सामुदायिक बिधालयहरूको शिक्षण विधि  प्रक्रियालाई प्रभावकारी बनाउनु पर्नेमा जोड

राजविराज राजविराज
|
बिहिबार, भाद्र ३०, २०७९
|
|
११० पटक हेरिएको
Shares
सामुदायिक बिधालयहरूको शिक्षण विधि  प्रक्रियालाई प्रभावकारी बनाउनु पर्नेमा जोड

सारांश

  •     सप्तरीको बिष्णुपुर गाउपालिकाका अधिकांश सामुदायिक बिधालयमा शिक्षण सिकाई विधि प्रयोग नगर्दा बिधार्थीहरूको कक्षागत सिकाई प्रगति कमजोर बन्दै गएको सरोकारवालाहरूले कक्षामा अवलोकन गर्ने क्रममा सो कुरामा जोड दिएका हुन् ।
  •       बिष्णुपुर गाउपालिका अध्यक्ष उमेश यादबले राप्राबि रंजितपुर, जनता माबि कनकटा, जनता माबि खुरहुरिया बिधालयहरूको कक्षागत शिक्षण सिकाई निकै कमजोर रहेकोले शिक्षण सिकाई प्रविधि प्रयोग शिक्षण सिकाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
  •       अध्यक्ष यादबले राप्राबि रंजितपुर बिधालयमा कक्षा ५ मा बिधार्थीहरूलाई सिकाई उपलब्धी चेकगर्दा उनीहरूलाई समान्य जोडघटाउन समेत नआएको गुनासो गर्दै भने बिधालयमा शिक्षण सिकाई विधि प्रभावकारी बनाउन बिधालयका प्राधानाध्यापकलाई निर्देशन समेत दिए ।

दैनिक समाचारदाता
राजविराज, ३० भदौ ।

    सामुदायिक बिधालयहरूको गुणस्तरिय शिक्षामा सुधारका लागि शिक्षण विधि प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन । 
    सप्तरीको बिष्णुपुर गाउपालिकाका अधिकांश सामुदायिक बिधालयमा शिक्षण सिकाई विधि प्रयोग नगर्दा बिधार्थीहरूको कक्षागत सिकाई प्रगति कमजोर बन्दै गएको सरोकारवालाहरूले कक्षामा अवलोकन गर्ने क्रममा सो कुरामा जोड दिएका हुन् । 
    बिष्णुपुर गाउपालिका अध्यक्ष उमेश यादबले राप्राबि रंजितपुर, जनता माबि कनकटा, जनता माबि खुरहुरिया बिधालयहरूको कक्षागत शिक्षण सिकाई निकै कमजोर रहेकोले शिक्षण सिकाई प्रविधि प्रयोग शिक्षण सिकाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । 
    अध्यक्ष यादबले राप्राबि रंजितपुर बिधालयमा कक्षा ५ मा बिधार्थीहरूलाई सिकाई उपलब्धी चेकगर्दा उनीहरूलाई समान्य जोडघटाउन समेत नआएको गुनासो गर्दै भने बिधालयमा शिक्षण सिकाई विधि प्रभावकारी बनाउन बिधालयका प्राधानाध्यापकलाई निर्देशन समेत दिए । 
    बिधालयमा निरिक्षण क्रममा बालविकास केन्द्रमा ६ जना वालवालिका उपस्थिति रहेको थियो भने कक्षा १ र २ मा १६ जना, कक्षा ३ मा ६ जना, कक्षा ४ मा ६ जना र कक्षा ५ मा २० जनाको उपस्थिति रहेको थियो । 
    यता बिधालयका प्रअ रामेन्द्र यादबले भौतिक पुर्वाधारका कारण शिक्षण सिकाई क्रियाकलापमा  समस्या उत्पन्न भएको बताउछन । 
    बिष्णुपुर गाउपालिका अध्यक्ष उमेश यादबले शिक्षालाई प्रभावकारी सँगै गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि शिक्षकहरूले ईमान्दारितापुर्वक काम गर्न आग्रह गरे । 
    उनले जनता माबि कनकटा बिधालयमा आफु सक्दो सहयोग गर्न तयार रहेकोले आउने दिनमा बिधालयलाई उच्च शिक्षा (स्नातक सम्मको) कक्षा संचालन गर्ने प्रतिबद्धता जनाए । 
    बिधालय शैक्षिक सुधारका लागि शिक्षण बिधिका सुचकहरूको प्रयोग गरी बालविकास केन्द्र शैक्षिक सामग्री प्रयोग गरेर शिक्षण सिकाई विधि अनुसार सिकाईलाई प्रभावकारी बनाउन कक्षा १, २, ३, ४, ५  छापामय कक्षा कोठा बनाउनु पर्ने सेभद सप्तरीका शिक्षा अधिकृत दुर्गानन्द शर्माले सुझाव दिए । 
    सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको सहयोग तथा बिष्णुपुर गाउपालिकाको समन्वयमा बिधालय अनुगमन जनतामावि खुरहुरियामा पनि सरोकारवालाहरूले बिधालयको शैक्षिक गतिविधि सँगै कक्षा अवलोकन समेत गरिएको थियो । 
    उक्त अवसरमा बिष्णुपुर गाउपालिका प्रमुख प्रशासकिय अधिकृत रमेश यादब, शिक्षा संया्जक अर्जुन यादब, शाखा अधिकृत सुभाष मण्डल, स्वास्थ शाखाका सुनिल यादब, सेभद सप्तरीका सचिव नरेन्द्र यादब, पत्रकार चन्दन यादव लगायतको सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा खारेज गर्न चार दलको माग
राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा खारेज गर्न चार दलको माग
परियारको नेतृत्व फुटबल संघ
परियारको नेतृत्व फुटबल संघ
पढाई अवरोध भएको भन्दै क्याम्पसमा तोडफोड 
पढाई अवरोध भएको भन्दै क्याम्पसमा तोडफोड 
अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनामा बिरामी मृत्यु
अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनामा बिरामी मृत्यु
विष्णुपुर गाउँपालिकाले एक हजार  विपन्नलाई फाइबर सिरक बितरण गर्दै
विष्णुपुर गाउँपालिकाले एक हजार  विपन्नलाई फाइबर सिरक बितरण गर्दै
विषादी सेवन गरेका एक युवकको उपचारका क्रममा मृत्यु, अर्का बिरामी
विषादी सेवन गरेका एक युवकको उपचारका क्रममा मृत्यु, अर्का बिरामी
सप्तरीमा १ सय ७ जना कोरोनाबाट भए निको
सप्तरीमा १ सय ७ जना कोरोनाबाट भए निको
भारतमा संसारकै खतरनाक टापु जसमा गोरो बच्चा  जन्मे मारिदिन्छन् बाहिरी मान्छेलाई प्रतिबन्ध
भारतमा संसारकै खतरनाक टापु जसमा गोरो बच्चा  जन्मे मारिदिन्छन् बाहिरी मान्छेलाई प्रतिबन्ध
स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद्को बैठक सुरु
स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद्को बैठक सुरु
बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा,  उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा,  उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग