दैनिक समाचारदाता
राजविराज, ९ भदौ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ स्थित जिरिया हाटमा बिहीबार जनमत पार्टीले आयोजना गरेको आम सभामा सो गाउँपालिकाका निवर्तमान अध्यक्ष सतिश कुमार सिंह लोसपा परित्याग गरि सोही पार्टीमा प्रवेश गरेका छन् ।
उनीसँगै विभिन्न पार्टी परित्याग गरी दुई हजार व्यक्ति जनमत पार्टीमा प्रवेश गरेको जिल्ला सचिव थानेश्वर साहले जानकारी दिएका छन् ।
जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतले उनीहरुलाई फुल माला अविर लगाई पार्टीमा स्वागत गरेका छन् । जनमत पार्टी जनाधार बढ्दै गएको दावी गर्दै अलमलमा रहेका अन्य दलका नेता तथा कार्यकर्तालाई जनमत पार्टीमा आउन आह्वान समेत गरे ।
निवर्तमान गाउँपालिका अध्यक्ष सिंहलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनमत पार्टीले सप्तरीको क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनाउने लगभग निश्चित भएको जनमत पार्टी श्रोतले जनाएको छ ।
तिलाठी गापाका निवर्तमान अध्यक्ष सिंहसहित दुई हजार जनमतमा प्रवेश
सारांश
- उनीसँगै विभिन्न पार्टी परित्याग गरी दुई हजार व्यक्ति जनमत पार्टीमा प्रवेश गरेको जिल्ला सचिव थानेश्वर साहले जानकारी दिएका छन् ।
- जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा.
- सिके राउतले उनीहरुलाई फुल माला अविर लगाई पार्टीमा स्वागत गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया