दैनिक समाचारदाता
राजविराज, १६ मंसिर ।
उपचारका लागि बिराटनगर तर्फ जाँदै गरेका एक बिरामीको दुर्घटनामा परि मृत्यु भएको छ । छातीमा गहिरो चोट लागेको मण्डलको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मृतक परिवारका तीन जना सदस्य समेत गम्भिर घाइते भएका छन् ।
सप्तरी तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाका ६० वर्षिय पण्डित भनिने ननुलाल मण्डलको सोमबार साँझ दुर्घटनामा परि मृत्यु भएको हो ।
स्वास प्रस्वासमा समस्या भई उपचारका लागि राजविराजबाट स.१च. ११२२ नम्बरको एम्बुलेन्समा बिराटनगरतर्फ जाँदै गर्दा मोरङको टंकीसिनवारी नजिकै एम०१–एल०३३६ नम्बरको ट्रली गाडीसँग ठोकिएर दुर्घटना हुँदा मण्डलको मृत्यु भएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिएका छन् ।
दुर्घटनामा उनका ५० वर्षिया पत्नि भोलीदेवी, ४९ वर्षिय भाई रामसुन्दर र ३० वर्षिया कान्छो छोरा जितेन्द्र गम्भिर घाइते भएका छन् । तीनै जनाको बिराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटना पश्चात् दुबै गाडीका चालक फरार भएकाले उनीहरुको खोजिकार्य भइरहेको प्रहरीको भनाई छ ।
अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनामा बिरामी मृत्यु
सारांश
- सप्तरी तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाका ६० वर्षिय पण्डित भनिने ननुलाल मण्डलको सोमबार साँझ दुर्घटनामा परि मृत्यु भएको हो ।
- स्वास प्रस्वासमा समस्या भई उपचारका लागि राजविराजबाट स.
- १च.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया