दैनिक समाचारदाता
सिरहा, ३ चैत ।
सरकारसँग ११ बुँदे सहमति पश्चात् पहिलो पटक डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको आइतबार सिरहाको लहानमा राष्ट्रिय परिषद्को बैठक सुरु भएको छ ।
सो सहमति पश्चात् मूलधारको राजनीतिमा प्रवेश गरेको गठबन्धनको बैठकमा मधेशका २२ जिल्लाबाट २ सय प्रतिनिधि तथा पर्यवेक्षक सहभागि भएको गठबन्धनका नेता सुदीपराज कुशवाहाले जानकारी दिएका छन् ।
लहान नगरपालिका वडा नम्बर ७ स्थित मारवाडी सेवा सदनमा आइतबार बिहान ११ बजेदेखि शुरु बैठकको सुरुवात नेपालको राष्ट्रिय गानबाट गरिएको थियो । राष्ट्रिय गान बजाइएपछि संयोजक डा. राउतले दीप प्रज्जवलन गर्दै स्वं राममनोहर यादवको तस्विरमा माल्यार्पण गरेका थिए ।
यता बैठकमा सहभागि हुन आएका गठबन्धनका नेताहरुलाई परिचयपत्रको रुपमा नागरिकता देखाएपछि बिना मोबाइल बैठकस्थलमा प्रवेश दिइएको थियो ।
बैठकबाट गठबन्धनको आगामी राणनीति तय गर्न गम्भीररुपमा बहस चल्ने भएकाले मोबाइल निषेध गरिएको कुशवाहाले जनाए ।
यस बैठकमा सरकारसँग भएको ११ बुँदे सहमतिमा उल्लेखित ‘जनअभिमत’ शब्दमाथि कडारुपमा बसह भइरहेको स्रोतले जनाएको छ । बैठक सोमबारसम्म चल्ने आयोजकले जनाएको छ ।
यसैबीच बैठक सुरु भएसँगै संयोजक राउतले आफ्नो फेसबुक पेजबाट केही बैठकका तस्विरहरु सार्वजनिक गरेका छन् ।
स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद्को बैठक सुरु
सारांश
- सो सहमति पश्चात् मूलधारको राजनीतिमा प्रवेश गरेको गठबन्धनको बैठकमा मधेशका २२ जिल्लाबाट २ सय प्रतिनिधि तथा पर्यवेक्षक सहभागि भएको गठबन्धनका नेता सुदीपराज कुशवाहाले जानकारी दिएका छन् ।
- लहान नगरपालिका वडा नम्बर ७ स्थित मारवाडी सेवा सदनमा आइतबार बिहान ११ बजेदेखि शुरु बैठकको सुरुवात नेपालको राष्ट्रिय गानबाट गरिएको थियो ।
- राष्ट्रिय गान बजाइएपछि संयोजक डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया