दैनिक समाचारदाता
राजविराज, २२ बैशाख ।
आउँदो बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा आ–आफ्नो पक्षमा मत तान्न उम्मेदवारहरुले विकास निर्माणका साथै विभिन्न महत्वाकांक्षी योजना समावेश गर्दै घोषणा पत्र सार्वजनिक गर्न थालेका छन् ।
यसैक्रममा विहीबार राजविराज नगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार शम्भुप्रसाद यादवले पत्रकार सम्मेलन मार्फत ३० बुँदे घोषणा पत्र सार्वजनिक गरेका छन् ।
सार्वजनिक गरिएको घोषणा पत्रमा वर्षौदेखी बिटोरीमा रहेका नगर ब्लकका जग्गाको लालपूर्जा बितरण गर्ने, मजदुरका लागि सुलभ दर रेटमा खाना, चिया र नास्ता उपलब्ध गराउन सस्तो पसल संचालनमा ल्याउने, अतिथि गृहको निर्माण गराउने, जिर्ण अवस्थामा रहेको राजरंगशालालाई स्तोरोन्नती गरि खेलग्राममा रुपान्तरण गर्ने, विपन्न समुदायको पहिचान गरि प्रति परिवारलाई १० हजारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ ।
यस्तै नगरस्तरिय क्रिकेट स्टेडियमको निर्माण, नगर क्षेत्रमा रिंगरोडको निर्माण, नगर सुरक्षाका लागि नगर प्रहरीको व्यवस्था, अनलाइन मार्फत घर नक्सा पासको व्यवस्था, नगर क्षेत्रमा सिसि क्यामरा जडान, बन्द अवस्थामा रहेको लेखनाथ पुस्तकालयको संचालन, सिंचाईका लागि किसानलाई निशुल्क विद्युत सेवा लगायतका प्रतिबद्धता पनि उनले घोषणा पत्र मार्फत सार्वजनिक गरेका छन् ।
उनी २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा तत्कालिन राजपाका तर्फबाट उम्मेदवार भई नगरप्रमुख पदमा निर्वाचित भएका थिए । राजपा र संघीय समाजवादी एकजुट भई बनेको जसपामा रहेका उनी पछिल्लो पटक टिकट नपाएपछि असन्तुष्ट भई नेकपा माओवादी केन्द्य्रमा प्रवेश गरि सोही दलको टिकटमा फेरी नगरप्रमुख पदको उम्मेदवार बनेका हुन् ।
माओवादी केन्द्रको घोषणापत्र सार्वजनिक
सारांश
- यसैक्रममा विहीबार राजविराज नगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार शम्भुप्रसाद यादवले पत्रकार सम्मेलन मार्फत ३० बुँदे घोषणा पत्र सार्वजनिक गरेका छन् ।
- सार्वजनिक गरिएको घोषणा पत्रमा वर्षौदेखी बिटोरीमा रहेका नगर ब्लकका जग्गाको लालपूर्जा बितरण गर्ने, मजदुरका लागि सुलभ दर रेटमा खाना, चिया र नास्ता उपलब्ध गराउन सस्तो पसल संचालनमा ल्याउने, अतिथि गृहको निर्माण गराउने, जिर्ण अवस्थामा रहेको राजरंगशालालाई स्तोरोन्नती गरि खेलग्राममा रुपान्तरण गर्ने, विपन्न समुदायको पहिचान गरि प्रति परिवारलाई १० हजारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ ।
- यस्तै नगरस्तरिय क्रिकेट स्टेडियमको निर्माण, नगर क्षेत्रमा रिंगरोडको निर्माण, नगर सुरक्षाका लागि नगर प्रहरीको व्यवस्था, अनलाइन मार्फत घर नक्सा पासको व्यवस्था, नगर क्षेत्रमा सिसि क्यामरा जडान, बन्द अवस्थामा रहेको लेखनाथ पुस्तकालयको संचालन, सिंचाईका लागि किसानलाई निशुल्क विद्युत सेवा लगायतका प्रतिबद्धता पनि उनले घोषणा पत्र मार्फत सार्वजनिक गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया