प्रेस सेन्टरको स्थापना दिवसमा दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

राजविराज राजविराज
|
मंगलबार, माघ १५, २०८१
|
|
७९ पटक हेरिएको
Shares
प्रेस सेन्टरको स्थापना दिवसमा दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

सारांश

  •     राजविराज नगरपालिका वडा नं.
  • ९ का ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
  •       दलित समुदायका बालबालिकाहरुलाई कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको सेन्टरका सप्तरीका अध्यक्ष बिन्दु कुमार यादवले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १५ माघ ।

    प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसरमा मंगलवार दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । 
    राजविराज नगरपालिका वडा नं. ९ का ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । 
    दलित समुदायका बालबालिकाहरुलाई कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको सेन्टरका सप्तरीका अध्यक्ष बिन्दु कुमार यादवले जानकारी दिए । 
    सेन्टरका जिल्ला अध्यक्ष यादवको अध्यक्षतामा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा स्थानीय समाजसेवी सन्जु सिंह, महेन्द्र विन्देश्वरी क्याम्पसका अध्यापक चन्देश्वर यादव, सेन्टरका उपाध्यक्ष कमानन्द माझी, महेन्द्र मण्डल, मनोज कुमार यादव, पत्रकार रामनाथ यादव, अस्थायी प्रहरी पोष्ट खर्साल टोलका वरिष्ठ प्रहरी हवलदार ललित चौरसिया लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो । 
    यस्तै स्थापना दिवसकै अवसरमा राजविराजस्थित दशन चौकमा मैनवती प्रज्जवलन गरिएको छ । सो अवसरमा राजविराज नगरपालिका वडा नं. ८ को वडा अध्यक्ष जयनारायण मण्डल, सेन्टरका निवर्तमान अध्यक्ष दिनानाथ यादव, उपाध्यक्ष कमानन्द माझी, मनोज यादव लगायतको सहभागिता थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?