अग्नीपिडितलाई राहत प्रदान

राजविराज राजविराज
|
शनिबार, मंसिर ८, २०७५
|
|
२६ पटक हेरिएको
Shares
अग्नीपिडितलाई राहत प्रदान

सारांश

  •     मंसिर १ गते आगलागि हुदा यादव परिवारको तीन लाखभन्दा बढिको धनमाल क्षति भएको थियो ।

   राजविराज÷आगलागिका कारण बिचल्लीमा रहेका सप्तरीको तिलाठी गाउपालिका ८ तोपाका अग्नीपीडित हनुमानी यादवको परिवारलाई शनिबार राहत प्रदान गरिएको छ । 
    धर्मी हल्फा महिला विकास क्लवले अग्निपीडित यादव परिवारलाई राहत स्वरूप त्रिपाल, झुल, बेडसिट, लुगाफाटा, भाडाकुडा र खाद्यान्नलगायतका सामग्री वितरण गरेको क्लवका अध्यक्ष तथा समाजसेवी ई. सूर्य नारायण यादवले जानकारी दिए । 
    सो अवसरमा तिलाठी कोईलाडी गाउपालिकाको अध्यक्ष सतिष कुमार सिंह, प्रेस युनियन शाखा सप्तरीका अध्यक्ष राम नारायण बिश्वास, गैरसरकारी संस्था महासंघ शाखा सप्तरीका अध्यक्ष शम्भुनन्दन चौधरी र नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य अवधेश कुमार झाले संयुक्तरूपमा राहत वितरण गरेकोे जनाइएको छ ।
    मंसिर १ गते आगलागि हुदा यादव परिवारको तीन लाखभन्दा बढिको धनमाल क्षति भएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?