१२ देखि १७ बर्ष उमेर समुहलाई कोभिड  १९ बिरुद्धको मोर्डन खोप लगाईदै

राजविराज राजविराज
|
मंगलबार, माघ १८, २०७८
|
|
२६ पटक हेरिएको
Shares
१२ देखि १७ बर्ष उमेर समुहलाई कोभिड  १९ बिरुद्धको मोर्डन खोप लगाईदै

सारांश

  •     ती उमेर समूहका बालबालिकाहरुलाई जिल्लाको विभिन्न बिद्यालयहरूमा कोभिड विरुद्धको खोप लगाउन सुरु गरिएको हो ।
  •       १७ बर्ष मुनी उमेर समूहका बालबालिकालाई सम्बन्धित स्थानीय तहले तोकेका विद्यालय वा स्वास्थ्य संस्थामा खोप कार्यक्रम सुरू गरिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
  •       मंगलवारदेखी ९ वटा स्थानिय तहका सबै बिद्यालयहरूमा खोप केन्द्र राखेर तीन दिनसम्म खोप लगाउने तालिका रहेको उनले बताउँदै उनले यसअघि बिष्णुपुर गाउपालिका र अग्नीसाईर कृष्णासवरण गाउपालिकामा ५ हजार बालवालिकाहरूलाई मोडर्न खोप लगाईसकेको जानकारी दिए ।

चन्दनकुमार यादव
राजविराज, १८ माघ । 
    सप्तरीमा मंगलबारदेखी १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड १९ बिरुद्धको खोप लगाउने कार्य सुरू गरिएको छ । 
    ती उमेर समूहका बालबालिकाहरुलाई जिल्लाको विभिन्न बिद्यालयहरूमा कोभिड विरुद्धको खोप लगाउन सुरु गरिएको हो । 
    १७ बर्ष मुनी उमेर समूहका बालबालिकालाई सम्बन्धित स्थानीय तहले तोकेका विद्यालय वा स्वास्थ्य संस्थामा खोप कार्यक्रम सुरू गरिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । 
    मंगलवारदेखी ९ वटा स्थानिय तहका सबै बिद्यालयहरूमा खोप केन्द्र राखेर तीन दिनसम्म खोप लगाउने तालिका रहेको उनले बताउँदै उनले यसअघि बिष्णुपुर गाउपालिका र अग्नीसाईर कृष्णासवरण गाउपालिकामा ५ हजार बालवालिकाहरूलाई मोडर्न खोप लगाईसकेको जानकारी दिए । 
    राजविराज, सप्तकोशी, सुरुङ्गा, हनुमाननगर कंकालिनी र खडक नगरपालिका तथा तिलाठी कोइलाडी, तिरहुत र अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा १८ गतेदेखि २० गतेसम्म खोप लगाइदैछ । 
    त्यस्तै, शम्भुनाथ, डाक्नेश्वरी र बोदे बरसाइन नगरपालिका तथा रुपनी, विष्णुपुर, छिन्नमस्ता, राजगढ र बलान विहुल गाउँपािलकामा १९ गतेदेखि २१ गतेसम्म खोप लगाउने तालिका रहेको स्वास्थ्य कार्यालयको सूचनामा उल्लेख छ ।
    जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार सप्तरीमा ८२ हजार बालवालिकाहरूलाई मोर्डन खोप लगाउने लक्ष्य रहेकोमा हालसम्म ७९ हजार २ सय खोप आईसकेको स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२२ बर्ष पछि बल्ल बन्ने भो स्व. सिंहको संग्रहालय भवन 
२२ बर्ष पछि बल्ल बन्ने भो स्व. सिंहको संग्रहालय भवन 
सप्तरीमा चार लाख २४ हजार ७ सय ९ मतदाता
सप्तरीमा चार लाख २४ हजार ७ सय ९ मतदाता
७० वर्षे बृद्धलाई यौन  दुव्र्यवहारमा कैद
७० वर्षे बृद्धलाई यौन  दुव्र्यवहारमा कैद
प्रदेश २ मा ५६ जना कोरोना संक्रमित, तीनको मृत्यु
प्रदेश २ मा ५६ जना कोरोना संक्रमित, तीनको मृत्यु
शितलहर, आगलागी तथा सवारी दुर्घटनाप्रति सचेत  गराउन प्रहरीले चलायो सप्ताव्यापी अभियान
शितलहर, आगलागी तथा सवारी दुर्घटनाप्रति सचेत  गराउन प्रहरीले चलायो सप्ताव्यापी अभियान
प्रारम्भिक बालविकास सम्बन्धी दुई दिने कार्यशाला सुरु
प्रारम्भिक बालविकास सम्बन्धी दुई दिने कार्यशाला सुरु
स्वंयसेवकको रुपमा कार्यालयमै बिरामी हेर्छन डा. चौधरी
स्वंयसेवकको रुपमा कार्यालयमै बिरामी हेर्छन डा. चौधरी
एक दिने निशुल्क आँखा तथा कान शिविर सम्पन्न विभिन्न व्यक्तित्वहरु सम्मानित
एक दिने निशुल्क आँखा तथा कान शिविर सम्पन्न विभिन्न व्यक्तित्वहरु सम्मानित
चिसोबाट जोगिन अपाङ, वृद्धवृद्धा र  एकल महिलालाई ब्ल्याङकेट वितरण
चिसोबाट जोगिन अपाङ, वृद्धवृद्धा र  एकल महिलालाई ब्ल्याङकेट वितरण
प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी