाल मुलुकमा प्रतिनिधि सभाको निर्वाचनको मिति तय भईसकेको र स्थानीय तहको जनप्रतिनिधिहरुको पनि अर्को आर्थिक वर्षमा निर्वाचन हुने जनाउँदै चालु आर्थिक वर्षको विनियोजित बजेट कुशलतापुर्वक प्रभावकारी कार्यान्वयन गर्नु अति नै महत्वपूर्ण हुनेछ, तर यस नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा खटाईएका उपसचिव शेर बहादर भण्डारी हालसम्म कुनै पनि स्थानीय तहको कार्य गरेको अनुभव नरहेको कार्यवाहक नगरप्रमुख चौधरीले समान्य प्रशासन मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ ।
    “स्थानीय सरकारको यस्तो अति नै महत्वपूर्ण र संवेदनशील समयमा अनुभवहीन प्रमुख प्रशासकीय अधिकृतबाट पालिकाको समग्र कामकाज चुस्तदुरुस्त रुपमा कार्यसम्पादन गर्न सकिन्छ भन्ने विषयमा विश्वस्त हुन सकिदैन” पत्रमा भनिएको छ ।
    जेनजी पुस्ताको आन्दोलनले यस नगरपालिकामा समे आशिंक क्षति भएको भन्दै उपसचिव स्तरका प्रमुख प्रशासकीय अधिकृत भण्डारी अन्यत्र व्यवस्थापन गरी दरबन्दी बमोजिमको अन्य कुनै स्थानीय तहको अनुभव भएको उपसचिव खटाई दिनुहुन वा हाल कार्यरत रहेको प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारलाई नै निरन्तरता दिन नगरपालिकाको सम्पूर्ण जनप्रतिनिधिहरुवाट भएको सामुहिक निर्णय भएको कार्यवाहक नगरप्रमुख चौधरीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।
    सुतिहार निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आएका थिए । मन्त्रालयले उपसचिव भण्डारीलाई शम्भुनाथ नगरपालिकामा पठाएको थियो ।
    निमित्तको भरमा चल्दै आएका ७ सय ५३ वटै स्थानीय तहमा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत पठाईसकिएको जनाएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किशोरीको अपहरण भएको भन्दै आफन्त सडकमा उत्रेपछि तोडफोड, तीन पक्राउ
किशोरीको अपहरण भएको भन्दै आफन्त सडकमा उत्रेपछि तोडफोड, तीन पक्राउ
एससिडिसीले एक करोड ६५ लाख ९४ हजार ८ सय २७ रूपैया क्षतिपूर्ति दिलाउन सफल
एससिडिसीले एक करोड ६५ लाख ९४ हजार ८ सय २७ रूपैया क्षतिपूर्ति दिलाउन सफल
अदालतबाट न्याय पाए पनी कार्यान्वयन  नहुँदा भौतारिदै भगत परिवार
अदालतबाट न्याय पाए पनी कार्यान्वयन  नहुँदा भौतारिदै भगत परिवार
प्रजातन्त्र सेनानी लालदेवको निधन 
प्रजातन्त्र सेनानी लालदेवको निधन 
तीन बुँंदे सहमती पछि पूर्वाधारका कर्मचारी काममा फर्किए 
तीन बुँंदे सहमती पछि पूर्वाधारका कर्मचारी काममा फर्किए 
राजगढ गापाद्वारा ३६ करोड बढीको  अनुमानित आयब्यय सार्वजनिक
राजगढ गापाद्वारा ३६ करोड बढीको  अनुमानित आयब्यय सार्वजनिक
लोसपाद्वारा म्याद सकिएपछि थपिएका मतदाताको नाम हटाउन माग गर्दै उजुरी
लोसपाद्वारा म्याद सकिएपछि थपिएका मतदाताको नाम हटाउन माग गर्दै उजुरी
काँग्रेस सप्तरीको सभापति पदका लागि १३ जना आकांक्षी
काँग्रेस सप्तरीको सभापति पदका लागि १३ जना आकांक्षी
चोरीका सामानसहित तीन चोर पक्राउ
चोरीका सामानसहित तीन चोर पक्राउ
अपहरित बालकको भारतबाट प्रहरीले ग¥यो सकुशल उद्दार, अपहरणमा संलग्न रहेको आशंकामा तीन जना प्रहरी नियन्त्रणमा
अपहरित बालकको भारतबाट प्रहरीले ग¥यो सकुशल उद्दार, अपहरणमा संलग्न रहेको आशंकामा तीन जना प्रहरी नियन्त्रणमा