दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
सप्तरीको सप्तकोशी नगरपालिका १० सन्तपुरस्थित त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्ने क्रममा डुबेर बेपत्ता भएकी एक महिलाको बिहीबार शव फेला परेको छ ।
कञ्चनरुप नगरपालिका ५ पिप्रा बस्ने बहादुर सरदारको ४५ बर्षीय श्रीमती श्रुति देवी सरदारको शव फेला परेको हो ।
घोघि टिप्ने क्रममा वेपता भएकी उनको पानीमा डुबेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल बेस फत्तेपुरबाट सशस्त्र प्रहरी निरीक्षक राजेश बुढाथोकीको नेतृत्वमा समेत ७ जनाको टोली परिचालन गरि खोजी कार्य गरिएको प्रहरीले जनाएको छ ।
घटनास्थल प्रहरी चौकी फत्तेपुरबाट करिब ११ किलोमिटर दक्षिण पूर्वमा पर्छ । स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको संयुक्त प्रयासपछि बेपत्ता श्रुतिदेवीको शव फेला परेको हो ।
त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
सारांश
- कञ्चनरुप नगरपालिका ५ पिप्रा बस्ने बहादुर सरदारको ४५ बर्षीय श्रीमती श्रुति देवी सरदारको शव फेला परेको हो ।
- घोघि टिप्ने क्रममा वेपता भएकी उनको पानीमा डुबेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
- घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल बेस फत्तेपुरबाट सशस्त्र प्रहरी निरीक्षक राजेश बुढाथोकीको नेतृत्वमा समेत ७ जनाको टोली परिचालन गरि खोजी कार्य गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया