काठमाडौं÷राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजवादी फोरम नेपालबीच एकीकरण हुने विषयले मिडियामा निकै चर्चा पाएको छ ।
हालै मात्र स्वतन्त्र मधेश गठबन्धनले नेपालको संविधानलाई स्वीकार गर्दै सरकारसँग ११ बुँदे सहमति पश्चात् राजनैतिक दल दर्ता गर्ने घोषणासँगै यी दुई पार्टीले एकीकरण बारे आवश्यक पहल समेत सुरु गरेको छ ।
सिरहाको लहानमा सम्पन्न राष्ट्रिय परिषद्बाट डा. सीके राउतको अध्यक्षतामा ३५ सदस्यीय जनमत पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने घोषणा सँगै विगत लामो समयदेखी एकीकरणको प्रक्रिया अन्यौलमा रहेको यी दुबै दल पुनः एकीकरणका लागि सक्रिय भएका हुन् ।
यता दुबै पार्टीले एक अर्कोलाई चिठी पठाएर पार्टी एकीकरण वार्ता प्रक्रिया अघि बढाएका छन् । फोरम नेपालले बुधबार राजपालाई दोस्रो चिठी पठाएको छ । करिब एक महिनाअघि फोरमले राजपालाई एकता प्रस्तावसहितको पहिलो चिठी पठाएको थियो। फोरमको प्रस्तावलाई सकारात्मक मान्दै एक साताअघि राजपाले पनि चिठी पठाएको थियो ।
फोरमका महासचिव रामसहाय यादवले बुधबार राजपालाई पठाएको चिठीमा वार्ता प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ । वार्ताटोली गठन गरिएको जानकारी औपचारिक रूपमा दिन चिठीमा आग्रह गरिएको यादवले बताए ।
उनले भने, ‘हामीले औपचारिक रूपमा वार्ताटोली गठन गरेका छौं । राजपाले पनि वार्ता टोली गठन गरेको जानकारी आउनेबित्तिकै औपचारिक रूपमा वार्ता अघि बढ्छ ।’ वार्ता प्रक्रियालाई जतिसक्दो चाँडो अघि बढाउन फोरम तयार रहेको उनले बताए । उनले एकताका लागि राजपाबाट एक साताअघि आफ्नो पार्टीलाई पत्र आएको स्वीकारे ।
फोरम नेपालले राष्ट्रिय जनता पार्टीलाई बिनासर्त एकीकरण प्रक्रियामा आउन आग्रह गरेको स्रोतले बताएको छ । दुवै पार्टीबीच एकीकरण विषय अघि बढिरहँदा पार्टी अध्यक्ष तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राजपलाई जवाफी पत्र पठाउँदै यस्तो आग्रह गरेका हुन् ।
‘हामीहरुमध्ये कोही सरकारमा र कोही प्रतिपक्षमा रहेकै कारणले मात्र पार्टी एकीकरणजस्तो महत्वपूर्ण सवालमा बाधा अवरोध हुनुहुँदैन’, पत्रमा भनिएको छ, ‘यो नीतिगत सवाल नभई रणनीति तथा कार्यनीतिक मात्र सवाल हो जुन परिवर्तन भइरहन्छ ।’
फोरमले २०७५ चैत ६ गतेको मितिमा अध्यक्ष यादवले हस्ताक्षरसहितको पत्र पठाएको हो । यता सरकारमा रहने वा प्रतिपक्षमा बस्ने भन्ने निर्णय गर्न एकीकरणपछि बन्ने नयाँ पार्टीलाई जिम्मा दिनुपर्ने पत्रमा उल्लेख छ ।
‘सरकार वा विपक्ष कहाँ रहेर के कार्य गर्ने, कस्तो भूमिका खेल्ने ? एकीकरणपछि बन्ने पार्टीले निर्णय गरेअनुसार हुनेगरी पार्टी एकीकरण प्रक्रियालाई अघि बढाउन सकिन्छ’, पत्रमा भनिएको छ ।
यसअघि राजपाले एकीकरण प्रक्रियामा अघि बढ्न सरकार छोड्न आग्रह गर्दै पत्र पठाएको थियो । फोरमले त्यसको जवाफ दिएको हो ।
राजपा र फोरमले एक अर्कोलाई चिठी पठाएर एकीकरण वार्ता प्रक्रिया अघि बढाए
सारांश
- यता दुबै पार्टीले एक अर्कोलाई चिठी पठाएर पार्टी एकीकरण वार्ता प्रक्रिया अघि बढाएका छन् ।
- फोरम नेपालले बुधबार राजपालाई दोस्रो चिठी पठाएको छ ।
- करिब एक महिनाअघि फोरमले राजपालाई एकता प्रस्तावसहितको पहिलो चिठी पठाएको थियो।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया