दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
सप्तरीको सप्तकोशी नगरपालिका १० सन्तपुरस्थित त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्ने क्रममा डुबेर बेपत्ता भएकी एक महिलाको बिहीबार शव फेला परेको छ ।
कञ्चनरुप नगरपालिका ५ पिप्रा बस्ने बहादुर सरदारको ४५ बर्षीय श्रीमती श्रुति देवी सरदारको शव फेला परेको हो ।
घोघि टिप्ने क्रममा वेपता भएकी उनको पानीमा डुबेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल बेस फत्तेपुरबाट सशस्त्र प्रहरी निरीक्षक राजेश बुढाथोकीको नेतृत्वमा समेत ७ जनाको टोली परिचालन गरि खोजी कार्य गरिएको प्रहरीले जनाएको छ ।
घटनास्थल प्रहरी चौकी फत्तेपुरबाट करिब ११ किलोमिटर दक्षिण पूर्वमा पर्छ । स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको संयुक्त प्रयासपछि बेपत्ता श्रुतिदेवीको शव फेला परेको हो ।
त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
सारांश
- कञ्चनरुप नगरपालिका ५ पिप्रा बस्ने बहादुर सरदारको ४५ बर्षीय श्रीमती श्रुति देवी सरदारको शव फेला परेको हो ।
- घोघि टिप्ने क्रममा वेपता भएकी उनको पानीमा डुबेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
- घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल बेस फत्तेपुरबाट सशस्त्र प्रहरी निरीक्षक राजेश बुढाथोकीको नेतृत्वमा समेत ७ जनाको टोली परिचालन गरि खोजी कार्य गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया