दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसरमा मंगलवार दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
राजविराज नगरपालिका वडा नं. ९ का ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
दलित समुदायका बालबालिकाहरुलाई कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको सेन्टरका सप्तरीका अध्यक्ष बिन्दु कुमार यादवले जानकारी दिए ।
सेन्टरका जिल्ला अध्यक्ष यादवको अध्यक्षतामा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा स्थानीय समाजसेवी सन्जु सिंह, महेन्द्र विन्देश्वरी क्याम्पसका अध्यापक चन्देश्वर यादव, सेन्टरका उपाध्यक्ष कमानन्द माझी, महेन्द्र मण्डल, मनोज कुमार यादव, पत्रकार रामनाथ यादव, अस्थायी प्रहरी पोष्ट खर्साल टोलका वरिष्ठ प्रहरी हवलदार ललित चौरसिया लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो ।
यस्तै स्थापना दिवसकै अवसरमा राजविराजस्थित दशन चौकमा मैनवती प्रज्जवलन गरिएको छ । सो अवसरमा राजविराज नगरपालिका वडा नं. ८ को वडा अध्यक्ष जयनारायण मण्डल, सेन्टरका निवर्तमान अध्यक्ष दिनानाथ यादव, उपाध्यक्ष कमानन्द माझी, मनोज यादव लगायतको सहभागिता थियो ।
प्रेस सेन्टरको स्थापना दिवसमा दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
सारांश
- राजविराज नगरपालिका वडा नं.
- ९ का ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
- दलित समुदायका बालबालिकाहरुलाई कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको सेन्टरका सप्तरीका अध्यक्ष बिन्दु कुमार यादवले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया